कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भक्तपुर, २२ साउन । नेपाज मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले सोमबार बिहान कासन ब्यासीस्थित कालीघाट सत्तलमा रहेको कालीघाट पुस्तकालयको निरीक्षण गर्नुभयो ।
निरीक्षणपछि सम्पन्न छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा सांसद सुवालले कालीघाट क्षेत्र सांस्कृतिक सम्पदा स्थल भएको र मानव समाज सभ्यताको विकासको क्रममा मानिसले बनाएका विभिन्न मठमन्दिर, घाटको संरक्षण र संवद्र्धन गर्न स्थानीय जनता जागरुक हुन आवश्यक छ भन्नुभयो ।
गुठी जग्गा रैतानीको लागि सरकारले विधेयक ल्याउन खोज्दा मठाधीशहरूको दबाबमा आन्दोलन गराएर सरकारलाई फिर्ता लिन बाध्य पारेको उल्लेख गर्दै उहाँले सम्पदाहरूको संरक्षण स्थानीय तहको सरकार र स्थानीय जनताले गर्नुपर्ने औँल्याउनुभयो । नेमकिपाले विकास निर्माण कार्य देशका हरेक क्षेत्रमा पठाई सन्तुलित विकास गर्न सडक र सदनमा आवाज उठाइरहेको चर्चा गर्दै सांसद सुवालले सिँहदरबारमा बसेका पार्टीहरूको कारण देशमा बेथिति र भ्रष्टाचार बढेको हो भन्नुभयो ।
उहाँले पुस्तकालयले दुई चार सय वर्षको इतिहासबारे जानकारी दिने हुँदा नयाँ पुस्तालाई पुस्तकालयमा गई अध्ययन गराउन अभिभावकहरूले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सार्वजनिक सम्पत्ति बनाउन सजिलो तर संरक्षण गर्न गाह्रो भएको चर्चा गर्दै उहाँले सार्वजनिक सत्तल र कालीघाट पुस्तकालयलाई पनि आफ्नै घरको सम्पत्तिजस्तै संरक्षण गर्न नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ भन्नुभयो ।
उहाँले सरकारले ६५ अरब बजेट आफूखुसी खर्च गर्न छुट्याएको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले मानव विकासमा पुस्तकालयको अति महत्व रहेको चर्चा गर्दै कालीघाट पुस्तकालय विकास र विस्तारमा भक्तपुर नगरपालिकाले निरन्तर सहयोग गरिरहनेछ भन्नुभयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कालीघाट संरक्षण समितिका सदस्य बालमुकुन्द बासुकला, कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल, स्थानीय गणेशप्रसाद सुवाल, गणेशराम थुसा, कालीघाट पुस्तकालयका रत्नलाल कैती, पुण्यराम बासुकला, सिद्धिप्रसाद बासुकला, राजाराम बासुकला, दीपक बासुकला, राजेश ब्यान्जु र बबीमैया लघुले पनि पुस्तकालयको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै विभिन्न सुझाव दिनुभएको यियो ।
Leave a Reply