प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु
- असार २८, २०८३
देश र जनताको निम्ति इमानदारीपूर्वक सङ्घर्षरत दलको उद्देश्य र विचार पूरा गर्न र गराउनु हरेक कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको जिम्मेवारी हो । त्यस्ता दललाई अन्य प्रगतिशील, वामपन्थी, देशभक्त जनताको पनि सहयोग र साथ आवश्यक हुन्छ । देशका कति जनता राजनीतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपमा सचेत नहुँदा, लहैलहैमा लाग्दा, ‘ठूलो’ दलले मात्र काम गर्न सक्छ भन्ने मान्यता राख्दा यहाँ देश र जनतालाई अन्तर्घात गर्ने, देशको अस्तित्वमा आँच पु¥याउने दलका नेता तथा कार्यकर्ताहरू निर्वाचनमा अधिकांश निर्वाचित भएका हुन् । त्यस्ता दलका नेता, मन्त्री, सांसदहरूले पटक–पटक धोका दिएपछि, पार्टीको घोषणापत्र र प्रतिबद्धता लागु नगरेपछि जनताले विचार गर्नुपर्ने हो† शिक्षा लिनुपर्ने हो र निर्वाचनमा हराउनुपर्ने हो । जनताले त्यो तागत व्यवहारमा देखाउन सकेका छैनन् । बरु कति जिल्लाबाट ठूलठूला उद्योगी, व्यापारी, ठेकेदार, अनियमितता र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई नै जनताले मतदान गरे र सांसदहरू जिते ।
सत्तासीन दल र ठूला दलका नेता र मन्त्रीहरूले गरेको देशविरोधी र जनविरोधी कामबारे कम्युनिस्ट कार्यकर्ताहरूले जनतामाझ उदाङ्ग्याउनुपर्छ । यस्ता राजनीतिक प्रशिक्षणहरू निरन्तर भइरहनुपर्छ । कार्यकर्ताहरूले आफूलाई प्रमुख स्थान र पार्टीलाई गौण स्थानमा राखेर पार्टीको उद्देश्य पूरा हुनेछैन । कति कार्यकर्ताहरू नाम र पदका भोका हुन्छन् । नाम र पदकै निम्ति सङ्गठनमा लाग्छन् या काम गर्छन् । चाप्लुसी र दलाली गर्ने कार्यकर्ताहरूको मनभित्र अर्कै उद्देश्य रहेको हुन्छ । यस्ता धूर्त कार्यकर्ताहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन् या सिद्धान्तनिष्ठ भएर काम गर्दैनन् । अतः साझा लक्ष्यको निम्ति काम गर्ने कार्यकर्ताहरू व्यक्तिवाद र सङ्कीर्णतावादसित जुध्नैपर्छ । सबै सङ्कीर्ण विचार मनोगतवादी हुन्छन्† क्रान्तिको आवश्यकताबारे तिनीहरू बोध गर्दैनन् । यसकारण, सङ्कीर्णतावादविरोधी र मनोगतवादविरोधी सङ्घर्ष गर्नुपर्छ । माक्र्सवादी र लेनिनवादीहरूले भौतिकवाद र द्वन्द्ववादको प्रचार गर्नुपर्छ ।
सच्चा कम्युनिस्ट पार्टीले एकातिर देशका शोषक, सामन्त, प्रतिक्रियावादी, पुँजीवादी दलसँग वैचारिक वाक्युद्ध गर्नुपर्ने आवश्यकता छ भने अर्काेतिर संशोधनवादी, अवसरवादी र कम्युनिस्टको खोल ओढेर कम्युनिस्टको सिद्धान्त र विचारलाई बन्धक राखेर राजनीति गरिरहेका दलहरूसँग वैचारिक र सैद्धान्तिक सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारको सैद्धान्तिक पक्षबारे जनतालाई सुसूचित पार्ने काम गरिरहेको छ । कम्युनिस्टको सिद्धान्त र विचार नबोकी कम्युनिस्ट भन्ने दलले गरिरहेको पुँजीवादी राजनीति, पुँजीपतिवर्गको पुँजीवादी र प्रतिक्रियावादी राजनीतिको विरोध पनि नेमकिपाले गरिरहेको छ । नेमकिपाको यस्तै गतिविधि, सैद्धान्तिक र वैचारिक ठम्याइले जनता सुसूचित हुँदै छन्, देशका ठूला र शासक दलहरूको व्यक्तिगत र दलगत स्वार्थबारे जनताले बुझ्ने मौका पाएका छन् ।
नेमकिपाको यो जनता जागरुक अभियान चालु छ । यसले जनतालाई बिउँझाउने काम गरेको छ । नेमकिपाले कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउन कहिले पनि निर्वाचन पर्खेर बसेको छैन । बहुमत जनता सचेत र सङ्गठित नभइकन देशमा आमूल परिर्वतन सम्भव छैन भन्ने पाठ नेमकिपाले सिकेको छ । यसकारण, नेमकिपा देशमा आमूल परिर्वतनको पूर्वाधार तयार गर्न नथाकिकन लागिरहेको छ । हुन पनि परिवर्तन एकैबाजि सम्भव छैन । देश, काल र परिस्थिति नबनिकन हतारिएर परिवर्तन हुने होइन । सच्चा कम्युनिस्टहरू बहुमत जनताको सेवा गर्न परिवर्तनको निम्ति निरन्तर लागिरहनुपर्छ । नेमकिपाले अहिले गरिरहेको राजनीति यही हो ।
Leave a Reply