सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
अन्य देशका जनतालाई शान्तिको अर्ती दिन चाहने हो भने अमेरिकाले आफूलाई युद्धबाट टाढा राखेर देखाउनुपर्छ । अन्तर्राष्ट्रिय शान्ति सम्मेलन र छलफलहरूमा टेबलमाथि शान्तिप्रिय परेवाहरू उडिरहेको भान हुन्छ । तर, त्यो टेबलवरिपरि कूटनीतिज्ञ, प्रशासक र नेताहरू भेला हुँदाबित्तिकै ती परेवाहरू परेवाको भेष ओढेका गिद्द हुन् भन्ने जाने हुन्छ ।
विश्वका शक्तिशाली मुलुकहरूबिचको शक्ति सम्बन्ध यथावत राख्ने उद्देश्यले गरिने सबै अन्तर्राष्ट्रिय शान्ति सम्मेलनहरू अहिलेसम्म असफलतामा टुङ्गिएका छन् । त्यस्ता सम्मेलनका सहभागीहरूले खालि आफ्ना परस्पर जायजेथा र धनका स्रोतहरू सुरक्षित रहनेछ भनी अरूको वचन सुन्न खोजिरहेका हुन्छन् । त्यसैले ती सम्मेलनहरू विफल हुँदै आएका छन् । खासमा ती सहभागीहरू नाफामुखी हुन्छन्, शान्ति उनीहरूको मुखमा हुन्छ, मनमा हुँदैन । शान्तिको बकबक खालि धुवाँको पर्दा हुन्छ । यो पर्दा देखाएर उनीहरू कूटनीति र अन्तर्राष्ट्रिय चलखेलका तानाबाना लुकाउँछन् । तिनका शान्ति सन्धिहरू युद्ध सुरु हुनुअघिका सुसेली मात्र हुन् ।
बाहिरी तामझामहरू हटाएर हेर्ने हो भने विश्व व्यापारमा को अघि जान्छ भन्ने होडबाजी नै अमेरिका र विश्वको इतिहासमा भएका सबैजसो ठूला युद्धको प्रमुख कारण हो ।
‘विश्व व्यापार’ भनेर म अन्तर्राष्ट्रिय साहुकारीलाई भन्दै छु । लगानीकर्ताहरूले विदेशी बन्ड खरिद गर्नु र सामान्य मालसामान किन्नु समेत विश्व व्यापारभित्रै पर्छ ।
हाम्रो संविधानका मस्यौदाकारहरूलाई अन्य देशसँगको व्यापारबाट नाफा कमाउने विषय थाहा नभएको होइन । उपनिवेशहरूको कथाबाट यो कुरा खुल्छ । प्रजातन्त्रको आमा देश बेलायतले नै सुरुमा खुला व्यापारको नियम मिचेको थियो । उपनिवेशका जनताले बेलायती साम्राज्यबाहिर आफ्ना मालसामान बेच्ने हक उसैले खोस्न खोजेको थियो ।
सन् १७७५ मा अमेरिका इस्ट इन्डिज र युरोपेली देशहरूसँगको व्यापारबाट नाफा कमाउने ध्याउन्नमा थियो । तिनताका उपनिवेशहरू अन्य देशसँगको लेनदेनमा निर्भर थिए । हाम्रा पुर्खाहरू जीवन धान्न र सानातिना खुसीका लागि बाँझो भूमिमा सामान्य मेसिन र औजारले हाडछाला घोँट्दै थिए ।
त्यसबेला पनि हामीकहाँ केही नागरिकहरूले प्रशस्त धन कमाएका थिए । तिनीहरू व्यापारी र जहाजका मालिकहरू थिए । विदेशीसँग हुने व्यापारमार्फत तिनले नाफा कमाउँथे । ‘स्वतन्त्रको घोषणा’ दस्तावेज जारी हुँदा तीमध्ये केही व्यक्तिले सो दस्तावेजमा सहमति जनाएको हामी पढ्न पाउँछौँ ।
तिनैताका अमेरिकामा ‘समुद्री स्वतन्त्रता’ को नीति लागू गर्नुपर्ने माग चर्कियो । यो शब्दावली पनि क्रान्तिकारी सङ्घर्षको एउटा कारण थियो । त्यसपछि पनि यो नारा अमेरिकाले गरेका सबै युद्धहरूमा घन्कियो । त्यसयता ‘समुद्री स्वतन्त्रता’ नीति साम काकाको स्वाङ बन्न पुगेको छ । हाम्रो समुद्री तट कब्जा गर्ने बेलायती साम्राज्यलाई पनि छोडिएन ।
सन् १७७५ पछि अमेरिकामा विश्व व्यापारको लागि ठूलो लडाइँ चल्यो, उथलपुथल भयो । हालैका वर्षहरूमा अन्य देशमा ठूलो प्रगति देखिएको छ । शिक्षा र ज्ञानको प्रसार भएको छ । व्यापारका आधुनिक विधिहरू अपनाइएका छन् । ठूलो आकारमा उत्पादन गर्न नयाँ मेसिन र उपकरणहरू आएका छन् । यिनै कारणले अमेरिकालाई अन्य देशसँग विश्व व्यापारमा हातेमालो गर्न बाध्य पारेका छन् । यिनीहरूले आफू अमेरिकामाथि निर्भर भएको चाल पाए । आत्तिएर ती देशले पहिले अमेरिकाबाट किन्दै आएका मालसामानबाट आफूलाई मुक्त पार्दै लगे । अमेरिकासँग जुध्न उनीहरूले अमेरिकी उपाय नै प्रयोग गरे । उनीहरूले साम काकालाई सस्तो भाउमा सामान बेच्न थाले ।
विश्व व्यापारको क्षेत्रमा संरा अमेरिकाले घाटा व्यहोर्दै गयो । यसले गर्दा आज व्यापारको स्थिति उति राम्रो छैन । सन् १९३७ मा करिब १० प्रतिशत उत्पादन अमेरिकाले निर्यात गथ्र्यो । सन् १९२९ मा हामी आर्थिक मन्दीको संघारमा थियौँ । त्यसबेला हामीले निर्यात गर्ने सामानको जम्मा मूल्य ५ अर्ब डलर थियो । सन् १९३४ मा हाम्रो कुल निर्यातको मूल्य घटेर २ अर्ब डलर पनि पुगेन । सन् १९२९ तिर हामी झन्डै साढे चार अर्ब डलरको सामान आयात गथ्र्यौँ । ३ वर्षपछि त्यो घटेर साढे १ अर्ब डलरको हुन पुग्यो । धेरै वर्षदेखि हाम्रो विदेश व्यापारको आँकडा झन्डै साढे १ अर्बले तलमाथि छ ।
सन् १९१७ मा हाम्रो निर्यात सन् १९१० को भन्दा चार गुणा बढी थियो । युरोपमा (पहिलो) विश्वयुद्ध सुरु हुनुभन्दा ४ वर्षअघि हाम्रो कुल निर्यात झन्डै ६ अर्ब डलर थियो र आयात करिब ३ अर्ब डलर थियो । सन् १९१० मा व्यापार खाता २७ करोड ९० लाख डलरले हाम्रो पक्षमा थियो । यसको अर्थ हाम्रो विदेश व्यापारलाई युद्ध वा आर्थिक मन्दीले असर गरेको थिएन ।
तर्कको लागि एउटा उदाहरण लिऊँ । सन् १९१७ मा जर्मन पनडुब्बीले गर्दा समुद्री मार्ग अवरुद्ध भयो । त्यसैले विदेश व्यापारमा अमेरिकाको मानौँ ३ अर्ब डलर रकम खतरामा प¥यो । त्यो तीन अर्ब डलर र युरोपमा भएको अमेरिकी लगानीको सुरक्षाको लागि हामी युद्धमा होमियौँ । सो युद्धमा अमेरिकाको मात्र कम्तीमा ५० अर्ब खर्च भएको विज्ञहरू बताउँछन् । युद्धमा मारिएका र घाइते भएकाहरूको हिसाब अलग्गै भयो ।
विश्वयुद्धमा हामीले गरेको खर्च पूरा गर्न अझै दुई पुस्ता लाग्नेछ । अन्त्यमा कम्तीमा १०० अर्ब डलरको हिसाब निस्किन सक्छ । सबै क्षतिलाई डलरमा लैजाँदा यति हुन आउँछ । आधा अर्ब डलरको सामान्य व्यापार सन्तुलनको लागि यति धेरै बलिदान भयो । एउटा मामुली सन्तुलन र ‘समुद्री स्वतन्त्रता’ नीति जोगाउन यो बलिदान अचाक्ली थियो ।
अमेरिकाले तीता तथ्यहरूको सामना गर्नैपर्छ । हाम्रा मुट्ठीभर नागरिकहरूको व्यापार र नाफा जोगाउन हामी जनताले आफ्नो जिन्दगी दाउमा राखेर युद्ध मैदानमा जाने कि नजाने भनेर टुङ्गो लगाउनैपर्छ । यिनको स्वार्थको लागि हामीले युद्धले बढाएको करको बोझले दब्ने कि नदब्ने भनेर हामीले निक्र्योल गर्नैपर्छ ।
विश्वको अवस्था फेरिएको छ । यसले गर्दा अमेरिका विदेश व्यापारमा ऋण दिएर नाफा लिने बाटो छोडेर राजस्वका लागि अन्य उपायको खोजी गर्ने बिन्दुमा पुग्दै छ । हामी अब पूर्वी एसिया र युरोपसँग होड गर्ने स्थिति छैनौँ । त्यहाँ मानिसहरू दैनिक गुजारा चलाउन पनि मरीमरी काम गर्छन् । युरोप र सुदूर पूर्वमा निकै सस्तो श्रम पाइन्छ । त्यसकै बलमा हाम्रा प्रतिस्पर्धीहरूले विश्व व्यापारमा अमेरिकी उत्पादक र व्यापारीले भन्दा सस्तोमा मालसमान बेच्दै छन् । दक्षिण अमेरिकाले जापान वा युरोपका सामान किन्छ । अमेरिकी उत्पादकले आफ्नो कारखानामा बेच्ने मूल्त्न्दा सस्तोमा तिनले दक्षिण अमेरिकाका घरघरै सामान पु¥याउँछन् ।
हामीले यसमा केही गर्न सक्दैनौँ । अमेरिकी कामदारवर्गलाई किसान र दासमा नफेरेसम्म, हाम्रो उच्च जीवनस्तर नखस्काएसम्म र सामाजिक न्यायका सिद्धान्तहरू नत्यागेसम्म स्थिति फेरिनेछैन । अमेरिकी जनताको तुलनात्मक उच्च जीवनस्तर नघटाएसम्म विदेश व्यापार उकालो लाग्नेछैन । मलाई थाहा छ, औसत अमेरिकीहरूको लागि यो विचार पच्ने छैन ।
प्रतिस्पर्धीहरूसँग विश्व व्यापारमा बराबरीमा पुग्न हामीले यो देशका जनताको जीवनस्तर घटाउनु पर्नेछ । सबै देशभक्त, खुला मनका र चिन्तनशील अमेरिकीहरूको लागि यो कुरा स्वीकार्य हुँदैन ।
विश्व व्यापारको यो अवस्था हेर्दा हाम्रो विदेश नीति सही ठहरिन्न । कुनै दुई विदेशी शक्तिबिच युद्ध चलेको खण्डमा उसले हाम्रा जहाजहरू तलबितल पा¥यो भने हाम्रो विदेश नीतिले हामीलाई युद्धतिर डोहो¥याउनेछ । त्यसैले, हामीले समुद्री स्वतन्त्रताको त्यो पुरानो नीतिलाई परित्याग गर्नु नै राम्रो हुन्छ । अमेरिकी परम्पराको यो ‘बुँख्याचा’ लाई रछ्यानमा फाल्नुपर्छ । यसो गर्न नमिल्ने कुनै आर्थिक र मानवीय कारण छैन ।
यहीनिर सैन्यवादीहरूको मैदान आउँछ । ऊ खालि शान्ति जोगाउने कुरामा जोड दिन्छ । अर्कोतिर शान्तिवादीहरू भाइचाराको नीति फिँजाउने दाबी गर्छन् । संविधानको सोच र उद्देश्यमा ढल्ने गरी जनताले कुनै परिवर्तन गर्न चाहे अमेरिकाको संविधानले सम्पूर्ण विधि र साधन उपलब्ध गराउँछ ।
एउटा व्यावहारिक राजनेताले जस्तै शान्तिका सच्चा कार्यकर्ताले आफ्नो शक्तिलाई प्रत्येक समुदायबिच परिचालन गरे अमेरिकी संविधानमा आवश्यक संशोधन गर्न प्रत्येक राज्यका सांसदहरूले छिट्टै त्यसलाई अनुमोदन गर्नेछन् । अमेरिकी संविधानबाट ‘समुद्री स्वतन्त्रता’ को नीतिलाई हटाउने संशोधनलाई सबै राज्यले अनुमोदन गरे अमेरिकी संसद्ले पनि त्यसै गर्नेछ ।
प्रदेश संसद्का सांसद, प्रतिनिधिसभा तथा अमेरिकी सिनेटका सदस्यहरूले मतदाताको आकाङ्क्षाअनुसार गर्नेछन् किनभने मतदाता तिनका कमाइखाने माध्यम हुन् । अमेरिकामा अमनचैन कायम गर्न खोज्ने इमानदारहरूले आफ्नो सङ्गठनलाई प्रत्येक निर्वाचन क्षेत्रमा पु¥याउनुपर्छ । दलीय राजनीतिभन्दा पर रहेर तिनले आफ्ना गतिविधिलाई एउटै लक्ष्यमा अविचल अघि बढाउनुपर्छ । तब दुवै प्रमुख राजनीतिक दलमा केही हुनेछ ।
विश्व शान्तिको राग जप्ने प्रत्येक उपदेशक, शिक्षक, सम्पादक र वक्ताले आफ्नो जमर्काहरूलाई एकाकार गराउनुपर्छ । अमेरिकामा शान्ति कायम गर्ने आन्दोलनमा उनीहरू आउनुपर्छ । यति गरे अन्तर्राष्ट्रिय अमनचैन टाढाको भ्रम हुनेछैन । संशोधनको प्रक्रिया चल्दै गर्दा हामी विदेश व्यापार पनि चालू राख्न सक्छौँ । यसबाट रत्तिभर घाटा हुनेछैन । बाहिरका कुनै दुई देशबिच युद्ध चलिहाल्यो भने पनि अमेरिकाका निजी जहाज मालिकहरूले आफ्नै जोखिममा जहाजलाई समुद्रमा लैजानेछन् । त्यसको जिम्मेवारी राज्यले लिनेछैन ।
युद्धको एउटा पक्षले मालमत्ताको माग ग¥यो । त्यसको ढुवानी गर्न अमेरिकी जहाज मालिकहरूले आफ्नो जहाज सो देशमा ओराल्छन् भने त्यसबाट हुने क्षति केबल तिनको हुनेछ । साम काका तिनीहरूको सुरक्षाको लागि कतै जान बाध्य हुनेछैनन् । अमेरिकी बन्दरगाहमै आएर यी मालसमान खरिद गर्न चाहनेहरूलाई हामीले कहिल्यै ढोका थुन्नुपर्दैन । हामीकहाँ आएर हाम्रा सामान जसले किन्दा पनि हुन्छ ।
पक्कै पनि साना देशहरूसँग ढुवानी सुविधा हुन्न । दुःखको कुरो उनीहरूलाई स्थिति सहज नहुन सक्छ । तर, युद्ध हुनु र लडाइँको मैदानमा अमेरिकीहरूको मारकाट हुनु त्योभन्दा पनि दुःखद हुनेछ ।
आफ्ना सेयरधनीहरूको पैसा विदेशमा लगानी गर्न चाहने बैङ्कपति वा उद्योगपतिले आफ्नो काम जारी राख्दा हुन्छ । तर, युद्ध भइहाल्यो र त्यसमा उसको विदेशी लगानी डुब्ने खतरा आयो भने उसको सुरक्षाको लागि कुनै फौज खडा गरिनेछैन ।
राजनेताहरू युद्ध टार्ने यो विधि कहिल्यै प्रभावकारी हुनेछैन भन्छन् । युद्धको बेला मालसामानको मूल्य बढ्छ र त्यसबाट नाफा लिने मौका नपाए किसान, कपास उत्पादक, तेलको खानीलगायत अन्य स्थलका कामदारहरू सङ्घर्षमा उत्रिनेछन् भन्ने उनीहरूको तर्क छ । यस्तो स्थिति गाह्रो हुने मलाई थाहा छ । तर, यसको पनि समाधान निकाल्न सकिन्छ । एकएक पाइला गर्दै मार्केटिङको अवस्था स्थिर राखेर ‘सुक्खा वर्षहरू’ को समस्या हटाउने हो भने युद्धकालको लाभ चाहियो भनेर कोही चिच्याउनेछैन । त्यसमाथि सम्पूर्ण अमेरिकी नागरिकहरूलाई उच्च जीवनस्तर दिन सकियो र राष्ट्रको धन हाम्रा करोडौँ भोकानाङ्गा र गरिब जनताबिच उचित ढङ्गले वितरण गरियो भने यहाँ उत्पादन हुने सबै मालसामान यही खपत हुनेछ ।
युद्ध क्यान्सर हो । समयमै उपचार गरे क्यान्सरझैँ यसलाई पनि उन्मूलन गर्न सकिन्छ । क्यान्सरको सङ्क्रमण उपचार गर्न खोज्ने डाक्टरले पहिले क्यान्सरको कोष कहाँ चलहपहल गर्दै छन् भनी खोज्नुपर्छ । त्यो चहलपहल रोकेपछि सङ्क्रमण फैलिन आफैँ बन्द हुन्छ । कहाँ छ भनी निदान गर्नुपर्छ ।
विश्व व्यापारमार्फत नाफा हसुर्न खोज्ने हाम्रो लोभ नै युद्धको लागि चहलपहल हो । यो चहलपहल हामी रोक्न चाहन्छौँ भनी विश्वसामु स्वीकार गरौँ । अबको मितिमा संरा अमेरिकाले एक राष्ट्रको रूपमा आफ्नो सैन्य बल केवल अमेरिकाको प्रतिरक्षामा प्रयोग गर्नेछ भनी घोषणा गरौँ । कसैले अमेरिका कब्जा गर्ने खतरा उत्पन्न भएका बखत मात्र अमेरिकी सेना प्रयोग हुनेछ भनौँ । विश्व व्यापारमार्फत धन थुपार्ने केही मुट्ठीभर मानिसको हकको लागि हाम्रो सेना प्रयोग हुनेछैन, बरु हाम्रा समस्त नागरिकहरूको हकअधिकार, कल्याण, खुसियाली र घरपरिवाको हितमा मात्र अमेरिकी सेना प्रयोग हुनेछ भनी उद्घोष गरौँ ।
समाप्त
अनुवाद : सम्यक
Leave a Reply