महान् नेता किम इल सङको स्मृति दिवस (८–जुलाई)
- असार २४, २०८३
सन्दर्भः ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.
नेपाल सरकारले देशभर सञ्चालनमा रहेका यातायात सङ्घ, संस्था र समितिहरूलाई स्वतः कम्पनीमा रुपान्तरण गर्नुपर्ने घोषणा गरेपछि साविकको भक्तपुर मिनिबस सेवा समितिले २०७६ वैशाख १३ गते आफ्नो विशेष साधारणसभा सम्पन्न गरी कम्पनी ऐन २०६३ बमोजिम भक्तपुर मिनीबस सेवा समितिलाई प्रा.लि.मा दर्ता गर्ने निर्णय ग¥यो । त्यसपछि २०७६ असार २८ गते भएको साविक समितिका सम्पूर्ण सदस्यहरू (उपस्थिति सङ्ख्या ३३५) को भेलाले सम्पूर्ण सदस्यहरूको कम्पनीमा नाम समावेश गर्ने जिम्मा ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.लाई दिने निर्णय ग¥यो । सोही भेलाले ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.मा हालसम्म रहेका सम्पूर्ण व्यवसायी सदस्य (सवारी दर्ता किताबमा नाम समावेश भएका र नभएका) हरूको समान हक, अधिकार कायम हुने निर्णय ग¥यो । सदस्यहरूले नियमितरूपमा ख्वप मिनिबस यातायात प्रा.लि.लाई सेवा सुविधाबापत मासिक शुल्क रू. ११,०००।– (एघार हजार रूपैयाँ) बुझाउँदै आएका छन् ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को २०७९ माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी रजिस्टारको कार्यालयमा नाम उल्लेख भएका १०१ जना र कम्पनीलाई नियमित शुल्क बुझाउँदै आएका २९५ जना सदस्यहरूलाई समेत मतदान गर्न दिने निर्णय ग¥यो । उम्मेदवारको हकमा कम्पनी रजिष्टार्ड कार्यालयमा नाम सूचिकृत भएका १०१ जना सदस्यमध्येबाट मात्र उम्मेदवारी दिन पाउने निर्णय भयो । सो निर्णयअनुसार २०७९।०४।२१ गते साधारणसभा भयो । तर, उक्त साधारणसभामा विवाद भई नयाँ सञ्चालक समितिको निर्वाचन हुन सकेन । २०७९ माघ ९ गतेको बैठकमा असहमतिका कुराहरूलाई सम्बोधन गरी २०७९।१०।२३ गते सञ्चालक समितिको निर्वाचन गर्ने निर्णय भयो ।
तत्पश्चात् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर (प्रमुख निर्वाचन अघिकृत) ले कम्पनीका कानुनी सल्लाहकार अधिवक्ता किरण न्यौपानेलाई निर्वाचन अधिकृत नियुक्ति गर्नुभयो । निर्वाचन अधिकृत न्यौपानेले मिति २०७९।१०।१८ गते निर्वाचन कार्यक्रम प्रकाशित गरी २०७९ माघ २३ गते निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनबाट ज्ञानेन्द्र महर्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति विधिवत गठन भयो । ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.लाई डुबाउन गर्न लागेका केही व्यक्तिहरूले कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा २०७९।१०।२४ गते साधारणसभाको निर्णय स्थगन गर्ने मागसहित उजुरी हाल्न लगाए ।
नवनिर्वाचित सञ्चालक समितिलाई तत्कालीन सञ्चालक समितिले २०७९।११।०५ गते विधिवत पदभार हस्तान्तरण ग¥यो । नयाँ समितिले २०७९।११।१५ गते कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौँलाई कार्यभार सम्हाल्दै आएको जानकारी दियो ।
साविक मिनिबस सेवा समिति कम्पनीमा दर्ता भइसकेपछि प्रारम्भिक साधारणसभा र प्रत्येक वर्ष साधारणसभा गर्नैपर्ने कानुनी बन्दोबस्त छ । पुरानो समितिले वर्ष वर्षमा गर्नुपर्ने साधारणसभासमेत नगरी कानुनको उल्लङ्घन गरेको थियो । कम्पनी रजिस्टार महेश वरालले कानुनको उल्लङ्घन गर्ने पुरानो समितिकै पक्षमा निर्णय गरेर विधिवत निर्वाचित समितिलाई रोक्नु जनमतलाई अस्वीकार गर्नु हो ।
कम्पनी रजिस्टार वरालले हारेकाहरूलाई ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को नक्कली छाप, लेटर हेड, होडिङ बोर्डसमेत बनाउन लगाई गैरकानुनीरूपमा अर्को कार्यालय सञ्चालन गर्न लगाए । निर्वाचित समितिले २०७९।१२।३० गते गैरकानुनी काम गरेकाहरूविरुद्ध कम्पनी रजिष्ट्रार कार्यालय, न्यायिक समिति, भक्तपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उजुरी दियो । निर्वाचनमार्फत नयाँ समितिलाई पद हस्तान्तरण गरिसकेपछि पुरानो समितिले नक्कली छाप, लेटरहेड बनाई किर्ते गर्नु अख्तियार दुरुपयोग र सजायको भागिदार भएको निर्वाचित समिति र सदस्यहरूको मत छ । तर, कम्पनी रजिष्टार वरालले भ्रष्टहरूको संरक्षण गरिरहे । ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.का सम्पूर्ण सदस्य र साविकको भक्तपुर मिनिबस सेवा समितिका सदस्यहरूसमेतको नयाँ सञ्चालक समितिप्रति विश्वास रहेको छ ।
भक्तपुर नगरपालिकाको न्यायिक समितिले २०८०।०२।२१ गते ज्ञानेन्द्र महर्जनको अध्यक्षतामा निर्वाचित नयाँ सञ्चालक समितिकै पक्षमा निर्णय ग¥यो । भक्तपुर नगरपालिकाले मिति २०८०।०२।२५ गते च.नं. २७९५ को पत्रबाट ‘निर्वाचन परिणामलाई अन्यथा भन्न नमिल्ने’ रायसहित कम्पनी रजिष्टारको कार्यालयमा फाइल फिर्ता पठाएको अवस्था छ । तर, कम्पनी रजिस्टार वरालले २०८०।०२।२२ गते आर्थिक शुभलाभमा लागेर अख्तियार दुरुपयोग गरी निर्वाचित सञ्चालक समितिविरुद्ध निर्णय गरे । यो निणर्यविरुद्ध निर्वाचित नयाँ सञ्चालक समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँमा उजुरी दर्ता ग¥यो । ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को भक्तपुर–काठमाडौँमा जनताको सेवालाई सुचारु राख्न सम्बन्धित मन्त्रालय र अख्तियारले ज्ञानेन्द्र महर्जनको अध्यक्षतामा निर्वाचित समितिलाई मान्यता दिनु जरुरी छ ।
हाल मिनिबस सेवाको सम्पूर्ण व्यवस्थापन नयाँ समितिबाटै भइरहेको छ । यसलाई रोक्ने स्थिति छैन । निर्वाचन हारेपछि निर्वाचन उल्टाउन निवेदन दिने र त्यसलाई सदर गर्ने कम्पनी रजिष्टार वराललाई हदैसम्मको कारबाही हुनु जरुरी छ । भक्तपुरको यातायात सेवामा विवाद उठ्ने काम गरेका कम्पनी रजिष्टार वरालदेखि सम्पूर्ण जनता सचेत हुनु जरुरी छ । कम्पनीमा विवाद गराउने रजिष्टार वरालको कारण मिनिवस व्यवसायीहरूको पुँजी डुब्ने स्थिति पनि आउन सक्नेछ । किनभने, मिनिबस कम्पनीमा विवाद भएपछि यो सेवाप्रति जनताको वितृष्णा पैदा हुनेछ भने अन्य यातायात सेवा कम्पनीले टाउको उठाउने सम्भावना पनि छ ।
Leave a Reply