ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले बिहीबार एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक ग¥यो । परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको लागि उच्च शिक्षा खोल्ने ढोका खुलेको छ । नतिजा आउनुअघि अन्य विभिन्न तालिममा रहेका, कोर्स बुक पढिरहेका विद्यार्थीहरू अहिले कुन विषय लिएर कुन कलेज या क्याम्पस पढ्नेतर्फ शिक्षक, अभिभावक र साथीहरूसँग छलफलमा जुट्दै छन् । नतिजामा प्राप्त गरेको अङ्कको आधारमा मात्र विषय चयन गर्नु उपयुक्त नहुने शिक्षाविद्हरूको भनाइ छ । विद्यार्थीको क्षमता, रूचि, घरको आर्थिक स्थितिको आधारमा अध्ययन गर्नुपर्ने शिक्षकहरूको भनाइ रहेको छ ।
देशको लागि ठूलो जनशक्तिको आवश्यकता छ । देशको लागि डाक्टर, इन्जिनियरमात्र होइन पाइलट, राजनीतिज्ञ, अर्थविद्, भूगोलविद्, इतिहासकार, संस्कृतिविद्, माटोविद्, वातावरणविद्, वैज्ञानिक, साहित्यकार, चित्रकार, मूर्तिकार, सङ्गीतकार, बाजागाजा, नाचगान आदिको आवश्यकता हुन्छ । कानुनविद्, पत्रकार र कलाकारको आवश्यकता हुन्छ । यसरी देशको लागि चाहिने जनशक्ति तय गर्न विद्यार्थीले विभिन्न विषय लिएर अध्ययन गर्नुपर्ने हुन्छ ।
देशमा जनशक्ति उत्पादन गरेरमात्र पुग्दैन । उनीहरूले काम पाउनुपर्छ । काम पाउन विज्ञान र प्रविधिको विकास गर्नुपर्छ । देशको माटो, हावापानी, प्राकृतिक स्रोत र साधनको आधारमा विभिन्न उद्योगहरू खोल्नुपर्छ । तयार भएको जनशक्ति आफ्नै देशको निम्ति उपयोग गर्नुपर्छ । आफ्नो श्रम, समय, सीप, अनुभव आफ्नै देशको निम्ति खर्चिनुपर्छ । विदेश पसेर त्यहाँ अध्ययन गरेर सिकेका कुरा आफ्नै भूमिमा प्रयोग गर्नुपर्छ । कुनै पनि नेपालीलाई आफ्नो देशभन्दा अरू देश प्रिय हुँदैन । विदेशमा ऐøयासी जीवन बिताएर नेपाली भूमि र नेपाल आमालाई लात मार्ने या भुल्ने काम गर्नु उचित होइन ।
आफूले आर्जन गरेको ज्ञान र सीप विदेश र विदेशीको स्वार्थ पूरा गर्न प्रयोग गर्ने होइन । जनशक्तिको सही उपयोग भएन भने त्यसले विदेशीको सेवा हुन जानेछ । अध्ययनमा जोड दिएर ज्ञान गुणमात्रै सिक्ने होइन । हरेक नागरिकमा देश र जनताको माया हुनुपर्छ; हरेक नागरिक देशभक्त हुनुपर्छ; इमानदार हुनुपर्छ । आफ्नो पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ ध्यान दिनु हुँदैन । देश र जनताप्रति समर्पित भएर, देश र जनताको जिम्मेवारी बोध भएर काम गरेमा आफ्नो मात्र होइन देश र जनताको निम्ति फाइदा हुन्छ । हाम्रो चिन्तन र दृष्टिकोण फराकिलो हुनुपर्छ । कुनै पनि विदेशी हस्तक्षेप, अतिक्रमणको विरोध गर्नुपर्छ । उत्तीर्ण सबै एसईईका विद्यार्थीहरूमा बधाई छ । आगामी दिनमा पनि सफलताको कामना छ ।
Leave a Reply