साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
भक्तपुर, २१ असार । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक दिल्ली पुग्नुभएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ फिर्ता भए पनि साँचो अर्थमा देश स्वाभिमान हुनेछैन भन्नुभयो ।
सचिव सुवालले आजसम्म राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएकाहरूले आ–आफूलाई कुन कुन विदेशीले पदमा पु¥याएको हो, सत्य बोल्नु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “विदेशी जासुसी संस्थाहरूले २०१५ सालको संसदीय चुनावदेखि नै शासक दलहरूलाई आवश्यक रकम पठाएको र कतिपय शासक दलको महाधिवेशनको लागि समेत रकम पठाएको सार्वजनिक भइरहेको छ । सरकार बचाउन र ढाल्न शासक दलहरूले सांसद खरिद बिक्री गर्ने, अपहरण गर्ने र सांसदहरूलाई होटलमा थुनेर सुरासुन्दरीको फिल्म देखाएको पनि सार्वजनिक भएको हो ।”
नक्कली भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, एनसेलको कर छलीमा पनि शासक दलका नेताहरूको संलग्नता सार्वजनिक भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयकमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ संसद्को स्वीकृतिबिना प्रमाणीकरण भएको देशको हितमा छैन ।”
उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवाल, विष्णुराम दुमरू, पुण्यराम न्हुछे, बिक्रम ढुकुछु, रमेश दुमरूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply