ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
महेन्द्रनगर (कञ्चनपुर), ३१ साउन । बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चाँदनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ ।
बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहे पनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन ।
विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणको लागि पहल भएको देखिँदैन । “पुरानो र सानो सङ्ख्यामा हामी दशकौँदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसियत देखाएन,” स्थानीय टेकबहादुर सुनारले भन्नुभयो ।
दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताउनुभयो । सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणको लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो ।
कुतियाकवर बस्तीपारि सीमामा भारतको बङ्गाली कलौनी पर्छ । बस्तीमा नेपाल–भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन । कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो ।
विसं २०२९ देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उहाँले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताउनुभयो ।
बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि ६ वर्षअघि बनेको र त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आउनुभएको छ ।
Leave a Reply