रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
स्थानीय सरकार सञ्चालन ऐनद्वारा निर्दिष्ट वार्षिक कम्तीमा दुई पटक बस्नुपर्ने नगरसभाको बैठक बस्नुपर्ने व्यवस्थाअनुरूप आज भक्तपुर नगरपालिकाको १४ औँ नगरसभाको उद्घाटन कार्यक्रम हुँदै छ ।
सर्वप्रथम देशको निम्ति आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । साथै भक्तपुरका जनताको जीवन रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने समाजका अग्रज व्यक्तित्वहरूमा सम्मान व्यक्त गर्न चाहन्छु । भनपालाई एक उत्कृष्ट नमूना नगरको परिचय दिलाउन मार्ग निर्देशन गर्नुहुने नेपाल मजदुर किसान पार्टीका अध्यक्षलगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
भक्तपुर नगरपालिकाले पाएको आजको सफलताको कडी भन्नु नै नेपाल मजदुर किसान पार्टीको घोषणा पत्रलाई हरेक पल्ट अङ्गीकार गर्दै देश र जनताको सेवामा समर्पित भएको कारणले गर्दा नै हो भन्नेमा दुईमत नहोला । त्यसको कार्यान्वयनमा नगरपालिकाका हामी सबै जनप्रतिनिधिहरू यहाँका कर्मचारीहरूको साथमा नगरवासीहरूसँग हातेमालो गरेर अघि बढिरहेका छौँ, बढिरहने छौँ ।
भनपाले हामीसँग भएका गौरवशाली सम्पदा र हाम्रो सभ्यतासँग जोडिएका संस्कृति, मूल्य, मान्यता, धरोहरलाई अनुसन्धान र अन्वेषणसहित नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने काममा निरन्तर लागिरह्यौँ र यसलाई हामीले सिक्काको एउटा पाटोको रूपमा लियौँ । अर्को पाटोको रूपमा समय सापेक्ष ढङ्गले भक्तपुर नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने अभियानमा हाम्रा अग्रजहरूको अथक मेहनतबाट शिक्षाको जग बसेको छ भन्दा अत्युक्ति नहोला । त्यसको निमित्त नपाले वि.सं. २०५६ देखि आजको दिनसम्म देशभरिकै नागरिकहरूलाई सस्तो गुणस्तरीय शिक्षा दिन लागिप¥यौँ । हाल नपाले विभिन्न विषयहरूमा आठ वटा कलेजहरू सञ्चालन गरी ७३ जिल्लाबाट ७ हजारभन्दा बढी विद्यालयहरू अध्ययनरत छन् । यसरी नेपाली जनताका छोराछोरीहरू आफ्नो भविष्यको जग बनाउन सफल भएका छन् । भक्तपुर नगर शैक्षिक केन्द्रको रूपमा अघि बढिरहेको अवस्थामा देशमा तीन सरकारको उपस्थितिमा सङ्घ सरकारले गर्नुपर्ने काम स्थानीय सरकारको रूपमा देशकै सानो नगरपालिकाले गरिरहेको छ देशभर भक्तपुर नगरपालिकाको क्षमताबारे प्रचार भइसकेको अवस्थामा पनि हाम्रो देशको सङ्घीय सरकारको सङ्कुचित सोचले गर्दा भक्तपुरका जनताको आफ्नो विश्वविद्यालयमा अध्ययन गरी नविन अध्याय सुरु गर्न र अनुसन्धान गरी देशमा भएका हरेक क्षेत्रका बारेमा वैज्ञानिक ढङ्गले अघि बढाउने योजना नसके तापनि भक्तपुर नगरपालिकाले अध्ययन अनुसन्धान गर्ने कामलाई स्थानीय स्तरबाटै निरन्तरता दिँदै वैज्ञानिक ढङ्गले समाजलाई अघि बढाउनका लागि आधारहरू निर्माण गर्न हाम्रा विज्ञहरूसँग छलफल भइरहेको छ । हामी हाम्रा देशका युवाहरूबाट नै देश विकास सम्भव छ र देशको विकास हुन्छ भन्ने मायन्ता राख्दै अघि बढिरहेका छौँ र बढिरहने छौँ ।
अबका दिनहरूमा हाम्रो सफा, सुन्दर र सुरक्षित नगरलाई नगरका हर एक पक्षको व्यवस्थित ढङ्गबाट अगाडि बढाउने अभियानमा यहाँहरूको साथ र यहाँहरूको सहयोग विना अधुरो हुनेछ । यसर्थ, भक्तपुर नगरपालिका सम्पूर्ण नगरवासीहरूसँग यहाँहरूको आ–आफ्नो स्थानबाट सांस्कृतिक नगर भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन हातेमालो गर्न अनुरोध गर्दै भक्तपुर नगरपालिकाको १४ औँ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू एवम् उपस्थित सम्पूर्णमा स्वागत गर्दै बिदा हुन्छु ।
(बुधबार आयोजित भक्तपुर नगरपालिकाको १४ औँ नगरसभामा व्यक्त मन्तव्य–सं.)
Leave a Reply