भर्खरै :

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश

काठमाडौँ, २८ असार (रासस) । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू ।”
अदालतले आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिनु र यसपछिको सुनुवाइका लागि नियमानुसार पेस गर्नु भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *