भर्खरै :

वाग्मती प्रदेश सरकारको बजेटमा नेमकिपाको सैद्धान्तिक विरोध

वाग्मती प्रदेश सरकारको बजेटमा नेमकिपाको सैद्धान्तिक विरोध

यो बजेटमा हाम्रो सैद्धान्तिक विमति हो । नेपाल मजदुर किसान पार्टी यो बजेटको सैद्धान्तिकफ्पमा विरोध गर्छ । यो बजेटले तल्लोवर्गको हक र हितमा बोल्न सक्दैन । काम गर्न सक्दैन । त्यसकारण, हाम्रो सैद्धान्तिक विरोध छ ।
यहाँ धेरै कुरा उठिसकेका छन् । एउटा नार्सियाली रोग छ । त्यो रोगले ग्रस्त भएपछि मानिस अत्यन्त मख्ख परिरहन्छ । बजेट हे¥यो मख्ख प¥यो । बजेट हे¥यो मख्ख प¥यो । त्यो एक खालको समस्या हो, रोग हो । त्यो रोगबाट मुक्त भएर अगाडि बढ्न सकेको खण्डमा प्रदेशवासीको हित हुनेछ । त्यसो गर्न सफलता मिलोस् भन्ने हाम्रो कामना छ ।
एउटा सानो र छोटो कथा याद आयो । एकचोटि कालीदास घुम्दै जान्छ । घुम्दै जाँदा उसलाई प्यास लागेर ऊ एकजना महिलाको घर पुग्छ । उसले पानी माग्छ ।
महिलाले “को हो ?” भनी प्रश्न गर्दा कालीदासले जवाफ दियो — “म यात्री हुँ ।”
अहँ, तिमी यात्री हुन सक्दैनौ । यो संसारमा यात्री दुई मात्र छन्ः चन्द्रमा र सूर्य । तिमी को हौ, बताऊ । महिलाले भनिन् । “भन, को हौ ?”
“म पाहुना हुँ ।”
“होइन, पाहुना पनि होइनौ ।” “संसारमा पाहुना दुई मात्र छन् । धन र यौवन । आउँछ, तुरुन्तै जान्छ । होइन । तिमी को हौ बताऊ ¤”
“म सहनशीलता हुँ ।”
“होइन, तिमी सहनशीलता पनि होइनौ । सहनशीलता कोही छ भने केवल धर्ती र रुख । त्योबाहेक अफ् कोही पनि सहनशील छैन । होइन को हौ बताऊ !”
“म हट्ठी हुँ ।”
“होइन, हट्ठी पनि होइनौ । हट्ठी त दुइटा मात्र छन्ः नङ र केश । जति काट, उति बढ्छ । तिमी को हौ वास्तविकता बताऊ ।”
“म मूर्ख हुँ ।”
“तिमी मूर्ख पनि होइनौ । मूर्ख त दुईमात्र हुन्छन् । पहिलो, शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्छ । दोस्रो, उसका सल्लाहकार र समर्थक जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिइदिइकन सिद्ध गर्न खोज्दछ ।”
हाम्रो सैद्धान्तिक विमति जाहेर गर्छु ।
स्वास्थ्य, भौतिक, सामाजिक र मुख्यमन्त्री कार्यालय गरी ४ वटा मन्त्रालयमा हामीले १ फ्पैयाँ कायम गरियोस् भनेर खर्च कटौती प्रस्ताव राखेका हौँ । भर्खरै मैले उल्लेख गरेको कथाको मूर्ख हामी बन्न चाहँदैनौँ । त्यसकारण, हाम्रो सैद्धान्तिक विमति जाहेर गर्ने म घोषणा गर्दछु ।
(वाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमा खर्च कटौती प्रस्तावमाथि असार २१ गते भएको छलफलमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचार)
अर्थमन्त्रीलाई पूरक प्रश्न
अर्थमन्त्रीज्यू, यो बजेटमा भक्तपुर नगरपालिका र अन्य केही पालिकाहफ्मा समपुरक, सशर्त तथा विशेष अनुदान गएको छुटेको हो ? त्यसको विषयमा प्रस्ट पार्नुहुन अनुरोध गर्छु ।
(जवाफमा अर्थमन्त्री बहादुर सिं लामा तामाङले भक्तपुर नगरपालिकालाई पठाउन छुटेको हो, आवश्यक प्रक्रिया पूरा गरी पठाउने बन्दोबस्त मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *