प्रथम नगर प्रमुख साँय्जुको निधनमा श्रद्धाञ्जली व्यक्त
- असार २४, २०८३
भक्तपुर, १४ असार । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडा पिचिङ’ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग अनुसन्धान कार्यका सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशील व्यवसायी सुरु गर्न नेपालमा भइरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यमोहन प्रजापतिले सहभागी विद्यार्थी तथा शिक्षकशिक्षिकाले प्रस्तुत गरेका योजनाहरू लघु उद्योग र घरेलु उद्योगमा राम्रो सम्भावना भएको र विद्यार्थीहरूले धेरै उद्यामशीलतासम्बन्धी अध्ययन गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
विद्यार्थीहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गरिएको उक्त विश्वविद्यालय अनुदान आयोगअन्तर्गत उद्यमशीलता सहयोग कार्यक्रममा वागीश्वरी कलेजसमेत गरी १८ वटा कलेज छनोट भएको थियो ।
विश्वविद्यालय अनुदान आयोगले उद्यमशील सहयोग कार्यक्रम मातहतमा सानो उद्यमीलाई ५ लाख, मझौला उद्यमीलाई २० लाख तथा ठूलो उद्यमीलाई ४० लाख रूपैयाँसम्मको बीउ पुँजी प्रदान गरिने घोषणा गरेको थियो ।
साथै ‘आइडा पिचिङ’ कार्यक्रममा सहभागिताहरूको योजना छनोटका निर्णायकहरूमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य सत्यनारायण प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिकातर्फका प्रतिनिधि रामसुन्दर सुजखु, स्रोतव्यक्ति जस्मिन कर्माचार्य तथा वागीश्वरी कलेजका उपप्राध्यापक नविन प्रजापति रहनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply