भर्खरै :

शरद्को बाली काट्ने विद्रोह

शरद्को बाली काट्ने विद्रोह

१९२७ को ऐतिहासिक शरद्को बाली काट्ने विद्रोह चिनियाँ क्रान्तिको इतिहासमा हेरफेर ल्याउने एक बिन्दु थियो । १९२७ को अप्रिल र जुलाईमा च्याङ काई – सेकले प्रतिनिधित्व गरेको कोमिनताङ दक्षिणपन्थीहरूले क्रान्तिलाई धोखा दिए र चिनियाँ कम्युनिस्ट पार्टी र क्रान्तिकारी जनतामाथि अचानक आक्रमण गरे । क्रान्तिकारी शक्तिलाई ठूल्ठूलो नोक्सान भयो र क्रान्ति तल झर्न थाल्यो ।
१ अगष्ट १९२७ को दिन, कामरेड चाउ एन लाइ, चु तेह, हो लुङ, येह तिङ र ल्यू–पो–चेङले दक्षिणपन्थी अवसरवादी चाङ कूओ–ताओका बाधाहरूलाई पन्छाएर नानचाङ विद्रोहको योजना गरे । कोमिनताङ प्रतिक्रियावादीहरूमाथि यो पहिलो गोली हनाई थियो । यो क्रान्तिकारी युद्ध र जनसेना निर्माणलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वतन्त्रतापूर्वक नेतृत्व गर्ने एक अवधिको सुरुवातको घोषणा थियो ।
७ अगष्ट १९२७ को दिन पार्टी केन्द्रीय समितिले हान्कोमा एक जरुरी बैठक बोलायो, जसमा माओ त्सेतुङले एक अत्यन्त महत्वपूर्ण भाषण दिनुभयो । पार्टीको सही नीतिलाई प्रतिनिधित्व गरेको त्यस भाषणले चेन तु स्यूको दक्षिणपन्थी आत्मसमर्पणवादी नीतिमाथि चर्को प्रहार गर्यो र महान् क्रान्तिको हारका मुख्य मुख्य कारणहरूलाई एक एक गरेर देखाइयो । त्यसले ‘राजनैतिक सत्ता बन्दुकको नालबाट उठ्छ’ भन्ने धारणा प्रस्ट अघि सारेको थियो र सशस्त्र सङ्घर्ष गर्न पूरा देशका जनतालाई नेतृत्व गर्न चीनको पार्टीको महत्वपूर्ण स्थितिलाई देखाइदियो । त्यस बैठकले शरद् बाली काट्ने बेलामा विद्रोह सुरु गर्ने निधो गर्यो । त्यस बैठकमा कामरेड माओ त्सेतुङ पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्युरोको वैकल्पिक सदस्य चुनिनुभयो । बैठकपछि उहाँ पार्टी केन्द्रीय समितिको ७ अगष्टको बैठकको निर्देशनलाई व्याख्या गर्न हुनान प्रान्तीय पार्टीलाई फेरि सङ्गठित गर्न र हुनान–क्याइसी सीमा इलाकामा शरद्को बाली काट्ने विद्रोहलाई नेतृत्व गर्न हुनानको विशेष अधिकारीको रूपमा पठाइनुभयो ।
पार्टी केन्द्रीय समितिबाट दिइएको यस महत्वपूर्ण कामलाई लिएर कामरेड माओ त्सेतुङ १९२७ मध्य अगष्टमा चाङसा पुग्नुभयो । १८ अगष्टमा पुनः सङ्गठन गरिएको हुनान प्रान्तीय पार्टी समितिको पहिलो बैठक बस्यो र शरद्को बाली काट्ने विद्रोहको निम्ति योजना बनाइयो । कामरेड माओ त्सेतुङले बैठकमा भन्नुभयो, “विद्रोहले किसानहरूको निम्ति जग्गाको प्रश्नलाई सुल्झाउनुपर्छ, तर विद्रोहलाई सुरु गर्न किसान शक्तिमा मात्र भर परेर पुग्दैन । सैनिक सहायता पनि चाहिन्छ, यसको लागि एक अथवा दुई पल्टन (रेजिमेन्टहरू) ढाडजस्तै चाहिन्छ, नत्र विद्रोह असफल हुनसक्छ, सैनिक कामहरूलाई बेवास्ता गर्नु नै हाम्रो पार्टीको पहिलेका विरामहरूमध्ये हुन् । अहिले हाम्रो मुख्य कोसिस सैनिक सङ्घर्षमा दिनुपर्छ । बन्दुकको माध्यमले राजनैतिक शक्ति कब्जा गर्ने र स्थापना गर्ने गर्नुपर्छ ।”
प्रान्तीय पार्टी समितिले शरद् बाली काट्ने विद्रोहको निम्ति अगुवाइ गर्ने समितिहरू निर्माण गर्यो । कामरेड माओ त्सेतुङ सचिवको रूपमा रहेको, पार्टीको एउटा मोर्चा समिति, अर्को विद्रोहका इलाकाहरूमा स्थानीय पार्टी समितिका अगुवा सदस्यहरू भएको पार्टीको सङ्घर्ष समिति, सबै क्रान्तिकारी सेनाहरू, मजदुरहरू र किसानहरूको सशस्त्र शक्तिहरू विद्रोहमा सामेल हुँदै मजदुर र किसानहरूको क्रान्तिकारी सेनाको पहिलो सेनाको प्रथम भाग (डिभिजन) मा सङ्गठित भए ।
प्रान्तीय पार्टी समितिको स्थायी समितिको बैठकको निर्णयअनुसार कामरेड माओ त्सेतुङ मजदुर र किसानहरूको क्रान्तिकारी सेनालाई हाँक्न र विद्रोहलाई निर्देशन गर्न हुनान – क्यासी सीमामा जानुभयो । बाटोमा उहाँले हुनान प्रान्तीय पार्टी समितिको स्थानीय पार्टी सङ्गठनहरूबारेको निर्णय र ७ अगष्टको बैठकको निर्देशनअनुसार काम गर्ने बन्दोबस्त गर्नुभयो र लागू गर्नुभयो ।
सेप्टेम्बरको सुरुमा कामरेड माओ त्सेतुङले क्याङसी प्रान्तको आनयान जिल्लाको चाङचियावानमा एक महत्वपूर्ण सैनिक सम्मेलन बोलाउनुभयो । त्यसमा विद्रोहको निम्ति खासखास विषयबारे छलफल गर्न सीमा इलाका पार्टी र सैनिक नेताहरूले भाग लिएका थिए ।
विद्रोहको सैनिक ढाड हाम्रो पार्टीको नियन्त्रणमा रहेको मजदुर र किसानहरूको सशस्त्र शक्ति र क्रान्तिकारी सेना थियो । तिनीहरूमध्ये एउटा मुख्य उहान राष्ट्रिय सरकारको पुरानो रक्षक सेना (रेजिमेन्ट) पिङयाङ र लियुयाङको किसान सेना र आनयान कोइला खानीका मजदुरहरूको सशस्त्र शक्ति थियो । विद्रोहको निम्ति होसियारीपूर्वक तयारी गरिसकेपछि, कामरेड माओ त्सेतुङ विद्रोहको ठूलो महत्वलाई सम्झाउन पिहास्योङ, लिलिङ, ल्यु यान र टुङ्कुमा जानुभयो, क्रान्तिकारी शक्तिहरूलाई सङ्गठित गर्नुभयो र सङ्घर्षको निम्ति खँडिला योजनाहरू बनाउनुभयो । मजदुर, किसान र क्रान्तिकारी लडाकुहरूले विद्रोहमा भाग लिन उत्साह देखाए तथा तिनीहरू ठूलो सङ्ख्यामा उपस्थित थिए । ९ सेप्टेम्बर १९२७ को दिन कामरेड माओ त्सेतुङको आफ्नै अगुवाइमा शरद् बाली काट्ने विद्रोह भयो । त्यसैले पूरै देश हल्लियो । पहिलो दिन रेल बाटाका मजदुरहरू र किसानहरूले विद्रोहमा भाग लिए, मोहयाङ र ह्नङशाचिहबिचको र चाङसा र चुको बिचको रेलको बाटोको एक भागलाई काटेर शत्रुको सञ्चार र आवतजावतलाई ध्वस्त पारिदिए ।
हो, विद्रोही सेनाले आफूभन्दा राम्रो शत्रु सेनासँग भिड्नुपर्दा र लडाइँको अनुभव नहुँदा शरद्को बाली काट्ने विद्रोहको उत्साह घट्यो । तर, वर्गशत्रुविरुद्ध पार्टीको अगुवाइमा सशस्त्र सङ्घर्ष गर्न हजारौँ हजार मजदुर र किसानहरू उठाउन सफल भयो ।
गा¥हो लडाइँपछि विद्रोही सेनाहरू १९ सेप्टेम्बरको दिन हुनान प्रान्तको ल्युयान जिल्लाको वेन्चेशीहमा पुगे । त्यस साँझ कामरेड माओ त्सेतुङले सेनाहरू अब कुन दिशामा हिँड्नुपर्छ भन्नेबारे छलफल गर्न विभागीय (डिभिजन) केन्द्रमा मोर्चा समितिको बैठक बोलाउनुभयो ।
उहाँले परिस्थितिको व्याख्या गरिदिनुभयो, “शत्रु ठूलो र बलियो छ जबकि हामी साना र निर्बलिया छौँ र क्रान्ति झर्दो अवस्थामा छ । शत्रुले आफ्ना मुख्य सेनाहरू ठूल्ठूला सहरमा राखेको छ । त्यसबेला हामीले सहरहरू कब्जा गर्ने सम्भव हुँदैन । यसकारण, हामीले हाम्रो क्रान्तिकारी कामको केन्द्रलाई सहरबाट गाउँतिर लैजानुपर्छ जहाँ शत्रु निर्बलियो छ । त्यहाँ हामीले चर्को किसान क्रान्ति चलाउनुपर्छ, किसान जनतामा काम गर्नुपर्छ† सशस्त्र सङ्घर्षलाई चालु राख्नुपर्छ† क्रान्तिकारी सेनाहरूलाई सुरक्षित र विकास गर्नुपर्छ र आधार इलाका स्थापना गर्नुपर्छ ।”
कामरेड माओ त्सेतुङको अगुवाइमा २० सेप्टेम्बरको दिन सेनाहरूले वेनचेशीह छोडे र चिकाङ पहाडतिरको महान् रणनीतिक यात्रा सुरु गरे ।
बाटोमा सेनाहरूले एक जिल्लाको गौँडा कब्जा गरे । तिनीहरूले जेलको ढोका फोरिदिए । र त्यहाँ थुनिराखिएका कम्युनिस्ट पार्टीका सदस्यहरू र अरू क्रान्तिकारीहरूलाई मुक्त गरे । तिनीहरूले जिल्ला सरकारको अन्नको गोदाम फोरे र सारा जनतालाई अन्न बाँडिदिए ।
लामो यात्रा र तीता लडाइँपछि सेप्टेम्बर २९ को दिन सेनाहरू क्यासी प्रान्तको युङसीन जिल्लाको सानवान गाउँमा पुगे । त्यहीँ सोझै कामरेड माओ त्सेतुङले मोर्चा समितिको एक बैठक बोलाउनुभयो । त्यस बैठकले सेनाहरूलाई फेरि सङ्गठित गर्ने निधो ग¥यो । हाम्रो सेनाको निर्माणको इतिहासमा ‘सानवानको पुनः सङ्गठन’ को ठूलो महत्व छ ।
त्यसबेला सङ्घर्षको स्थितिको प्रकाशमा हाम्रा सेनाहरूले धेरै ठूलो क्षति भोगेका थिए । कामरेड माओ त्सेतुङले डिभिजनलाई रेजिमेन्टमा बन्दोबस्त गर्नुभयो र पुनः सङ्गठित गर्नुभयो । र यसलाई फेरि मजदुर र किसानहरू क्रान्तिकारी सेनाको पहिलो डिभिजनको पहिलो रेजिमेन्टको नाम दिनुभयो ।
कामरेड माओ त्सेतुङले सेनाको विभिन्न तहमा पार्टी सङ्गठन स्थापना गर्ने काममा ठूलो ध्यान दिनुभयो । पार्टी शाखाहरू कम्पनीको आधारमा सङ्गठित गरियो र पार्टी दलहरू, स्क्वायड र प्लाटुनहरूमा सङ्गठित गरियो । कम्पनी तहभन्दा माथिका समितिहरूमा पार्टी प्रतिनिधिहरू रहन्थ्यो र बटालियन र रेजिमेन्टहरूमा पार्टी समितिहरू हुन्थे । कामरेड माओ त्सेतुङ सचिव रहनुभएको मोर्चा समितिको संयुक्त अगुवाइमा सारा सेना थियो । मुख्य–मुख्य प्रश्नहरूमा पार्टी समितिहरूले छलफल गर्ने र निर्णय गर्थे ।
पुराना सेनाहरूको पुरानो व्यवस्थालाई जरैदेखि उखेल्न कामरेड माओ त्सेतुङले सेनामा एक प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न निर्णय गर्नुभयो । अफिसरहरूले जवानहरूलाई पिट्न वा गाली गर्न दिएनन्, स–साना औपचारिकताहरू समाप्त गरे† सिपाहीहरू सभा गर्न र बोलेर भन्न स्वतन्त्र भए तथा अफिसरहरू र मानिसहरू माझमा समानरूपले व्यवहार गरिए । हरेक दलमा कम्पनी तहभन्दा माथि अध्यक्ष भएका सैनिक समितिहरू गठन गरिए र त्यसका सदस्यहरू सिपाहीँहरूबाट प्रजातान्त्रिक ढङ्गले चुनिन्थे । पार्टी प्रतिनिधिको नेतृत्वमा समितिहरूले प्रचार कार्य र जनकार्यहरू गर्थे र सिपाहीँहरूको निम्ति मनोरञ्जनका गतिविधिहरू गर्थे, जनताको हिसाब–किताब र बन्दोबस्तको जाँचबुझ गर्थे, अधिकारलाई प्रयोग गर्थे र अफिसरहरूमाथि पनि जाँचबुझ गर्थे । बिराम गर्ने अफिसरहरूलाई तिनीहरू आलोचना गर्ने र बिरामहरूलाई प्रमाणित गर्थे ।
सानवानको पुनः सङ्गठनपछि सेनामा पार्टीको पूरा नेतृत्व कायम रह्यो । त्यसले हाम्रो सेनाले आफ्नो सर्वहारा स्वभावलाई कायम गर्ने निश्चय ग¥यो र नयाँ किसिमको जनसेनाको निम्ति राजनैतिक र सङ्गठनात्मक आधार तयार गर्यो । यसले सेनाको निर्माणमा अध्यक्ष माओको नीतिअनुसारको एक नयाँ किसिमको जनसेनाको निर्माणको महान् सुरुवातलाई जनाउँथ्यो ।
कामरेड माओ त्सेतुङको अगुवाइमा मजदुर र किसानहरूको क्रान्तिकारी सेनाले वेन्चिशीहरूबाट एक महिनाभन्दा अलि बढीमा ५ सय किमि हिँड्यो र अन्तमा चिकाङ पहाडमा क्रान्तिकारी रातो झन्डालाई माथि उठायो ।
१९२८ अप्रिलको अन्ततिर, कामरेड चु तेह र चेन यिले कामरेड माओ त्सेतुङको मातहतको क्रान्तिकारी सेनासँग मिलेर तानचिङ विद्रोह र हुनानदेखि चिकाङ पहाडसम्म विद्रोह गरी आएको किसान सेनाहरूको नेतृत्व गर्नुभयो । कामरेड चु तेह कमान्डर, कामरेड माओ त्सेतुङ पार्टी प्रतिनिधि र कामरेड चेन यी राजनीतिक विभागको निर्देशकको रूपमा रहेको मजदुर र किसानहरूको लालसेनाको चौथो पल्टन स्थापना भयो ।
शरद्को बाली काट्ने विद्रोह र चिकाङ पहाडको यात्रा चिनियाँ क्रान्तिको हारबाट विजयमा पुग्ने महान् मोडको बिन्दु थियो । चिकाङ पहाडमा कामरेड माओ त्सेतुङले स्थापना गर्नुभएको पहिलो गाउँले क्रान्तिकारी आधार इलाका चिनियाँ क्रान्तिको सुरुवात थियो । कामरेड माओ त्सेतुङले सल्काउनुभएको ‘मजदुर र किसानहरूको सशस्त्र स्वतन्त्र राज्य’ को आगोको ज्वाला विस्तारै चीनको सारा ठाउँमा फैलियो ।
पेइचिङ रिभ्यू
५ अगष्ट १९७७, नं. ३२
स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *