ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
भक्तपुर, २३ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसद सुवालले देशभक्त नागरिक तयार गर्ने कार्यमा शिक्षकहरूको महत्वपूर्ण हात रहने चर्चा गर्दै भन्नुभयो, “देशमा युवा जनशक्ति विदेश पलायन तिव्रगतिले भइरहेको छ† देशभित्रै उत्पादन र रोजगारी दिएर त्यसलाई रोक्न नसकेसम्म देश उँभो लाग्ने स्थिति नै छैन ।”
उहाँले नयाँ पुस्ता योग्य बनाउन शिक्षक पहिले योग्य हुनुपर्ने बताउनुभयो ।
नयाँ पुस्तामा देशभक्ति भाव जगाउने काममा राज्य वा सरकार नलागे पनि हामी शिक्षकले आफ्नो कर्तव्य सम्झेर गर्न आवश्यक छ भन्दै उहाँले सरकारमा गएका मन्त्री प्रधानमन्त्रीहरू भ्रष्टाचार र देशघाती जस्ता अनेक कामले गर्दा अहिले नूर गिरेको अवस्था छ† यस्ता शासकहरूले शासन गरेसम्म देशले दुःख पाउने नै छ भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पुस्तकमा लेखकले ‘च्यो’ र ‘च्यामाखल’ को चर्चा गरेको सन्दर्भमा सामन्तवादी समाजमा मानिसको बस्तीसमेत जातको आधारमा बसाइको दृष्टान्त भक्तपुर सहर नै छ भन्दै भक्तपुरको मूल बजार लाइनमा मध्यम वर्ग, गल्ली गल्लीमा किसानहरू र कसाही पोडेहरूलाई बस्तीको छेउछेउ वा बाहिरी भागमा बसाइएको देखिन्छ जबकि लाय्कुको वरिपरि राजोपाध्याय, अमात्य, धौभडेल जाति बसाइएको पाइन्छ भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा शिक्षकहरू घनश्याम खड्का, सुनिता घटुवा, हरिप्रसाद ढकाल, राजन लाखा, राकेश सुकुपायो, केपी छुस्याकी र सुभद्रा लघुले पुस्तकका फरक फरक शीर्षकका बारेमा आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको थियो ।
Leave a Reply