भर्खरै :

के यो सत्य हो ?

भारतीय विस्तारवादको हस्तक्षेप कि शासक दलका नेताहरूको आत्मसमर्पण ?
विसं २०६७ को माघमा काङ्ग्रेसको बा¥हौँ महाधिवेशन हुँदै थियो, सभापतिका उम्मेदवार बनेका थिए– सुशील कोइराला र शेरबहादुर देउवा । भारतीय राजदूत राकेश सुद र ‘रअ’ का स्टेसन प्रमुख प्रभातकुमार सिंहले देउवालाई सभापति बनाइदिने राम्रै आडभरोसा दिलाएका थिए ।
राष्ट्रपति यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र भारतीय राजदूत राकेश सुदसँग कुराकानी गर्दा उनीहरूले शेरबहादुर देउवा नै उपयुक्त पात्र भएको बताएपछि यादव र सुशीलको चिन्ता थपिएको थियो ।
राष्ट्रपति यादवले एक साँझ (काङ्ग्रेस महाधिवेशनको उद्घाटन सत्र सुरू हुनुभन्दा तीन दिनअघि) एक रात्रिभोज शितलनिवासमा राखे । भोजमा सुशील कोइराला, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र डा. अमरेशकुमार सिंहलाई निम्ता दिइएको थियो ।
राष्ट्रपति यादवको उपस्थितिमै शीतलनिवासमा केहीबेर आपसी छलफल चलेपछि त्यहीँबाट प्रणव मुखर्जी र ‘रअ’ प्रमुख आलोक जोशीलाई यादवले टेलिफोन सम्पर्क गरे । त्यसपछि भारतीय संस्थापनको सर्त स्वीकार गर्न सुशील कोइराला मन्जुर भए । सुशीलको जमानी डा. रामवरण यादव, डा. शेखर कोइराला र डा. अमरेशकुमार सिंह बस्ने भए ।
टेलिफोन संवादको क्रममा सुशील कोइरालाले प्रणव मुखर्जीसँग आर्थिक सहयोग मागेका थिए । नयाँ दिल्लीले अमरेश सिंहलाई मात्र पठाउनु भनेकोले महाधिवेशनको उद्घाटन सत्रकै दिन बिहान सिंह दिल्लीतर्फ उडे । नयाँ दिल्लीमा कुरा भएपछि सुशील कोइरालालाई रामै्र रकम (यहाँ उल्लेख गर्न उचित नभएको) उपलब्ध गराउने निधो भयो ।
बैङ्कमार्फत त्यस्तो रकम आउन सम्भव भएन । त्यसैले, कृष्णप्रसाद सिटौलासँग टेलिफोन गरेर रकम हुण्डीमार्फत प्राप्त गर्ने प्रबन्ध मिलाइयो । अमरेश दिल्लीबाट नेपाल फर्किए र सिटौलाले आफ्नो नजिकको व्यापारी (झापामा सुपारी र रक्तचन्दन व्यापारीको रूपमा नाम बनाएका) को नाम दिएका थिए । तिनै व्यापारीसँग अनामनगरमा भेटी अमरेशले (….करोड) रकम लिएर महाराजगञ्जस्थित सुशील कोइरालासमक्ष पु¥याइदिएका थिए । तर, रकम ठूलो भएको हुँदा आफूकहाँ राख्नु सुशीलले उचित ठानेनन् र चोरी हुनसक्ने रकमसहित अमरेशलाई राष्ट्रपति यादवको निवासस्थान शीतलनिवासमा पठाइदिए । रामवरणकहाँ पैसा लिएर अमरेश पुग्दा कृष्ण सिटौला त्यहाँ पुिगसकेका थिए । नगदको झोला खोलेर सिटौलाले तत्काल सत्तरी लाख रूपैयाँ आफ्नो झोलामा राखे र शीतलनिवासबाट बाहिर निस्किए । बा¥हौँ महाधिवेशनमा आवश्यक खर्च भएर पनि ठूलो रकम उब्रिएको थियो, तर उक्त रकम रामवरण यादव, सुशील कोइराला र कृष्ण सिटौलाले कसरी ‘सदुपयोग’ गरे त्यसबारे कसैलाई पनि जानकारी हुन सकेको छैन ।
तुषानल, नेपाली राजनीतिको अन्तर्य, २०७९ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *