काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
एसईईको पुनर्याेगका लागि साउन ५ गतेसम्म समयावधि तोकिएको छ । नतिजाप्रति चित्त नबुझे साविकको एसएलसी परीक्षामा मैले पनि पुनर्याेगका लागि निवेदन दिएको थिएँ । दुई अङ्क वृद्धि भएको थियो । यसबारे निम्न काम गर्नुपर्ने देखिन्छ ।
१) पुनर्याेगका लागि प्रतिविषय पाँच सय रुपियाँ तोकिएको छ । पुनर्याेगपछि कतिपय विद्यार्थीको नतिजा परिवर्तन हुन्छ । जसले चित्त बुझाएनन् तिनको त नतिजा वृद्धि हुँदा राम्रो भयो तर जसले चित्त बुझाए तिनका पनि त नतिजामा परिवर्तन हुनसक्थ्यो । तिनलाई अन्याय हुने नै भयो । यसबाट उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्ममा संलग्नको लापरबाही वा त्रुटि हुने गरेको प्रस्ट हुन्छ । तसर्थ, पुनर्याेगपछि नतिजा परिवर्तन भएका विद्यार्थीसँग लिइएको रकम फिर्ता दिनुपर्ने प्रावधान हुनुपर्दछ । उनका कारण नतिजामा परिवर्तन भएको होइन, उनी दोषी होइनन्, किन उनीसँग पाँच सय रुपियाँ असुलियो ? त्यसैले फिर्ता दिइनुपर्छ । यो राजस्वमा जान्छ, राजस्वमा गइसकेको कुरा फिर्ता दिन कठिन हुन्छ भन्ने तर्कसँग सहमत हुन सकिँदैन । सजिलोसँग लिइयो भने सजिलैसँग फिर्ता दिनुपर्छ । हो, विद्यार्थीका कारण त्रुटि भएको हो भने फिर्ता नगरौँ ।
२) जसका कारण नतिजामा त्रुटि भयो निजलाई नसिहत दिनुपर्छ । परीक्षक, सम्परीक्षक, रुजु गर्ने वा इन्ट्री गर्ने कर्मचारी वा कसको कारण नतिजा गडबड भयो, निजलाई नसिहत दिनुपर्छ । विद्यार्थीको भविष्यसँग जोडिएको कुरा भएकोले सहजै उन्मुक्ति दिने परिपाटी अन्त्य हुनुपर्छ । २०६९ सालमा पनिकाले पुनर्याेगको नतिजालाई लिएर अध्ययन गरेको थियो । त्यो अध्ययनले त्यस वर्ष सबैभन्दा बढी परीक्षकको ६३.३६ प्रतिशत, डिकोडिङ गर्ने व्यक्तिको २८.०४ प्रतिशत, सम्परीक्षकको ७.३६ प्रतिशत, पनिकाको ०.४१ प्रतिशत, विद्यार्थीको ०.४१ प्रतिशत, परीक्षा केन्द्रको ०.१७ प्रतिशत र मिसिङ (खाली) ०.२५ गल्ती औँल्याएको थियो । यसबाट परीक्षकको लापरबाही सबैभन्दा बढी रहेको प्रस्ट हुन्छ । दुःखद पक्ष त के भने त्यो वर्ष गणितका शिक्षकले विद्यार्थीको प्राप्ताङ्क जोड गर्नमा गल्ती गरेको तथ्य फेला परेको थियो । गणितका कस्ता शिक्षक हुन् जसले ढङ्गसँग अङ्क जोड्न सक्दैनन् । यो त लापरबाही नै हो । त्यस्ता परीक्षकलाई कालोसूचीमा राख्नुपर्छ ।
३) पुनर्याेगको नतिजापछि उत्तरपुस्तिकाको प्रतिलिपि पाउने व्यवस्था छ । विद्यार्थीले लिने गरेका पनि छन् । धेरैभन्दा धेरै विद्यार्थीले यो अधिकार प्रयोग गर्न सकून् । उत्तरपुस्तिकाको प्रतिलिपि दिँदा परीक्षकको नाम पनि खुलाउनुपर्ने वा सम्बन्धित परीक्षकलाई पनि उपस्थित गराउनुपर्ने व्यवस्था गरौँ । यसो हुँदा उत्तरपुस्तिकाको प्रतिलिपि पाउने भएपछि आफ्नो बेइज्जत हुनेछ भन्ने ठानेर परीक्षकले जिम्मेवार ढङ्गले परीक्षण गर्ने थिए ।
४) राष्ट्रिय परीक्षा बोर्डले यसपटक पनि पुनर्याेगको नतिजा आइसकेपछि अध्ययन गरोस् । समस्या कसका कारण भएको हो पत्ता लगाओस् । लापरबाही गर्नेलाई कालोसूचीमा राखोस् । त्यसो हुनसक्दा मात्र आगामी वर्षमा विद्यार्थीले न्याय पाउने थिए । होइन भने पुनर्याेगका लागि आवेदन नदिएका तर अङ्क प्रदानमा त्रुटि भएका हजारौँ विद्यार्थीमाथि सरासर अन्याय हुनेछ ।
Leave a Reply