अमेरिका–इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी
- असार २८, २०८३
संरा अमेरिकामा काला जातिमाथिको पाशविक दमनको सिलसिला रोकिएको छैन । सन् २०२० मा मात्र काला वर्णका जर्ज प्mलोइडलाई अमेरिकी प्रहरीले घाँटी थिचीथिची हत्या गरेको थियो । संरा अमेरिका आपूmलाई प्रजातन्त्र र मानवअधिकारको ठेकेदार दाबी गर्छ । वास्तवमा संरा अमेरिकामा काला जातिका लागि न प्रजातन्त्र छ न त मानवअधिकार नै । देशको विकास, समृद्धि र बलियो अर्थतन्त्रको जग अफ्रिकी–अमेरिकी र काला जाति नै हुन् । काला जातिमाथिको दासताको जगमा उठेको संरा अमेरिकाले त्यो वर्ण या जातिमाथि आज पनि शोषण र अत्याचार रोकेको छैन । सन् २०२० को तथ्याङ्कअनुसार संरा अमेरिकामा ४ करोड १६ लाख जनसङ्ख्या काला जातिका छन् । अर्थात्, संरा अमेरिकाको जनसङ्ख्याको १३.६ प्रतिशत हो । संरा अमेरिकाको दक्षिणी भेगमा काला जाति बढी बस्छन् । दक्षिण अमेरिकाको कुल जनसङ्ख्याको ५६ प्रतिशत । विशेषतः टेक्सस, जर्जिया, प्mलोरिडा, न्युयोर्क, क्यालिफोर्निया, उत्तर कारोलिन, मेरिल्याण्ड, इलिनोइस, भर्जिनिया, ओहायोलगायतका सहरहरूमा काला अमेरिकीको बाहुल्यता छ । ती सहरहरू अमेरिकाको चुनावका लागि निर्णायक भोटको स्रोत पनि हुन् । सयौँ वर्ष काला अमेरिकीहरूलाई आफ्नो भोट बैङ्क बनाएका अमेरिकी शासकहरूले राज्यबाटै दमन र शोषण रोकेको छैन । आज पनि फरकरूपमा २०० वर्ष पुरानो दासताको चक्रब्युह भोग्न बाध्य छन् ।
संरा अमेरिकामा काला जातिलाई मानवको दर्जा दिइन्न । दासको रूपमा व्यवहार गरिन्छ । सन् १९५० र १९६० को दशकमा काला जातिमाथिको दमन र अत्याचारको पृष्ठभूमिले आजको अमेरिकी समाजको तुलनात्मक अध्ययन गर्न सकिन्छ । लेखक रोवर्ट तनोभले आजभन्दा ३७ वर्षअघि अर्थात् सन् १९८५ मा लेख्नुभएको पुस्तक ‘संरा अमेरिकी इतिहासमा कालाहरू’ ले तत्कालीन परिस्थितिमा काला जातिको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था उजागर गर्छ । रुसको मस्कोमा जन्मनुभएका तनोभले संरा अमेरिकाको जातीय समस्यालाई कम्युनिस्ट विचारको आधारमा विश्लेषण गर्नुभएको छ । विशेषतः ५० र ६० को दशकमा कालाजातिहरूको अवस्थाबारे गहन र सटिक विश्लेषण पुस्तकमा छ । साँचो अमेरिका चिन्न निकै पठनीय पुस्तक हो ‘संरा अमेरिकी इतिहासमा कालाहरू’ । पुस्तकबारे सङ्क्षिप्त चर्चाले संरा अमेरिकामा आजको विभेद, जातीय विभाजनको पृष्ठभूमि बुझ्न सघाउँछ ।
इतिहास पल्टाउने हो भने संरा अमेरिकाले छोटो समयमै भौतिक उत्पादनमा फड्को मारेको र आफूलाई विशाल औद्योगिक देशको रूपमा स्थापित गरेको भेटिन्छ । प्राकृतिक स्रोतसाधन र मानवीय श्रमशक्तिको उपलब्धता संरा अमेरिकी द्रुुत विकासका आधार हुन् । त्यो कहाँबाट र कसरी जुटायो भन्ने प्रश्न महत्वपूर्ण हो । संरा अमेरिकाले सेना र रणनीतिक मिसनहरूबाट पनि आपूmलाई धनी बनाएको सत्य कसैबाट लुकेको छैन । दुई सय वर्षको इतिहासमा संरा अमेरिकाले दुईवटा ठूल्ठूला क्रान्तिहरू बेहोर्यो– अमेरिकी स्वतन्त्रता आन्दोलन (१७७५–१७८३) र गृहयुद्ध (१८६१–१८६५) यी सङ्घर्षहरूले पनि संरा अमेरिकाको सामाजिक आर्थिक र सामाजिक राजनीतिक जीवनमा परिवर्तन ल्यायो र देशको विकासमा सघायो ।
इतिहासको अध्ययनले भन्छ –पहिलो र दोस्रो विश्वयुद्धले मानिसको जीवन र सभ्यतामा अपूरणीय क्षति पु¥यायो । विशाल आकारमा जनधनको क्षति भयो । भौतिक संरचनाहरूको ध्वंश भयो । तर, संरा अमेरिका एउटा त्यस्तो देश हो जसले पहिलो र दोस्रो विश्वयुद्धबाट फाइदा उठायो । ती विश्वयुद्धहरूले शक्तिहरूको खेमा छुट्यायो र पुँजीवादी विश्वको नेतृत्व गर्न संरा अमेरिकालाई सघायो । एउटा माक्र्सवादी सत्य के हो भने क्रान्तिहरू भनेका इतिहासका स्वचालित यन्त्र हुन् । दोस्रो अमेरिकी क्रान्ति र सन् १८६१–१८६५ को गृहयुद्धले संरा अमेरिका एउटा शक्ति केन्द्रको रूपमा स्थापित भयो । सन् १८६४ मा फेडरिक एङ्गेल्सले भन्नुभएको थियो संरा अमेरिकी विकासको अवरोध त्यहाँको दास व्यवस्था हो । नभन्दै संरा अमेरिकी गृहयुद्धको अन्त्यपश्चात् सन् १८९४ तिरबाट विकासमा द्रुत प्रगति थाल्यो र विश्वमै विशिष्ट स्थान निर्माण ग¥यो । आर्थिक विकासमा केन्द्रित संरा अमेरिकाको राजनीतिक, नैतिक र सामाजिक मूल्य मान्यता भने सही थिएन । यसले अर्र्थतन्त्रमा पनि असर देखायो । संरा अमेरिका राज्य–एकाधिकारको अभ्यास गर्दै थियो । त्यतिमात्र होइन वैज्ञानिक र प्राविधिक क्रान्तिको नाममा उद्योग र कलकारखानाबाट श्रमिक – मजदुर लखेटिँदै थिए । प्राविधिक विकासले बेरोजगारीजस्तो समस्या निम्त्याउन सक्ने सम्भावनाको ख्याल नगरी संरा अमेरिका विकासलाई द्रुत बनाउने एकसूत्रीय बाटोमा थियो । आर्थिक समृद्धिबाहेक नैतिकता, करुणा र समानता भन्ने शब्दले केही अर्थ राखेन । नभन्दै सन् १९३० मा महान् आर्थिकमन्दी सामना गर्नुप¥यो । पुँजीवादी अर्थव्यवस्थाको दुर्गुणका कारण विश्वले आर्थिकमन्दीको सामना गर्नुप¥यो । औद्योगिकीकरणसँगै निम्तिने वातावरणीय प्रदूषण र ह्रासको सवालमा संरा अमेरिकाले ध्यान दिन सकेन । यी समस्याहरूसँगै संरा अमेरिकामा जातीय समस्या अझ विकराल बन्दै गयो । संरा अमेरिका त्यस्तो पुँजीवादी देश हो जहाँ विभिन्न रङ्गका मानिसहरू बस्छन् । ५ करोड अमेरिकीमा ३ करोड काला जातिका मानिस छन् ।
संरा अमेरिकाको स्वतन्त्रता आन्दोलन अमेरिकाको उत्तरी प्रान्तहरूमा बेलायतको उपनिवेशविरुद्ध थियो । त्यो आन्दोलनले काला जातिको समस्यालाई पनि सतहमा ल्यायो । दासताको समस्या देशको स्वतन्त्रतासँगै प्रत्याभूत हुने अपेक्षाले काला जातिले स्वतन्त्रता आन्दोलनमा आप्mनो रगत बगाए । अमेरिकाको उत्तरतिर दासप्रथाको उन्मूलन आर्थिकरूपमा फाइदाजनक नदेखेर दक्षिणतिर अमानवीय ढङ्गबाट क्रान्तिको उद्देश्यविरुद्ध मानव शोषणको लज्जाजनक चक्रब्युह पुनः निर्माण ग¥यो । मानिसमाथिको शोषणविरुद्ध धेरै प्रतिशतमा रहेका काला जातिले ४ वर्षसम्म रगत बगाए । दासप्रथा उन्मूलन गरी लिङ्कनले जारी गरेको ‘मुक्तिको घोषणा’ ले अमेरिकामात्र होइन विश्व इतिहासमा ठूलो महत्व राख्छ ।
वास्तविकता के हो भने ती अमेरिकी दासहरूले शब्दमा स्वतन्त्रता पाए, व्यक्तिगत स्वतन्त्रता मिल्यो तर न तिनले जमिन पाए न त नागरिक र राजनीतिक अधिकार नै पाए । यसरी हिजोका दासहरूलाई स्वतन्त्र गर्ने नाममा व्यवस्थाको अर्को तहमा पुनः दास नै बनाइयो, पुँजीवादी देशका पुँजीपतिहरूको फाइदाका निम्ति सस्तो ज्यामी र नोकर बनायो । लिङ्कनको दासमुक्ति घोषणापछि आजसम्म पनि दक्षिण काला जातिको लागि कारागार या जेलसमान छ । विभेदको अग्लो पर्खाल बनाई अलग्याइएको छ । स्वस्थ र आनन्दको हावाबाट समेत बञ्चित गरिएको छ । संरा अमेरिकामा काला अमेरिकीको अर्ध–दासको अवस्था उत्तरी बुर्जुवा या पुँजीपतिहरूले निर्माण गरेका हुन् र दक्षिणका धनीमानीहरूले निर्माण गरेका हुन् । गृहयुद्धकै समयमा उत्तर अमेरिकाले दक्षिणका काला जातिका गुटहरूलाई धोखा दिएको थियो जसले दासमालिकहरूलाई फाइदा पुग्यो ।
दक्षिणमा आतङ्कवादको शासन उत्तरका बुर्जुवा दक्षिणकै दासमालिक या जमिनदारहरूबाट सुरु भएको थियो जसको एउटै उद्देश्य काला जातिलाई उत्पादनका स्रोतहरूबाट विमुख गराउनु र युग–युगसम्म न्यूनतम पारिश्रमिकमा जमिनदारको सेवामा लगाउनु हो । दुई पक्ष मिलेर काला जातिमाथि निर्मम शोषण ग¥यो । त्यसकारण, दोस्रो अमेरिकी क्रान्तिले पनि काला जातिमाथिको शोषण अन्त्य गरेन । प्रश्न उठ्छ, संरा अमेरिकाका दुई ठूला सामाजिक क्रान्तिले पनि काला जातिको समस्या किन समाधान गर्न सकेन ? संरा अमेरिकी जातीय विभेदको परम्परागत जरा कता छ ? विभेदविरुद्ध ठूल्ठूला आन्दोलन र अभियान चलिरहेको आजको विश्वमा समेत नयाँ ढङ्गको दासप्रथा र रङ्गभेद किन जीवित छ ? यी प्रश्नहरूको जवाफ यस पुस्तकबाट खोजी भएको छ । एक साधारण मानिसलाई पनि लाग्छ संसारको सबैभन्दा शक्तिशाली पुँजीवादी देशले आप्mनो जातीय र रङ्गभेदको समस्या किन समाधान गर्न सकेन ? समाधान नगरेको हो या गर्न नसकेको ? रङ्गभेद र जातीय भेदका कारण उब्जिएका सामाजिक, राजनीतिक, कानुनी समस्याहरूको हलबिना संरा अमेरिकाको भविष्य रहन्छ ? हिजो र आज संरा अमेरिकामा कालाहरूको अवस्था र जनजीवनले यो प्रश्नको जवाफ दिन्छ ।
अमेरिकाका प्रजातन्त्रवादी, राजनीतिज्ञ र सार्वजनिक व्यक्तित्वहरूले सबैभन्दा बढी महत्वका साथ उठाउने गरेको मुद्दा काला जातिको समस्या हो । यो काला जातिको दुःख र शोषणमाथि अभद्र राजनीति गर्छन् । तिनलाई भ¥याङ् बनाई सत्तामा उक्लिन्छन् र तिनैमाथि शोषणको पहाडले थिच्छन् । काला जातिको समस्या संरा अमेरिकाको सामाजिक र राजनीतिक जीवनसँग प्रत्यक्ष सम्बन्धित छ । त्यसकारण, त्यहाँ कालाहरूको पक्षमा लड्ने प्रगतिशील विचारका सङ्गठनहरू पनि छन् । प्रगतिशील र प्रतिक्रियावादी पक्षबिचको द्वन्द्व अर्को समस्या बनेको छ – संरा अमेरिकाका लागि । पुस्तकमा लेखिएको छ, “जातीय विभेदका सन्दर्भमा प्रगतिशील र प्रतिक्रियावादी शक्तिबिचको सङ्घर्षले संरा अमेरिकी साम्राज्यवादका लागि गहिरो सामाजिक राजनीतिक सङ्कट पैदा गरेको छ ।”
संरा अमेरिकामा कालाहरू आन्दोलन अर्थात् रङ्गभेदविरोधी आन्दोलनका प्रवक्ता राल्फा अबरनाथीले सन् १९६८ जूनतिरै भियतनाममा संरा अमेरिकी हमलाविरुद्ध बोलेका थिए । अन्य देशका सुन्दर सहरहरूलाई खरानी बनाउनका निम्ति राज्यले काला जातिको प्रयोग गरेको इतिहास छ । त्यसले संरा अमेरिकामा कालाहरूको समस्या अझ विकराल बनायो ।
लेखकले यो पुस्तक लेख्नुभएको समयमा अमेरिकामा ३ करोड ५० लाख अमेरिकी जनता गरिबीको रेखामुनि थिए । त्यसको ठूलो सङ्ख्या काला जाति थियो । सबैभन्दा शोषणमा परेका यो जनसङ्ख्या अमेरिकी पुँजीपति र शासकवर्गका लागि भने नाफाको स्रोत हो । अमेरिकाको यो कालो सत्यविरुद्ध लामो समयदेखि संरा अमेरिकामा कम्युनिस्ट पार्टी सक्रिय छ । अमेरिकी एकाधिकार गोरा छालाले काला जातिबाट वार्षिक ७० अर्ब अमेरिकी डलर नाफा मात्र सोहर्छ । राज्यको एकाधिकार पुँजीका कारण गरिब आदिवासी काला जातिमाथि निरन्तर शोषण जारी छ । काला जातिको दुःखको कारण पुँजीवाद हो । त्यसकारण, रङ्गभेदी शासनविरुद्धको सङ्घर्ष जरुरी छ । अन्यथा, जातीय रङ्गभेदका कारण पुँजीपतिहरू झन् बढी नाफा कमाउनेछन् । त्यही नाफा पुनः एकाधिकार पुँजीमा जोडिन्छ । गरिब आदिवासी काला जातिमाथि दुःख र शोषण थपिन्छ । यही सत्य प्रचारमा कम्युनिस्ट पार्टी लागिपरेको छ ।
अमेरिकी सहर या समाजको अर्को समस्या अपराध, हिंसा र लुटपाट हो । संरा अमेरिकाका आन्दोलनहरू पछि यस्ता घटनाहरू द्रुतरूपमा बढ्यो । राष्ट्रपति रेगनको समयमा पनि समस्या समाधान भएन । त्यो अपराधको आक्षेप काला जातिमाथि लाग्ने गथ्र्यो । आज पनि सिलसिला रोकिएको छैन । त्यति मात्र होइन सन् १९८२ तिर संरा अमेरिकामा काला जातिका युवाहरू ४९.७ प्रतिशत बेरोजगार थिए । यो भनेको समग्र बेरोजगारी दरभन्दा ३ गुणा बढी हो । गोरा जातिमा १६ प्रतिशतको निरक्षरता रहँदा ४४ प्रतिशत काला जाति निरक्षर थियो । आयमा विभेद थियो । गोरा मानिसले कमाउने कमाइको ५७ प्रतिशत मात्र काला जातिले कमाउँथे । यो विभेद र अन्यायविरुद्ध संरा अमेरिकामा कालाजातिका युवाहरूले आन्दोलन अघि बढाए । त्यसका नेता बेन चाभिस र उनका कामरेडहरूलाई अमेरिकी प्रशासनको दबाबमा थुनामा राखियो र आजीवन जेलसजाय सुनायो । जब काला जातिको आन्दोलन अघि बढ्छ राज्य दमनमा उत्रने गरेको छ । तर सङ्घर्ष भने जारी छ । केही युवाहरू तत्कालीन सोभियत रुसको व्यवस्थाबाट प्रभावित थिए । तर, संरा अमेरिका सोभियत रुसविरुद्ध मनोवैज्ञानिक युद्ध छेड्दै थियो । सोभियत रुस मात्र होइन समाजवादी देशहरूप्रति युवा मनहरूमा वितृष्णा रोप्दै थियो । राष्ट्रपति रेगन भन्थे, “सोभियत रुस र समाजवादी देशहरूविरुद्ध लड्नु भनेको अन्तर्राष्ट्रिय आतङ्कवादविरुद्ध लड्नु हो ।” अमेरिकी प्रशासन समाजवादी या कम्युनिस्ट हुनुलाई आतङ्कवादी हुनु हो भन्ने व्याख्या गर्दै थियो । आजको परिवेशमा खासै परिवर्तन भने आएको छैन । अन्तर्राष्ट्रिय आतङ्कवादको विरोधमा शान्तिको नारा जप्दै संरा अमेरिका विश्वमा युद्धको आतङ्क फैलाउँदै थियो ।
देशभित्रको कलहको कारण काला जाति हो र काला जातिको आन्दोलन आतङ्कवादी विचारबाट प्रेरित छ भन्दै रेगन प्रशासन रक्तपातपूर्ण दमन गर्न पछि हट्दैनथ्यो । संरा अमेरिकामा हुने हत्याहिंसाको कारण काला जातिका अमेरिकी हुन् भन्ने आक्षेप लगाइन्थ्यो । जस्तोसुकै अपराधमा काला वर्णका किशोर र युवाहरूलाई फसाउने र सजाय दिने सिलसिला रोकिएको छैन । रेगन प्रशासनबाट काला जातिलाई ‘पागल कुकुर’ को संज्ञा दिइएको थियो । काला जातिमाथि पशुतुल्य व्यवहार रोकिएन ।
सन् १९६० को दशकमा मात्र अमेरिकी आन्दोलनमा क्रान्तिकारी विचारले प्रवेश पाएको थियो । काला जातिको दुःखविरुद्ध क्रान्तिको आवश्यकताबोध गरियो । संसारमा स्वतन्त्रता आन्दोलन अघि बढ्दै थियो । अफ्रिकी महादेशमा मात्र ३२ वटा देशहरू उपनिवेशबाट मुक्त बने । काला जाति आप्mनै देशभित्र उपनिवेश भोग्दै थियो । त्यसकारण, राजनीतिक, सामाजिक, नैतिक सङ्घर्षहरू सँगसँगै अघि बढाउन जरुरी थियो ।
संसारमा रङ्ग र जातीय भेदको जरा संरा अमेरिकासँग जोडिन्छ । समाजवादी देशहरूले संरा अमेरिकी साम्राज्यवादसँगै जातीय र रङ्गभेदविरोधी सङ्घर्ष अघि बढाएको इतिहास छ । लेखक तनोभ लेख्नुहुन्छ, “साम्राज्यवाद र जातिवाद नछुट्टिएका अर्थात् जोडिएका विषय हुन् ।” त्यसकारण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन विश्व साम्राज्यवादसँगै जातिवाद, फासीवादविरुद्ध पनि केन्द्रित छ । दुई सय वर्षको इतिहासमा अमेरिकी कम्युनिस्ट पार्टीले नै मात्र जातिवाद र अमेरिकी फासीवादको निरन्तर विरोध ग¥यो । अमेरिकाको आर्थिक समृद्धिमा काला जातिको योगदानबारे चर्चा ग¥यो । दासताबाट मुक्तिसँगै जातीय दमन र विभेदको चक्रब्युहमा परेका काला जाति कहिल्यै नटुङ्गिने स्वतन्त्रता आन्दोलनमा अथक हिँडिरहेका छन् । मानव हुनुको गौरव बाँच्न नदिने राज्यविरुद्ध आप्mनो पढाइ, काम र मामको निम्ति काला जातिका गरिब जनता सङ्घर्ष गर्दै छन् । काला जातिको स्वतन्त्रता र हकअधिकार गोरा जातिको मुट्ठीमा रहेको तथ्य विरुद्ध सङ्घर्षको विकल्प होला ?
काला जातिमाथि दासत्व र जातीय विभेदको लामो इतिहाससँगै दमन र विभेदविरुद्ध सङ्घर्षका श्रृङ्खलाहरूलाई पुस्तकले समेटेको छ । संरा अमेरिकामा जातीय भेदका कारण सिर्जित राजनीतिक, आर्थिक, नैतिक, कानुनी र नागरिक समस्याहरू उजिल्याएको छ । काला जातिका आन्दोलनहरूमा विभिन्न क्रान्ति र युद्धहरूको प्रभावबारे प्रस्ट्याएको छ । जातीय विभेदबाट मुक्ति आन्दोलन समाजवादी आन्दोलनसँग नजोडिएसम्म न त अमेरिकी एकाधिकार पुँजीको शोषण अन्त्य हुनेछ न त जातीय विभेद या दमन खत्तम हुनेछ । यो सन्देश पुस्तकबाट मिल्छ ।
पुस्तकले काला जातिको युद्धपछिका आन्दोलनको मात्र सवाल उठाएको छैन बरु प्रजातान्त्रिक सङ्घर्षहरूमा काला जातिको सहभागिता सँगै जातीय विभेदविरुद्ध बलियो आवाज दिएको अनुभव हुन्छ ।
पाँच वटा अध्यायसहितको यस पुस्तकमा औपनिवेशिक समयावधिको राम्रो चर्चा छ । अमेरिकी स्वतन्त्रता आन्दोलनदेखि विश्व फासीवादविरोधी सङ्घर्ष र ती सङ्घर्षहरूमा काला जातिको सहभागिता र सङ्घर्षको इतिहास पुस्तकमा छ । काला जातिले नै संरा अमेरिका निर्माणमा ठूलो योगदान गरेको थियो । तर आजसम्म ती नै संरा अमेरिकी शासकवर्गको दलनमा छन् । संरा अमेरिकामा काला जातिको अवस्था देखेर लेनिनले भन्नुभएको थियो, “काला जातिको दुर्दशाका निम्ति तिमीलाई धिक्कार छ अमेरिका ।”
प्रजातन्त्र, न्याय, स्वतन्त्रता, मुक्ति, समानता र अधिकारबाट वञ्चित अफ्रिकी अमेरिकी र काला जातिले आप्mनो आन्दोलन वर्गसङ्घर्षसँग जोड्नुपर्ने तर्क पुस्तकमा छ । त्यति मात्र होइन गोरा जातिको सर्वोच्चता या प्रभुत्वविरुद्ध साम्राज्यवादविरोधी सङ्घर्ष जरुरी छ । संरा अमेरिकाभित्र र बाहिर बर्बरता अन्त्यका लागि साम्राज्यवादविरोधी सङ्घर्ष अनिवार्य छ । अन्यथा भेद, अत्याचार, दमन संरा अमेरिकाभित्र त अन्त्य हुँदैन बाहिरको विश्व पनि प्रभावित बनिरहनेछ । पुस्तकको सन्देश यही नै हो ।
Leave a Reply