भर्खरै :

कार्यकर्ता राजनीतिकरूपमा सचेत बन्नुपर्ने

कार्यकर्ता राजनीतिकरूपमा सचेत बन्नुपर्ने

कालीकोट, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा दुईदिने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तिलागुफा नगरपालिका वडानं. ९ को चिल्खायामा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले हरेक कार्यकर्ता राजनीतिकरूपमा सचेत बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अनिवार्य अध्ययन गरी त्यस विषयमा छलफल गरी अन्तरक्रिया गर्नुपर्छ । पार्टी अनुशासन पालना नगर्ने कार्यकर्ताहरू इमानदार कार्यकर्ता हुनेछैनन् ।”बहुसङ्ख्यक कामदार जनता राजनीतिकरूपमा सचेत र सङ्गठित नभएसम्म समाजवादी क्रान्ति अगाडि बढाउन नसकिने धारणा राख्दै उहाँले समाजवादी व्यवस्था स्थापना नभएसम्म कामदार जनताको भविष्य उज्ज्वल नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपा कालीकोटका अध्यक्ष खड्गराज शाहीले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्दै जनप्रतिनिधि मालिक नभएर जनताको सेवक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टी जिल्ला समिति सदस्य रतनबहादुर शाही र नरेन्द्रबहादुर रोकायाले पनि बोल्नुभएको थियो
भेलाले चन्द्रबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ को संयुक्त वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *