गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण
- जेष्ठ १३, २०८३
वर्षायामसँगै देशमा फेरि डेङ्गु रोगको प्रकोप देखा पर्न थालेको छ । विगतमा झैँ यसपटक पनि यो रोगको चपेटामा विभिन्न क्षेत्रहरू परेका छन् । विशेषगरी दिउँसो देखिने लामखुट्टेको टोकाइबाट हुने यो रोगको कारणले लगभग अहिलेसम्ममा एक दर्जन जति मानिसले अकालमै ज्यान गुमाइसकेका छन् भने सयौँ जना यस रोगका कारण बिरामी परेका छन् । विशेषतः यस रोगको सङ्क्रमणबाट बच्न आफ्नो वरिपरिको वातावरण सफा, स्वच्छ तथा खाल्डाखुल्डी वा जहाँतहीँ पानी जम्न नदिने विषयमा विशेष ध्यान दिनुपर्छ ।
यस रोगबाट बच्न लामखुट्टेको लाभा नष्ट गर्ने तथा बेलुका सुत्दा झुल हालेर सुत्नुपर्छ । टोल टोलमा डेङ्गुविरुद्धका रसायन पाउडर छर्ने कार्य बरोबर हुनुपर्छ । सचेतनाका कार्यक्रम गर्ने तथा अस्पतालमा डेङ्गु सङ्क्रमणको निम्ति पर्याप्त मात्रामा बेड, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्नु सरकारको दायित्व हो ।
सरोकारवाला विभिन्न निकायहरू सजग हुनुपर्ने देखिन्छ । जनतालाई सुसूचित गर्न नसके थप क्षति हुने सम्भावना हुन्छ । त्यसैले समयमै सम्बन्धित सरोकारवाला पक्षको ध्यान जाओस् ।
Leave a Reply