भर्खरै :

विद्यार्थी विदेश पढ्न जाँदा कलेज बन्द हुने स्थितिमा

विद्यार्थी विदेश पढ्न जाँदा कलेज बन्द हुने स्थितिमा

भरतपुरका एक निजी कलेजका प्राचार्य भन्दै हुनुहुन्थ्यो, “विद्यार्थी नै छैन, कलेज चलाउन गा¥हो छ । शिक्षक र कर्मचारी पाल्न नै धौधौ छ । विद्यार्थी कम भइदिँदा निजी कलेजहफ् चल्न गा¥हो छ । विदेश पढ्न जाने विद्यार्थी धेरै भयो । यो देशैभरिको समस्या हो ।”
कुनै बेला स्कूल, कलेज चलाएर मालामाल भएका शिक्षा व्यवसायी, शिक्षकहफ् आजभोलि धराशयीको स्थितिमा पुगेको बताउँछन् । विद्यार्थीहफ्को मोह विदेश यात्रामा बढ्न पुग्यो । बा¥ह पास गरेर विद्यार्थीहफ् उच्च शिक्षा सँगसँगै रोजगारी पाउनको निम्ति विदेश यात्रा तय गरेको हामी पाउँछौँ । हिजोआज हाम्रो विद्यालय तहमा नै विद्यार्थीहफ्लाई बा¥ह पास गरेर विदेश जान उत्प्रेरित गर्ने शैक्षिक वातावरण बन्दै आएको कुरा छर्लङ्ग छ । एघार बा¥ह पढाइ हुने विद्यालय, निजी कलेजहफ् कन्सल्टेन्सी र एजेन्सीकँै फ्प लिन थालिसकेको शिक्षक बुद्धिजीवीहफ्को बुझाइ छ । विद्यालय तहदेखि नै बा¥ह कक्षा सकेर विदेश पढ्न जाने मानसिकता जगाउन शिक्षक स्वयं लागिपर्छन् । पाठ्यक्रम र विषयवस्तुको उद्देश्य नै विदेश निर्देशित भएपश्चात् कलेज, क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको खडेरी पर्नु स्वाभाविक हो । ०७८÷७९ मा १ लाख २१ हजार विद्यार्थीले विदेश अध्ययन गर्न जाने अनुमति लिएको आँकडा बाहिरियो । विद्यार्थी सँगसँगै अर्बौँ फ्पैयाँ बाहिर गयो । दक्ष युवाहफ् पलायन भए । यसबाट हरेक हिसाबले देशलाई नोक्सान हुन्छ ।
देश र समाजको भन्दा पनि लगानी डुब्ला भन्ने डरले उतिबेला कसरी हुन्छ विद्यार्थीलाई आकर्षित गर्नेतर्फ शिक्षक उद्यमीहफ् लागिपरे । आफ्नो विद्यालयमा अध्ययन गरे विद्यार्थीले विदेश पढ्न जान छिटो नाम निकाल्न सक्ने, सजिलो हुने भनी निजी विद्यालयहफ् अस्वस्थ प्रतिस्पर्धा गर्न पछि पर्दैनथे । कलेज पैसा कमाउनकै लागि विद्यार्थी आकर्षण गराउन जस्तोसुकै हर्कत गर्न पछि नपर्ने शिक्षक उद्यमीहफ् अहिले भने कलेज पढ्ने विद्यार्थी नहुँदा चिन्तित बन्न थालेका हुन् । राजनैतिक र शैक्षिक नीति नसुिध्रने हो भने भोलिको दिन थप जटिल अवस्था आउन सक्ने सचेत बुद्धिजीवीहफ्को भनाइ छ । शिक्षित युवा पुस्ता विदेश पलायन हुँदा उत्पादनमा ¥हास आउँछ । पढाइको लागि पनि अर्बौँ फ्पयाँ पैसा बाहिरिनेछ । स्वदेशमै उत्पादन नहुँदा वस्तु तथा सेवा उपभोगमा परनिर्भर बन्नुपर्नेछ । व्यापार घाटाले देश सकङ्टमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *