पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
साँच्चै देशका सबै दलले नेमकिपाले झैँ देश र जनताको सेवा गर्ने उद्देश्यले राजनीति गरेका भए राजनीति गर्दाको अनुभूति हुन्छ† राजनीति गर्दाको उपलब्धि हुन्छ । तर, पद र पैसाको निम्ति राजनीति गरेको कारण यहाँ भ्रष्टाचार, अनियमितता, कमिसन बढेको हो, बेथिति बढेको हो । विकासको रकममा चुहावत भएको हो । हालसम्म सरकारको नेतृत्व गरेका शासकहरूले इमानदारीपूर्वक र निःस्वार्थीपूर्वक राजनीति गरेनन् । परिणामतः सरकार अस्थिर रह्यो† अराजकता र मनपरी बढ्यो, भागबन्डाको कारण दलको सिद्धान्त र विचार बन्धक राखेर देशलाई दूरगामी असर पु¥याउने काम हुन थाल्यो । पटकपटक सरकारको नेतृत्वमा पुगेका शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालजस्ता शासकहरूको ध्यान केबल सत्ता प्राप्तिको निम्ति गयो ।
लामो समय राजनीति गरेका, सत्तामा बस्दाबस्दै धेरै अनुभव प्राप्त गरेका भनिएका नेताहरू सत्तामुखी राजनीतिमा केन्द्रित भएरै देशमा सङ्कट निम्तिएको हो । शासकहरू देश र जनताको प्रगति नै आफ्नो कर्तव्य ठानेर अघि बढ्नुपर्छ । गणतन्त्र र लोकतन्त्र ल्याउन आफ्नो महत्वपूर्ण योगदान छ भनी गर्व गर्ने, भूमिका बाँड्ने शासकहरूले गणतन्त्र र लोकतन्त्र प्राप्तिपछि देश र बहुमत जनताको निम्ति के गरे, के गरिरहेका छन् ? देशमा व्याप्त भ्रष्टाचारी, माफिया र कालाबजारियाहरूबाट देशलाई मुक्त पार्न उनीहरूले के अभियान चलाए र अनि देशले उपलब्धि पायो ? बरु देशमा ती नै भ्रष्टाचारी, कालाबजारी र माफियाहरूको चलखेल बढिरहेको छ† तिनीहरू नै शासकहरूको छत्रछायामा रहेर हुर्किरहेका छन्, संरक्षित छन् । सरकार या शासकहरूले गरिब जनताको उत्थान गर्नुपर्ने हो, गरिबहरूको जीवन सुनिश्चित गर्नुपर्ने हो । धनीहरूको निम्ति सरकारले के मद्दत गर्नुपर्छ र ? धनीलाई झन् धनी बनाएर, गरीबलाई झन् गरिब बनाएर देशको समुन्नत हुँदैन, जनताले राहत पाउँदैनन् ।
श्रमजीवी जनताको बाँच्ने जीवनको आधार सुनिश्चित नभएसम्म जनताको घर आँगनमा कसरी प्रजातन्त्र र गणतन्त्र पुगेको मान्ने ? गाउँ–गाउँमा सिंहदरबारको कुरा त नारामा मात्र सीमित रह्यो । गणतन्त्रको गुणगान गर्ने, गणतन्त्रपछि अधिकार पायो भन्ने शासकहरूले गणतन्त्रलाई स्थापित गर्न सकेनन् । गणतन्त्रवादी शासकहरू इमानदार भएका भए भ्रष्टाचार, अनियमितता हट्थ्यो, तर हटेन । यसबाट थाहा हुन्छ, शासकहरू भ्रष्टाचार अन्त्य गर्नेतर्फ लागेका छैनन्† देशलाई समृद्ध बनाउनेतर्फ लागेका छैनन् । नेपाल सुन्दर, शान्त र समृद्ध होइन विदेशी ऋणमा डुबाउने, आर्थिक सङ्कट र भ्रष्टाचारीको देश बन्दै छ । यो देशको लागि खतरा हो । भ्रष्टाचारी र घोटालाहरूलाई छोपेर या काखी च्यापेर सुशासन फलाक्ने शासकहरू देशलाई किन समृद्धको देश बनाउँछन् ? यसकारण, देशका शासकहरू र सबै दलका नेताहरू इमानदार हुनैपर्छ† देश र जनताप्रति समर्पित हुनुपर्छ ।
Leave a Reply