अडिग क्युवा !
- जेष्ठ १३, २०८३
पेइचिङ समयअनुसार अगस्ट १० को बिहान सबेरै ह्वाइट हाउसले विदेशी लगानीलाई सम्बोधन गर्ने कार्यकारी आदेश जारी ग¥यो, अमेरिकी बैङ्क तथा प्रतिष्ठानहरूलाई चीनको सेमिकन्डक्टर, माइक्रोइलेक्ट्रोनिक, क्वान्टम सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताका क्षेत्रमा लगानी गर्न प्रतिबन्ध लगायो ।
लामो समयदेखि निर्माणको क्रममा रहेको कार्यकारी आदेशको नकारात्मक नतिजाका लागि व्यापकरूपमा प्रश्न, आलोचना र विरोध भएका छन् । आफ्नो चीनप्रतिको गलत नीतिका कारण संरा अमेरिकाले आफ्नो आर्थिक जबरजस्ती र प्राविधिक आधिपत्यको आवेगलाई रोक्न असफल भएको छ । निहित स्वार्थका लागि विश्वभर आधिपत्य कायम राखेको अमेरिका अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्था र विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरताको विनाशकारी बनेको छ भन्ने कुराले फेरि छर्लङ्ग पारेको छ ।
संरा अमेरिकाले चीनलाई पन्छाएर आफ्नो वर्चस्व कायम राख्न कार्यकारी आदेश जारी गरेको छ । पछिल्ला वर्षहरूमा चीन–अमेरिका आर्थिक सम्बन्धले गम्भीर अवरोधहरू सामना गरेको छ । यसको मूल कारण चीनलाई आफ्नो विकास गर्ने अधिकारबाट वञ्चित गर्ने, आर्थिक मुद्दाहरूलाई शून्य–योग खेलको धारणाबमोजिम चलाउने मानसिकता र राजनीतिक हेरफेरको साथ सामान्य आर्थिक र व्यापारिक आदानप्रदानलाई कमजोर पार्ने प्रयासमा छ ।
हालको अमेरिकी प्रशासनले चिनियाँ निर्यातमा भन्सार लगाउने आदेश मात्र जारी गरेको छैन, बरु चीनको नाकाबन्दी र नियन्त्रणलाई पनि तीव्र बनाएको छ, बारम्बार निर्यात नियन्त्रणहरू म्याद थपेर प्रतिबन्ध लागु गरेको छ र चीनको विरुद्धमा लगानी समीक्षाहरूलाई उत्तेजित गरेको छ । संरा अमेरिकाका ‘सम्बन्ध तोड्ने’, ‘अग्लो पर्खालसहितको विशेष यार्डहरू’ निर्माण गर्ने र ‘जोखिम हटाउने’ कथित प्रयासले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाका सिद्धान्तहरूलाई गम्भीररूपमा उल्लङ्घन गरेका छन् । विडम्बनाको रूपमा, लगानी समीक्षाको परिचय दिँदा अमेरिकाले खुला लगानीको लागि दीर्घकालीन प्रतिबद्धता कायम राख्ने दाबी गरेको छ । यस्तो आत्म–विरोधाभाषी बयानबाजीले यसको कपटलाई मात्र उजागर गर्दछ र कुनै पनि हालतमा खुला सहयोगमा बाधा पु¥याउने वा कार्यकारी आदेशको कारण घाटा भोगिरहेका अमेरिकी कम्पनीहरूलाई खुसी पार्ने प्रयासलाई ढाक्न सक्दैन ।
लगानी समीक्षामाथि चुना पोत्दै संरा अमेरिकाले फेरि एकपटक ‘राष्ट्रिय सुरक्षाको प्रतिरक्षा’ को बहाना अगाडि ल्यायो । तर, हालैका वर्षहरूमा तथ्यले यो स्पष्ट पारेको छ कि संरा अमेरिकाले उल्लेख गरेका तथाकथित ‘राष्ट्रिय सुरक्षा खतराहरू’ धमिलो सीमाहरू सहितको सबै बहाना मात्र हुन् ।
अमेरिकी राजनीतिक हेरफेरअन्तर्गत, विश्वव्यापीरूपमा लोकप्रिय भिडियो–साझेदारी एप, बन्दरगाहहरूमा सञ्चालन हुने कार्गो ह्यान्डलिङ उपकरणहरू, चिनियाँ बजार अन्वेषण गर्ने अमेरिकी कम्पनीहरू वा अमेरिकामा लगानी गर्ने चिनियाँ उद्यमहरू, सबैलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ को रूपमा लेबल लगाइएको छ ।
अमेरिकी साझेदारहरूसँग टेक्नोलोजीहरू साझेदारी गर्ने चिनियाँ कम्पनीहरूलाई पनि चिनियाँ प्रविधिहरूमा अमेरिकी ‘धम्की’ को रूपमा चित्रण गरिएको छ र यसैले खतराको रूपमा हेरिएको छ । संरा अमेरिका पान–सुरक्षाकरण र प्यान–राजनीतीकरण अनिवार्यरूपमा विश्वव्यापीकरणबाट फिर्ता (De-globalization) र चिनियाँबाट मुक्त (De-sinicization) को बराबर हो ।
चीन–अमेरिकामा प्राविधिक र व्यापारिक मुद्दाहरूलाई निरन्तर राजनीति, उपकरण र ज्यावलीकरण गरेर आर्थिक सम्बन्धमा अमेरिकाले दुवै देशको हितमा मात्रै हानि पु¥याएको छैन । अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई गम्भीररूपमा अवरुद्ध गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलालाई अस्थिर बनाएको छ, जसले सम्पूर्ण विश्वको हितमा हानि पु¥याएको छ ।
हाल, विश्वव्यापी आर्थिक पुनरुत्थानले ठूलो कठिनाइहरूको सामना गरिरहेको छ । संरा अमेरिकाले विश्वव्यापी आर्थिक र व्यापारिक आदानप्रदान र सहयोगमा अवरोध गरेको छ र आफ्ना सहयोगीहरूलाई चीनविरुद्धको प्रविधि नाकाबन्दीमा सामेल हुन बाध्य पारेको छ । आफ्नो वर्चस्वको व्यापक कालो हातले अन्तर्राष्ट्रिय समुदायमा कडा चिन्ता र उच्च सतर्कता जगाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ कि ‘खण्डित संसार गरिब हुन सक्छ ।’ अमेरिकाको विश्वास छ कि चीनमा उच्च प्रविधिको लगानीमा प्रतिबन्ध लगाएर यसले चीनको विज्ञान प्रविधिको आविष्कारमा बाधा पु¥याउन सक्छ र पछिल्लो विकास र प्रगतिमा बाधा पु¥याउन सक्छ । यस्तो सोच पनि नितान्त मूर्खतापूर्ण छ ।
घनिष्ठ विश्वव्यापी आर्थिक र प्राविधिक जडानको आजको संसारमा, कुनै पनि देशले विज्ञान–प्रविधि आविष्कार र विकास फाइदाहरू एकाधिकार गर्न सक्दैन । चीन विज्ञान–प्रविधि आविष्कारको विश्वव्यापी उच्च भूमि बनिसकेको छ र उच्चस्तरको विज्ञान र प्रविधिमा आत्मनिर्भरताको गति बढाउने उसको दृढ विश्वास छ । अमेरिकाले चीनमाथि जति नाकाबन्दी लगाएको छ, त्यति नै चीनले आफ्नो प्राविधिक प्रगतिलाई तीव्र पार्ने प्रयास गर्नेछ ।
विशाल आकारको बजारको फाइदाको साथ चीनले उच्च–स्तरको खुलापन विस्तार गर्नको लागि प्रतिबद्धता पालन गर्दछ र लगातार व्यापार वातावरणलाई अनुकूलन गर्दछ, विदेशी लगानीकर्ताहरूको लागि पहिलेभन्दा बढी आकर्षक बनाउँछ ।
संयुक्त राष्ट्र सङ्घको व्यापार तथा विकास सम्मेलन (UNCTAD) को प्रतिवेदनअनुसार सन् २०२२ मा चीनमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) को प्रवाह १८९.१ बिलियन डलर पुगेको छ ।
यस वर्ष विश्वव्यापी एफडीआई (प्रत्यक्ष विदेशी लगानी) मा निरन्तर गिरावटको दबाबको विरुद्धमा, चीनको विदेशी लगानीको वास्तविक प्रयोगको समग्र मापन पहिलो अर्ध वार्षिकमा स्थिर रहेको छ, लगानीको गुणस्तरमा सुधार भएको छ ।
चीनमा आफ्नै संस्थाहरूको लगानीमा अमेरिकी प्रतिबन्धले उनीहरूलाई चीनमा अवसरहरू त्याग्न बाध्य तुल्याइरहेको छ, यो कदम अलोकप्रिय हुनेछ । नियन्त्रण र दमनले चीनको विकासलाई रोक्न सक्दैन । सामान्य अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक सहयोगमा बाधा पु¥याउनुले विश्वका आफ्नै समस्या र चुनौतीहरूलाई मात्र बढाउँछ ।
चीन–अमेरिका आर्थिक सम्बन्ध सम्हाल्ने सही दृष्टिकोण खोज्न संरा अमेरिकाले मानसिक बन्धन तोड्नुपर्छ र चीनको विकासलाई खतराको रूपमा हेर्ने विकृत मानसिकता त्याग्नुपर्छ । यसले चीनको आर्थिक विकासलाई नखप्टयाउने वा अवरोध नगर्ने आफ्नो प्रतिबद्धतालाई इमानदारीपूर्वक पूरा गर्नुपर्दछ र आर्थिक, व्यापार तथा प्रविधिका मुद्दाहरूमा राजनीतीकरण, ज्यावलीकरण र अस्त्रीकरण बन्द गर्नुपर्दछ । यसरी मात्रै चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्ध र सहयोगका लागि राम्रो वातावरण सिर्जना गर्न सकिन्छ ।
(झोङ शेङ पीपुल्स डेलीले विदेश नीति र अन्तर्राष्ट्रिय मामिलाहरूमा आफ्नो विचार व्यक्त गर्न प्रयोग गर्ने उपनाम हो ।)
– पिपुल्स डेली अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply