कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १६ असार । भनपा ६ नं. वडा कार्यालयको आयोजनामा वडा नं. ६ देकोचास्थित दुब्येंकेगु फल्चा (पाटी) पुनःनिर्माणको शिलान्यास, चारदिने प्राङ्गारिक कृषि तालिम तथा दुईदिने कौसी खेती तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त शिलान्यास तथा प्रमाणपत्र वितरण कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति कला र संस्कृतिलाई आत्मसात गर्दै सम्पदा पुनःनिर्माण गर्न, ज्ञान विज्ञानको केन्द्र बनाउन भक्तपुर नगरपालिका अगाडि बढिरहेको चर्चा गर्नुभयो । कला र संस्कृति पनि विज्ञानसँग जोडेको उल्लेख गर्दै उहाँले नगरवासी तथा जनप्रतिनिधिहरूको अथक प्रयास र मेहनतले भक्तपुर नगरपालिकाको कार्यको सही मूल्याङ्कन भइरहेको छ भन्नुभयो ।
ख्वप विश्वविद्यालय स्वीकृति लिन निरन्तर सङ्घर्ष गरिरहने उल्लेख गर्दै उहाँले ख्वप अस्पताललाई थप उपचार सुविधा सम्पन्न गर्दै लाने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमका सभापति एवम् वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नगरवासीहरूको साथ र सहयोगले भक्तपुर नगरपालिकाको विभिन्न विकास निर्माण कार्यहरू अघि बढिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले विदेशीको बीउ सँगसँगै विभिन्न नयाँ रोगहरूसमेत भित्रिने सम्भावना रहेको उल्लेख गर्दै स्वदेशी बीउबिजनको जगेर्ना गर्न सरकारले बजेटको व्यवस्था नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले स्थानीय विशेषज्ञहरूलाई प्रोत्साहित गरी बजेट व्यवस्था गर्नुपर्छ भन्नुभयो । हाल भक्तपुर नगरापलिकामार्फत वडा वडामा कृषि गणक घरदैलो तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै उहाँले सत्य तथ्य विवरण दिनुहुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले बहुसङ्ख्यक कृषकहरू भएको देशमा रासायनिक मलको अभाव हुनुमा सरकार गैरजिम्मेवार रहेको बताउनुभयो । विदेशीलाई नागरिकता दिने नागरिकता विधेयक खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश र जनताको सेवा गर्नु नेपाल मजदुर किसान पार्टीको उद्देश्य रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा समाजसेवी गोपीकृष्ण चाँगुभारी र वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply