भर्खरै :

तीन दलको सभामुखसँग अलग बैठक निरङ्कुश किन होइन ?

काठमाडौँ, २२ साउन । दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको सोमबारको बैठक सुरू नै नगरी सूचना टाँसेर बैठक साउन २३ गते दिउँसो ३ बजेको लागि सारियो । यसअघि शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालबिच सिंहदरबारमा संसद सुचारू गर्नेबारे छलफल भएको थियो । त्यहाँ सहमति नभएपछि दिउँसो ३ बजे सभामुख घिमिरेको कार्यकक्षमा देउवा, ओली र दाहालबिच बैठक भयो ।
सभामुखसँगको बैठकमा संसद् सुचारू गर्ने, सुन तस्करी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएकालाई कारबाही गर्ने÷गराउने विषयमा छलफल भएन ।
तीन जनाको बिचमा समितिका सभापति भागबन्डा गर्ने र प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भर श्रेष्ठलाई अस्वीकार गरी आफ्ना अनुकूलकालाई नियुक्ति दिलाउने विषयमा छलफल गरिएको सार्वजनिक भयो ।
सांसदहरूलाई दिउँसो १ बजेको बैठकमा बोलाई तीन दलको सभामुखसँग बैठक गरी संसद्लाई बन्धक बनाउनु मनपरीको हद हो । तीन दलबिच सहमति नभएको भए बैठक अगाडि नै छलफल गर्नुपथ्र्यो । बैठकमा पुगेका सांसदहरूलाई अलपत्र अवस्थामा राखी तीन दलको सभामुखसँग अलग बैठक गरी संसद् बैठक गर्नु के निरङ्कुशताको सङ्केत होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *