भर्खरै :

त्यस्ताले कुटाइ नखाए कसले खान्छ ?

जलस्रोतमा धनी भनिएको देशमा योग्य र सक्षम सरकार बन्न नसक्दा मेचीदेखि महाकालीसम्मका जनताका काकाकुल बन्न बाध्य छन् । पत्रु सरकार व्यहोरेर पानीको हाहाकार व्यहोर्नु नेपाली जनताको नियति बनेको छ ।
अहिले वर्षा सुरु भइसकेकोले हरेक वर्षझैँ यस वर्ष पनि भक्तपुर नगरका कतिपय टोलका धारामा पानी आउन थालेको छ । मेलम्चीले काठमाडौँका सडक पखालिए पनि भक्तपुर नगरका जनता वर्षा कुरिरहेका थिए । तर, खानेपानीको साँचो खोल्ने कर्मचारीको बेइमानीले आइरहेको पानी पनि बन्द गरिदिएपछि कसलाई झोक चल्दैन ।
साउन ४ गते वडा नं. ६ को कुथुमला गल्लीका घरघरका धारामा पानी आएकोले सबै व्यस्त थिए । तर, एकैछिनमा एक लोहँकर्मीको एक घरमा पानी आएन भनेर कुथुमला गल्लीको पानी जाने साँचो बन्द गरायो । एक घरको लागि दर्जनौँ घरमा आइरहेको पानी खानेपानीका कर्मचारीले बन्द गरिदिनु हुने थिएन । आफ्नो मान्छेको घरमा पानी पठाउन त्यस कर्मचारीले बन्द गरिदिएपछि कसलाई रिस नउठ्ला ? अनि त्यस्तै जिउँदो मान्छेको फेला परे कुटाइ नखाला कसरी भन्ने ?
खानेपानीको महसुल तिर्दा पनि पानी नखुवाउने काउखालि त सुविधाभोगी नै भयो, केन्द्र सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त भयो, स्थानीय सरकार कता अलमलमा परेछ ? प्रशंसा बटुल्नमै व्यस्त पो भयो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *