जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ विशेषताको समाजवाद नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका छन् । बुधबार चीनको राजधानी पेइचिङमा शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘हामी सबै आदिबासी समुदायका चिनियाँ जनतालाई संगठित गरी सबैलाई सबै हिसाबले मध्यम स्तरमा समृद्ध समाज निर्माणको विजयतर्फ लानेछौं । नयाँ युगको लागि चिनियाँ विशेषता सहितको समाजवादको सफलता सुनिश्चित गर्न हामी अझ अग्रसर हुनेछौं ।’, आफ्नो मन्तव्यमा सीले भने ।
‘चीन अझै पनि विकासको कार्यनीतिक अवसरको महत्वपूर्ण समयावधिमा छ । हाम्रो सम्भावना उज्यालो छ र चुनौती पनि त्यत्ति नै निर्मम छन् ।’उनले भने ।
सीले ‘सबै हिसाबले मध्यमस्तरमा समृद्ध समाज निर्माणमा शानदार विजय हासिल गरौं र नयाँ युगको लागि चिनियाँ विशेषताको समाजको महान् सफलताको लागि अघि बढौं ।’ शीर्षकको भाषण गरेका थिए ।
सीले आफ्नो मन्तव्यमा चिनियाँ कम्युनिष्टहरुको मुख्य भावना र लक्ष्य भनेको चिनियाँ जनताको खुशियाली र चिनियाँ राष्ट्रको पुनर्जागरण भएको धारणा राखेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको चालु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित हुनेछ । नेतृत्व छनौटको लागि बहुउम्मेद्वारी प्रतिस्पर्धा चुनाव लागु गरिने बताइएको छ । सम्मेलनमा दुई हजार दुई सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्येक पाँच पाँच वर्षमा महाधिवेशन हुने बन्दोबस्त छ ।
Leave a Reply