नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सुन तस्कर गिरोहको काठमाडौँस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा मेसिन भेटेको हो । “हो, सुन गाल्ने मेसिन बरामद भएको छ । अनुसन्धान जारी रहेकाले अहिले योभन्दा धेरै केही भन्न सकिन्न,” राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ‘नयाँ पत्रिका’सँग भने ।
बुधबार नै राजस्व विभागको टोलीले काठमाडौँको सो¥हखुट्टेमा रहेको गिरोहको अर्को गोदाममा पनि छापा हानेको छ । यो पनि सुन भिœयाउने कम्पनी रेडी ट्रेडकै रहेको दाबी गरिएको छ । गोदामबाट ब्रेकसुलगायत वस्तु प्याकिङ गरिएका कार्टुन बरामद गरेको छ । यस्ता करिब ६६ पोका कार्टुन बक्स र केही सुटकेस पनि बरामद गरिएको स्रोतले जनाएको छ ।
दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको सिम्टेसम्म कच्ची बाटोको यात्रा गरेर आधा घन्टा उकालो पैदल लागेपछि आउँछ– बिसौना टोल । त्यहाँ जस्ताले छाएको डेढतले घर छ, जुन ०७२ को भूकम्पपछि सरकारी अनुदानसहित लागतमा बनेको हो । यो घर हो, अहिले चर्चामा रहेको एक क्विन्टल सुन भिœयाउने कम्पनी रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको । गाउँमा परिवारको हातमुख जोर्न गा¥हो भएपछि उनी ६ महिनाअघि मजदुरी गर्न काठमाडौँ गएका थिए । उनका बुबा रामबहादुर अहिले पनि काठमाडौँमै ज्यामी काम गर्छन् । राजस्व अनुसन्धान विभागले गत ३ साउनमा हङकङबाट ल्याइएको झन्डै सय किलो सुन बरामद गर्दा भुजेल रेडी ट्रेडका मालिक भएको खुल्यो र उनी पक्राउ परे । गाउँमै रहेका आमा कल्पना र पत्नी प्रमिला यो घटनाले स्तब्ध बनेका छन् । (नयाँ पत्रिका, २०८० सााउन ११)
समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा सरकार नै अनेकौँ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको भन्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भिœयाउने र अन्यत्र निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोपसमेत लगाए ।
“सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मूर्धन्य नेताहरूको प्रत्यक्ष संलग्नतामा यी घटनाहरू भएका छन् । एकपछि अर्को तथ्यले प्रमाणहरूलाई स्विकार्दै गएको देखिन्छ । देश निर्माणको नेतृत्व गर्ने सरकार, समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौँ सेटिङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ,” उनले भने । (नयाँ पत्रिका, २०८० सााउन १५)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सय केजी सुन तस्करीमा संलग्न रहेको ‘क्लु’ भेटिएका राकेश अडुकियाका बाबुछोरा अध्यागमन विभागको कालोसूचीमा परेका छन् । राजस्व अनुसन्धान विभागले तस्करीमा राकेश र उनका छोरा रोहनको हात रहेको आधार फेला पारेको भन्दै कालोसूचीमा राखेर निगरानी गर्न ५ साउनमा अध्यागमनलाई आग्रह गरेको थियो । कालोसूचीमा परेका व्यक्तिलाई अध्यागमनले पक्राउ गर्न सक्छ ।
स्रोतका अनुसार भारतीय नागरिक अडुकियाको भारतबाहेक हङकङ र थाइल्यान्डमा पनि घर र व्यवसाय छ । त्यहाँ उनी सुन र चाँदीकै व्यवसाय गर्छन् । उनको ट्राभल हिस्ट्री र सम्बन्धित व्यवसाय हुनुले पनि उनीमाथिको आशङ्कामा बल पुगेको स्रोत बताउँछ । (नयाँ पत्रिका, २०८० साउन १६)
१० साउनमा नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक तोकेका थिए ।
संसद्को अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच संसद्मा जारी अवरोध खुलाउने सहमति भएको थियो । सुरूमा एमालेको एक जना सांसदले बोल्ने र त्यसपछि सुन प्रकरणको विषयमा गृहमन्त्रीले जवाफ दिने तय भएको थियो । “तर बालुवाटारमा भएको सहमति एमालेले बानेश्वर आएर उल्लङ्घन ग¥यो”, पाण्डे भन्छन्, “शीर्ष तहमा सहमति भयो भनेर गृहमन्त्री जवाफ दिने तयारी गरेर दिउँसो १ बजे नै संसद् भवन आउनुभयो । तर, एमालेले बोली फेरेपछि बैठक नै बस्न सकेन ।” (अनलाईन खबर, २०८० साउन १५)
राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ । लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो । रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् ।
पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिन्छन् । दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन् । यसैगरी माओवादीका अर्का नेता एवं उपमहासचिव वर्षमान पुन र उनको परिवारसँग पनि दावा जोडिएका तस्बिर सार्वजनिक भएका छन् ।
अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने र ‘लोन’ (ऋण) एपमार्फत अवैध असुली गर्ने कार्यमा संलग्न रहँदै आएका उनी माओवादी नेताको साथ नपाएको भए पाँच वर्षअघि नै कानुनको फन्दामा परिसक्थे । तर, तत्कालीन नेकपामा शक्तिशाली नेताहरूले उनलाई प्रहरीको नियन्त्रणमा पर्नबाट जोगाएका थिए । दावाको अपराध २०७६ सालमै खुले पनि प्रहरीले उनलाई छुन सकेको थिएन ।
‘जनयुद्धकाल’मै माओवादीको ‘आधार इलाका’ थवाङ छाडेर दाङ आएकी अमला त्यहाँबाट पनि काठमाडौँ आएर जडीबुटी र अर्गानिक बेसारको व्यापार गर्थिन् । त्यही क्रममा जडीबुटी व्यापारसँग दावा जोडिएका थिए । २०६३ सालदेखि काठमाडौँ बस्दै आएका दावाले अमलालाई फेला पारेपछि कारोबार अझ सहज भएको थियो । अमलाकै कारण सुन तस्करीमा राजनीतिक साइनो देखिएको छ र एक सय किलो सुनमा रोल्पाका माओवादी नेताहरूसमेत अघोषित रूपमा मुछिएका छन् । २०६३ मङ्सिर २४ गते नेपालमा अपराध गरेको आरोपमा पक्राउ परेका दावाले अन्ततः नेपालबाटै नागरिकता लिएर अपराधको सञ्जाल विस्तार गर्दै गएको पाइन्छ । उनको अपराध सञ्जालमा माओवादी नेताहरूको साथ रहेको खुलेको छ । सन् २०२० मा दीपेश पुन र दावा रसुवाको गोसाइकुण्ड सँगै गएका थिए । मनाङ एयरमा त्यहाँ गएका उनीहरूको सम्पूर्ण खर्च दावाले बेहोरेको स्रोतको दाबी छ ।
अमलासँग सम्बन्ध जोडिएपछि दावाले २०७४ पुस २० गते निमा तामाङका नामबाट काभ्रेको नमोबुद्ध ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए । २०७४ सालमै राहदानीसमेत लिएका उनी नक्कली नेपाली हुन् । यो विषयमा नेपाल प्रहरीको विशेष ब्युरोले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन । दावाले बेल्जियमको पासपोर्ट भने दावा छिरिङकै नाममा लिएका छन् । त्यसमा ठेगाना तिब्बतको लिथाङ उल्लेख छ । (नागरिक, २०८० साउन १६)
Leave a Reply