कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
नयाँदिल्ली, ३ कात्तिक (रासस-सिन्ह्वा) ः भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् ।
दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिनुभएको छ ।
उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।
“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भन्नुभयो ।
आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।
उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताउनुभयो ।
भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ ।
Leave a Reply