दैलेखको तिलेपातामा ‘भक्तपुर काण्ड’ को भत्र्सना
- भाद्र १४, २०८३
भक्तपुर, २९ जेठ । भक्तपुर नपा वडा नं. ६ को आयोजनामा चारदिने प्राङ्गारिक कृषि खेती तालिम सोमबारबाट सुरु भएको छ । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले तालिमको उद्घाटन गर्नुभयो ।
प्राङ्गारिक कृषि खेती प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले १० वटै वडाहरूमा तालिम सञ्चालन गरेको बताउँदै उहाँले तालिमको सही सदुपयोग गर्न प्रशिक्षार्थीहरूलाई प्रेरित गर्नुभयो ।
कृषिको समुचित विकास नभएसम्म मुलुकको विकास असम्भव नभएको बताउँदै उहाँले नेपालमा कृषि व्यवसायको उचित विकासको लागि सरकारकै तर्फ आवश्यक पहल हुनु जरुरी रहेको बताउनुभयो ।
कृषि क्षेत्र झन्झन् कमजोर हुँदै जाँदा खाद्य सङ्कटले विकराल रूप लिने अवस्था रहेको बताउँदै उहाँले व्यावसायिक खेतीमा विषादी र रासायनिक मलखादको अत्यधिक प्रयोग र असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र वातावरणमा समेत नकारात्मक असर पु¥याइरहेको उहाँले बताउनुभयो ।
समाजवादी देश चीन, क्युवा, उत्तर कोरिया आदिले कृषि क्षेत्रमा गरेको विकास र आधुनिक कृषि प्रणालीबारे अवगत गराउँदै प्रमुख प्रजापतिले देशलाई परनिर्भरताबाट जोगाउन कृषि पेशालाई परिष्कृत गर्दै अगाडि बढाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले रसायनिक मलको विकल्पबारे सोच्नुपर्ने बताउँदै विषादीरहित खाद्यान्न उत्पादन गर्नेतर्फ किसानहरू अग्रसर हुनसके देश र समाज अगाडि बढ्ने बताउनुभयो । कार्यपालिका सदस्य रोशनमैंया सुवाल, वडासदस्य गोविन्द दुवाल, समाजसेवी गोपीकृष्ण चाँगुभारी, प्रशिक्षक प्रकाश गुरुङ र वडासदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply