इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पछिल्लोपल्ट अमेरिकाले रूस र युक्रेनबिच शान्तिवार्तालाई बढावा दिने चिनियाँ प्रयासको उति विरोध गरेको छैन । वेदान्त पटेल अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता हुन् । २०२३ मे ८ का दिन एक पत्रकार भेलामा उनले भने, “हामीलाई धेरै पहिलेदेखि नै चीनले उपयुक्त भूमिका खेल्नसक्ने लागेको थियो ।” यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले ‘वासिङटन पोस्ट’ सँग कुरा गर्दै रूसको मामिलामा चीनसँग काम गर्न धक नमान्ने बताएका थिए ।
वास्तवमा रूसको विकास रोक्ने र उसलाई कमजोर पार्दै विखण्डित गर्ने अमेरिकी लक्ष्यमा कुनै परिवर्तन आएको छैन । युक्रेन सङ्कटको विषयमा चीनको उपयुक्त भूमिकालाई कथित मान्यता दिनुमा कुनै न कुनै खेल छ ।
पहिलो कुरा, अमेरिकाको स्पष्ट विचार चीनले रूसको पक्ष लिनुहुन्न भन्ने नै हो । खासगरी पश्चिमी देशहरूले रूसविरुद्ध लगाएको नाकाबन्दीको सामना गर्न रूसलाई चीनले सघाउनुहुन्न भन्नेमा ऊ प्रस्ट छ । त्यो स्थितिमा रूसको घरेलु अर्थतन्त्रमा ठूलो क्षति पुग्नेछ र युद्धमा लड्न नै नसक्ने गरी रूस टाट पल्टिनेछ ।
शान्ति सम्झौतामा अमेरिकाले अहिले चिनियाँ भूमिका खोज्नुको अर्को कारण रूसले प्रत्याक्रमण गर्ने डर हो । आगामी वसन्तमा युक्रेनले अलिकति पनि विजय हासिल ग¥यो भने रूसले जवाफ दिने निश्चित छ । यस्तो स्थितिमा चीनले रूसलाई प्रत्याक्रमण नगर भनिदेओस् भन्ने अमेरिकाको चाहना हो । यसको विपरीत युक्रेनले त्यो आक्रमणमा पराजय भोग्यो भने अमेरिकाले अर्कै रवैया अपनाउन सक्छ ।
युक्रेनको शान्ति प्रस्तावपछाडि अमेरिका नै छ । रूसले आफ्नो फौज फिर्ता बोलाउनुपर्छ, युद्धको हर्जाना तिर्नुपर्छ र युद्ध अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ भन्ने उसको माग हो । यो प्रस्ताव रूसलाई मान्य हुनेछैन । अर्को शब्दमा अमेरिका र उसका पश्चिमा साझेदारहरूले नितान्त अव्यावहारिक शान्ति प्रस्ताव अघि सारेका छन् । उनीहरू चीनले रूसलाई सम्झौतामा मनाओस् भन्ने चाहन्छन् । यो झन् असम्भव छ ।
शान्तिवार्तालाई मलजल गर्नुको उद्देश्य दुवै पक्षलाई मनाउनु हो र भरसक द्वन्द्वमा संलग्न सबै पक्षलाई सम्झौतामा ल्याउनु हो । रूस–युक्रेन द्वन्द्वको जरामा अमेरिका र रूसबिचको बहुपक्षीय युद्ध छ । त्यसैले खालि रूसलाई मनाउनु अर्थहीन र अव्यावहारिक हुन्छ ।
चिनियाँ भूमिकालाई मान्यता दिनुले अमेरिकी रवैयामा परिवर्तन आएको देखिन्छ । तर, पश्चिमी मुलुकहरूले चीन र रूसलाई एउटै देशको रूपमा हेर्दै आएका छन् । नत्र, उनीहरूले चीनमाथि निराधार आक्षेप किन लगाउँथे ? चीनले रूसलाई हतियार दिइरहेको छ भनेर किन फलाक्थे ?
पछिल्लो तरिका अपनाएर अमेरिकाले रूसलाई ‘त्याग्न’ चीनमाथि दबाब दिने प्रयास गर्दै छ । चीनले रूसलाई दबाब दिनसक्छ भन्ने वासिङटनको सोचाइ छ । रूसले चीनको कुरा नसुने चीनले अमेरिका र पश्चिमी मुलुकहरूसँग मिलेर रूसविरुद्धको नाकाबन्दी चर्काउनुपर्छ भन्ने उसको विचार छ । वासिङटनको उद्देश्य वास्तविक शान्ति हासिल गर्नु होइन, बरु चीनलाई असम्भव काम गर्न लगाउनु हो । यो अमेरिकाले थापेको पासो हो ।
सत्य के हो भने युक्रेन सङ्कटको हकमा चीन अमेरिकी लहैलहैमा लाग्नेछैन ।
यसबेला युरोपेली युनियन रूसविरुद्ध ११ औँ खेपको नाकाबन्दी लगाउने तयारी गर्दै छ । एकातिर अमेरिकालगायत पश्चिमी देशहरूले आगोमा हावा दिँदै छन्, अर्कोतिर चीनले शान्तिवार्तामा भूमिका खेलेर आगो निभाइदेओस् पनि भन्दै छन् । चीनले केही आगो निभाउन पनि सक्ला तर अरू सक्दैन । किनभने, चीन कहिल्यै पनि युक्रेन–रूस द्वन्द्वको अङ्ग थिएन । चीनले सदा यो द्वन्द्वलाई तेस्रो पक्षको रूपमा हेर्दै आएको छ र कसरी शान्ति प्रवद्र्धन गर्ने भनी सोच्दै आएको छ ।
चीनले बा¥हबुँदे शान्ति प्रस्ताव अघि सारेको छ । प्रस्तावलाई चीनले पूर्ण, व्यवस्थित र अविच्छिन्न बनाएको छ । प्रस्तावको कुनै पनि भाग टुक्र्याउन मिल्दैन । युक्रेन–रूस द्वन्द्वको सन्दर्भमा युक्रेनलगायत सबै देशको सार्वभौमिकता, स्वाधीनता तथा भौगोलिक अखण्डतालाई चीन सम्मान गर्छ । साथै, चीनले रूसको सामरिक आवश्यकता, सामरिक सुरक्षा र आर्थिक विकासलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । किनभने, रूसको राष्ट्रिय सुरक्षा र विकासका चासोहरूलाई दबाउने अमेरिकी चेस्टा नै रूस–युक्रेन द्वन्द्वको भित्री कारण हो ।
युक्रेन सङ्कटको सन्दर्भमा अमेरिका र पश्चिमी मुलुकहरूले समस्याका सबै पाटापक्षलाई व्यवस्थितरूपले ध्यान दिन आवश्यक छ । यसरी मात्र समस्याको व्यावहारिक हल निस्किनेछ । उनीहरूले रूसमाथि लगाएका प्रतिबन्धहरू अन्तर्राष्ट्रिय कानुनअनुरूप छैनन् । सन्तुलित व्यवहारबाट युद्धविरामसम्म पुग्न सकिन्छ ।
रूस–युक्रेन द्वन्द्वको सबैभन्दा ठूलो समस्या युक्रेनको क्षति सकेसम्म छिटो रोक्नु हो । पश्चिमी देशहरू र रूसबिच भइरहेको लडाइँको सबैभन्दा ठूलो पीडित बन्नुबाट बच्नु हो । किनभने, सङ्गीन क्षणमा संरा अमेरिकाले आफ्नै राष्ट्रिय स्वार्थहरूको मात्र रक्षा गर्नेछ । यसको लागि उसले आफ्ना साझेदारहरूलाई बलि चढाउन पनि बेर छैन । आफ्ना स्वार्थहरूको रक्षा गर्न साझेदारहरूलाई अमेरिकाले बलि चढाएका उदाहरणको कमी छैन । युक्रेनले आफ्नो अविश्वासिलो ठुल्दाइ अमेरिका नै समस्याको मूल जड हो भनी बुझ्न आवश्यक छ ।
(लेखक चिनियाँ सैन्यविद र राजनीतिक विश्लेषक हुन् ।)
स्रोत : ग्लोबल टाइम्स
अनुवाद : सम्यक
स्रोत : ग्लोबल रिसर्च
Leave a Reply