नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
भक्तपुर नगरका सेल (प्रारम्भिक पार्टी समिति), वर्गीय र पेसागत प्रारम्भिक समिति तथा सम्बन्धित नगर समितिका साथीहरू !
नेमकिपा र अन्य क्रान्तिकारी, इमानदार कम्युनिस्ट या मजदुर पार्टीहरू विश्वमा समाजवादी र साम्यवादी समाज स्थापनाजस्तो दूरगामी उद्देश्य लिएर स्थापना भएका दल र सङ्गठनहरू हुन् ।
तर, पार्टी र वर्गीय सङ्गठनका केही समितिहरूमा सिद्धान्तप्रति कम ज्ञान र उद्देश्यप्रति समर्पणको भावना नभएका साथीहरूमा व्यापारी र सरकारी कर्मचारीहरूको प्रवृत्तिको कारण हाम्रो प्रचारयन्त्र, प्रेस, विद्यालय, कार्यालय र कलेजहरूसमेत स्वयम्सेवी भावनाभन्दा शुभलाभका भावनाबाट प्रभावित हुँदै छन् । साथीहरूबाट सञ्चालित केही सहकारी संस्थाहरूमा समेत त्यसको प्रभाव मौलाउँदै गएको सुन्नमा आएको सर्वविदित छ । यसका केही महत्वपूर्ण कारण छन् :
– साप्ताहिक वा मासिक एवम् वार्षिक प्रतिवेदनहरू पार्टीमा दिने नगरेको कारण अनुशासित कार्यकर्ताहरूसमेत छाडा र आत्मकेन्द्रित हुँदै गएको,
– तयार भइसकेका कार्यकर्ताहरूमा निरन्तर पार्टीको कक्षा सञ्चालन र विषयगत छलफलमा उपस्थित नहुने र पार्टी बैठकमा अनिवार्य उपस्थितिको बन्दोबस्त नहुँदा पार्टी अनुशासन र भावनाबाट टाढिँदै व्यक्तिवादी र पुँजीवादी चरित्र देखा पर्दै जानु,
– त्यस्ता कार्यकर्ताहरूलाई पार्टी एक अनावश्यक बोझ र पराइ हुँदै एकएक पाइला गर्दै पुँजीवादी र अराजक बाटोमा अग्रसर हुँदै गएको देखिन्छ ।
– समितिहरूमा सामेल व्यक्ति व्यक्तिबारे छलफल र जाँचबुझ हुन छोड्दा कति साथीहरू शत्रुहरूको प्रभावमा पुगे । त्यसको अर्थ अत्यन्त व्यक्तिगत स्वार्थी हुनु समाज र बहुमत जनताप्रति वितृष्णा जगाउनु हो ।
– कम्युनिस्ट सदस्य र विचारका केही साथीहरू पेसा शिक्षक रोज्दै निजी विद्यालय स्थापना गर्दै व्यक्तिगत महत्वाकाङ्क्षा राख्दा र आर्थिक समानताबारे ध्यान नदिँदा सरकारी र पुँजीवादी विद्यालयकै नक्कल गर्दा संस्थापक साथीहरूकै माझमा पैसा वा तलब एवम् नाफाको कारण मनमुताव देखियो र कत्ति कुरा सँगाल्न नसक्ने गरी पोखियो । पुँजी र नाफाबाट व्यक्तिलाई प्राथमिकता दिएपछि पुँजीवादी विचारले प्रभाव पार्छ ।
– ‘योग्यताअनुसारको काम’ र ‘कामअनुसारको ज्याला’ को समाजवादी विचारलाई आत्मसात गरेपछि ‘योग्य’ हुने भावना तथा ‘मेहनत’, ‘परिश्रम’ एवम् ‘राम्रो काम गर्ने’ भावनामा विकास गर्छ ।
समाजवादी व्यवस्था स्थापनापछि पनि पुँजीवादी समाजको छाप रहन्छ । सैद्धान्तिक सङ्घर्ष खुकुलो हुनासाथै पुँजीवादी विचार प्रबल हुन्छ र वर्गसङ्घर्षमा समाजवाद र साम्यवादी विचार पराजित हुन्छ । यसका उदाहरण सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरू हुन् ।
माथिका कमजोरीहरूले पुँजीवादको पुनःस्थापना हुनुका साथै माक्र्सवाद पुरानो भयो, समाजवाद र साम्यवादी समाजको कल्पना समाजको अनिवार्य चरण नभई सुखद कल्पना मात्र हो भन्ने टुङ्गोमा पुग्नेछ ।
सारमा, संसारमा समाजवादी क्रान्तिले सफलता पाएपछि छिमेकी पुँजीवादी देशहरू वा साम्राज्यवादी देशहरूको आक्रमण, अन्तरध्वंश र कूटनैतिक विचलनहरूमार्फत विभिन्न कमजोर देशहरूमा पुँजीवादको पुनःस्थापना हुनेछैन र स्थायी विश्व शान्तिको आज जस्तै पुँजीवादी र उपनिवेशवादीहरूले संसारलाई खलबल्याउन सक्ने छैनन् । एकएक गरेर संसारका सबै देश विभिन्न चरण पार गर्दै समाजवादी समाज साम्यवादी समाजमा रूपान्तरण हुनेछ ।
Leave a Reply