विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
(रणनीतिक हार खाएपछि मात्र संरा अमेरिका र उसका साझेदारहरूले आफ्ना आक्रामक नीतिहरूबाट पछि हट्ने र आफ्नो दबदबा घटाउने गरेका छन् । यो एउटा ऐतिहासिक तथ्य हो । तिनीहरू कहिल्यै आफ्नो मनसाय फेर्दैनन् । गुमेको इलाका हत्याउन केवल आफ्ना नीतिहरू परिमार्जन गर्छन् । सन् १९५० को दशक तिनका लागि तीतो बाधक बन्यो । सन् १९५३ मा कोरियामा तिनलाई चीनले धुलो चटायो । सन् १९५६ मा भियतनामले फ्रान्सेलीहरूलाई खेद्यो । सन् १९५६ मा इजिप्टले स्वेज नहरको स्वामित्व लियो । सन् १९५९ मा क्रान्तिमार्फत क्युवाले सत्ता लियो । सन् १९६२ मा राष्ट्रि«य मुक्ति मोर्चाले अल्जेरियामा सत्ता हातमा लियो । पश्चिमी देशहरूले अर्कै हिसाबले त्यसको बदला लिए । उसले सन् १९६१ मा कङ्गोमा एउटा अभियान चलायो र प्याट्रिस लुमुम्बाको हत्या ग¥यो । सन् १९६५ मा इन्डोनेसियामा भएको प्रतिक्रान्तिमा लाखौँ कम्युनिस्टहरूको हत्या हुँदा नरसंहारको पक्ष लियो । सन् १९६६ मा घानामा क्वामे एनक्रुमालाई सत्ताच्युत ग¥यो । भियतनाम, लाओस र कम्बोडियामा अमेरिकाले जातीय सफाया चलायो । पश्चिमा देशहरूकै मद्दतले यहुदीवादीहरूले प्यालेस्टाइन कब्जा गरे । दक्षिण अफ्रिकाको जातिवादी सत्ताले पनि पश्चिमाहरूको सहयोग पायो ।)
शीतयुद्धताका उपनिवेशवादबाट मुक्तिको लहर चल्यो । त्यति नै बेला पश्चिमाहरूले त्यसको प्रतिकार गरे । संरा अमेरिका र उसका साझेदार देशले आक्रामक नीति अपनाए । त्यसको समानान्तरमा उनीहरूले अन्तर्राष्ट्रिय वित्त र व्यापारको क्षेत्रमाथि गहिरो नियन्त्रण पनि जमाए । तिनले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र राजस्व तथा व्यापारसम्बन्धी सामान्य सम्झौता (ग्याट) को नवउदारवादी हस्तक्षेपको चाँजो मिलाए । तिनले विश्वभरि नै वित्तीय र व्यावसायिक नियन्त्रणको लागि यी संस्थालाई सनासोको रूपमा प्रयोग गरे । व्यवस्थितरूपमा पश्चिमा सरकारहरूले ऋण र विकास परियोजनाहरूको संयन्त्र निर्माण गरे । यसलाई उनीहरूले ल्याटिन अमेरिका, एसिया र अफ्रिकाका देशहरूको आर्थिक परनिर्भरता बढाउन प्रयोग गरे ।
आर्थिक विकासको यो नवउदारवादी नीतिलाई साम्राज्यवादी शक्तिहरूले मलजल गरिरहे । यसको विकल्पमा विश्वका बहुमत नेताले दक्षिणी गोलाद्र्धको सर्तहीन व्यापार साझेदारीको मोडल अघि सारे । यो साझेदारी ऐक्यबद्धतामा आधारित थियो । सन् १९५५ मा पहिलो अफ्रिकी–एसियाली सम्मेलन इन्डोनेसियाको बाङडुङमा सम्पन्न भयो । त्यसमा विश्वका बहुमत देशको तर्फबाट राष्ट्रसङ्घका मूलभूत सिद्धान्तमा प्रतिबद्धता जाहेर भयो । उनीहरूले आत्मनिर्णय, अनाक्रमण र अन्तर्राष्ट्रिय कानुनको पालनालाई आफ्नो मूल मन्त्र बनाए । त्यसपछि असंलग्न आन्दोलनले समानतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको अवधारणालाई ठूलो बल मिल्यो । अन्य देशको वैधानिक हितलाई सम्मान गर्ने, साझेदारीमा आधारित ऐक्यबद्धतालाई प्रबद्र्धन गर्ने, आपसी लाभको लागि व्यापार गर्ने र विमतिहरूलाई शान्तिपूर्वक हल गर्ने सिद्धान्तहरूलाई असंलग्न आन्दोलनले अघि बढायो ।
गत बीस वर्षमा यो अवधारणाको सफलतापूर्वक विकास भएको छ । उदाहरणको लागि साङ्घाइ कर्पोरेसन सङ्गठन र ब्रिक्स समूहले यसलाई टेवा दिएका छन् । यी सङ्गठनहरूले संरा अमेरिका र उसका साझेदारहरूले आर्थिक र सैनिक दबदबामार्फत विदेश सम्बन्धमा आफ्ना कुत्सित सर्तहरू थोपर्दै आएकोमा देखिने गरी विरोध गनाएका छन् । ल्याटिन अमेरिकामा फिडेल क्यास्त्रो र ह्युगो चाभेलले पनि यसरी नै ऐक्यबद्धतामा आधारित विदेश सम्बन्धको अवधारणालाई मलजल गरे । हाम्रो अमेरिकाको बोलिभारियाली साझेदारी (अल्बा) मार्फत उनीहरूले यस्तो बढावा दिएका थिए । पछि ल्याटिन अमेरिका र क्यारिबियाली राज्यहरूको समुदायको स्थापनामा यस अवधारणाले प्रशस्त समर्थन पायो । यी देशहरूले आफ्नो हितको रक्षा गर्ने क्षमता जति बढाउँदै लग्छन्, त्यति नै यी स्वतन्त्र हुने सहकार्यले पश्चिमाहरूको विदेश सम्बन्ध खतरामा पर्दै जानेछ ।
साम्राज्यवादविरोधी मुक्ति सङ्घर्षको अवधारणाको जसै विकास भयो, त्यसको इतिहासमा ल्याटिन अमेरिका र अफ्रिकाको क्रान्तिकारी ऐक्यबद्धता चहकिलो अध्याय बन्न गयो । विशेषगरी क्युवाको ऐक्यबद्धता निर्णायक बन्दै आएको छ । कङ्गोमा सन् १९६५ मा चे ग्वेभारा र योर्गे रिसक्वेटको क्युवाली टोलीले चलाएको अभियान सन् १९७० को दशकमा अङ्गोलाको रक्षामा चलाइएको अपरेसन कार्लोटाको पृष्ठभूमि बन्न पुग्यो । त्यसले दक्षिण अफ्रिकाको जातिवादी सत्ता र त्यसका पश्चिमा संरक्षकहरूलाई हराउन मद्दत पुग्यो । सघाउको लागि कङ्गो जानुभन्दा अगाडि पनि क्युवालीहरूले भर्खरै मुक्त भएको अल्जेरियालाई सन् १९६३ मा सहयोग गरेका थिए । फ्रान्सको आडमा मोरक्को अधिराज्यले अल्जेरियामा अत्याचार गर्दै आएको थियो । सन् १९६५ मा चे ग्वेभाराले पटकपटक अफ्रिकाका प्रमुख क्रान्तिकारी नेताहरूलाई भेटेका थिए । उनले मालीका मोदिबो केइता, आजको गिनी बिसाउका अमिलकार काब्राल, अङ्गोलाका अगोस्तिनो नेतो र घानाका क्वामे एनक्रुमालाई भेटेका थिए । साम्राज्यवादी देशहरूको विश्व अर्थतन्त्रको प्रभुत्वबाट मुक्त हुन समकालीन अन्तर्राष्ट्रिय सहकार्यमा आधारित ऐक्यबद्धताको महत्वमा चे बरोबर जोड दिन्थे ।
ग्याब्रियल गार्सिया मार्खेजले लेखेका थिए, “अफ्रिकामा चे ग्वेभाराको त्यो गोप्य र छोटो यात्रामा नै त्यो बिउ रोपिएको थियो, जसलाई कसैले पनि उखेल्न सक्नेछैन ।” करिब २० वर्षपछि सन् १९८७ मा थोमस संकाराले मारिनुभन्दा केही समयअघि भनेका थिए, “चे ग्वेभारालाई साम्राज्यवादी गोलीले बोलिभियाली घाममुनि बाटो छेक्यो । तर, हामी भन्छौँ, हाम्रा लागि चे ग्वेभारा मरेका छैनन् । अफ्रिकाभरि नै उनले आफ्नो ताराअङ्कित टोपी लोकप्रिय बनाएका छन् । उत्तरदेखि दक्षिणसम्म समस्त अफ्रिकाले चे ग्वेभारालाई सम्झिरहनेछन् ।”
थोमस संकाराले यति भनेको एक वर्षपछि क्युवा र अङ्गोलाको सेनाले दक्षिण अफ्रिकाको जातिवादी सरकारको सशस्त्र दललाई कुइटो क्वानाभालको लडाइँमा धुलो चटायो । त्यो भिडन्तबारे सन् १९९१ को क्युवा भ्रमणको बेला नेल्सन मन्डेलाले भने, “त्यो जातिवादी सेनामाथिको चोटिलो विजयले अङ्गोलालाई शान्तिलाभ गर्ने र आफ्नो सार्वभौमिकता सुदृढ पार्ने अवसर दियो । नामिबियाका जनतालाई त्यसले स्वतन्त्रता दियो । प्रिटोरियाको गोरो जातिवादी सत्ताको मनोबल ध्वस्त पा¥यो र दक्षिण अफ्रिकामा रङ्गभेदविरोधी सङ्घर्षलाई उत्प्रेरणा दियो ।”
निकारागुआमा सान्डानिस्टा जनक्रान्तिले अफ्रिकी क्रान्तिहरूसँग सदैव भाइचारा सम्बन्ध राख्दै आएको छ । खासगरी लिबियाली जामाहिरिया, अल्जेरिया, बुर्किना फासो र जिम्बाब्वेसँग उसले सहयोगी हात बढाउँदै आएको छ । सन् २०१७ मा हाम्रा गर्वका प्रतीक फादर मिगुएल डि एस्कोटोलाई मरणोपरान्त सम्मान गर्दै राष्ट्रपति डानियल आर्टेगाले सन् १९८० मा जिम्बाब्वेको स्वतन्त्रता मनाउन आफू दुई जना यात्रामा निस्केको घटनाको स्मरण गरे । उनले भने, “त्यो अविस्मरणीय अनुभव साट्दा हामी मिगुएलसँगै थियौँ । हामीले सदा त्यो अनुभव साट्दै आएका छौँ । निकारागुआका जनतासँग जस्तै अफ्रिकी जनतासँग पनि हामीले यो अनुभव साट्छौँ । यी दुवै जनताले साम्राज्यवादी नीतिविरुद्ध अविराम सङ्घर्ष गर्दै आएका छन् । उपनिवेशवाद र साम्राज्यवादका कुचालहरूविरुद्ध दुवै ठाउँका जनताले स्वतन्त्रता हासिल गरेका छन् ।”
अल्जेरियामा उपराष्ट्रपति काम्पानेरा रोसारियोले फ्रान्सेली उपनिवेशवादविरुद्ध अल्जेरियाली जनताको राष्ट्रिय मुक्ति आन्दोलनको महत्वमाथि प्रकाश पारे । त्यो आन्दोलनलाई “अल्जेरियाली जनताको लागि मात्र नभई शान्ति र स्वतन्त्रता चाहने विश्वका सम्प्ूर्ण जनताको लागि महत्वपूर्ण र अहम” घटना भने । उनले भने, “अल्जेरिया अझै पनि एउटा उदाहरण, मानक बिन्दु बनेको छ, विश्वमा स्वदेशको सार्वभौमिकता, न्याय र शान्तिको पक्षमा सङ्घर्ष गर्ने सम्पूर्ण जनताको लागि प्रेरणा बनेको छ ।”
लिबियाका जामाहिरियाली बन्धु मुअमर गद्दाफीबारे डानियल आर्टेगाले यो वर्षको जुलाई १९ मा सम्झना गरे । उनले भने, “हामी गद्दाफीलाई भुल्न सक्दैनौँ । निकारागुआमा आक्रमण झेलिरहेको देखेपछि उनले सहयोगको हात बढाइहाले, सर्तहीन ऐक्यबद्धता जनाइहाले ।”
यो वर्षको स्वतन्त्रता दिवस मनाउँदा बुर्किना फासाको प्रधानमन्त्री पनि उपस्थित थिए । उनले भने, “निकारागुआ महान् देश हो । यहाँको जनताको अठोट आशाको किरण हो, अरूका लागि अनुकरणीय उदाहरण हो । निकारागुआका जनताको भावना उच्च छ । त्यसैले म यहाँ आएको हुँ । म यहाँ निकारागुआ र बुर्किना फासोका जनताबिचको एकता आफ्नै आँखाले हेर्न आएको हुँ ।”
कार्यक्रमपछि दिउँसोपख काम्पानेरा रोसारियोले थोमस संकाराका शब्दहरू सम्झे । सन् १९८० को दशकमा संकारा निकारागुआ भ्रमणमा थिए । त्यसबेला उनले भनेका थिए, “बुर्किना निकारागुआसँगै उभिएको छ ! किनभने, क्रान्ति अजेय छ र जनताले शासन गर्ने दिन आउनेछ !”
क्रान्तिकारी अफ्रिकी देश र ल्याटिन अमेरिकाका क्रान्तिकारी देशहरूबिचको यो ऐक्यबद्धतापूर्ण सम्बन्ध भेनेजुयलामा बोलिभारियाली क्रान्ति सम्पन्न भएपछि झन् बलियो बन्यो । भेनेजुयलाले अपनाएको नयाँ विदेश नीतिका कारण त्यो सम्भव भएको थियो । राष्ट्रपति ह्युगो चाभेजले भेनेजुयला र दक्षिण अफ्रिकी विकास समुदायबिच नयाँ सम्बन्धको विकासमा जोड दिए । त्यसैगरी, पश्चिम अफ्रिकी देशहरूको आर्थिक समुदाय र अफ्रिकी सङ्घसँग पनि उनले सम्बन्ध सुदृढ पारे । उनले राष्ट्रपति लुला डा. सिल्भाको पहिलो सरकारको पालामा ब्राजिलको अगुवाइलाई टेवा दिए । साथमा उनले अफ्रिका–दक्षिण अमेरिका शिखर सम्मेलनमा आफ्ना समकक्षीहरूलाई ठूलो मद्दत दिए ।
सन् २०१३ मा निधन हुनुभन्दा केही हप्ताअघि चाभेजले अफ्रिका–दक्षिण अमेरिका शिखर सम्मेलनलाई भनेर एउटा पत्र लेखे । उनले लेखे, “दक्षिण अमेरिका र अफ्रिका जनता एउटै हुन् । अफ्रिकाको विस्तृत भूभागको गहिराइमा हामीले हाम्रो महादेशका सामाजिक र राजनीतिक यथार्थका गहिराइ महसुस गरेका मात्र हौँ । मलाई विश्वास छ, मानव जाति त्यही जन्मेको थियो । हाम्रो अमेरिकाको संस्कृति, सङ्गीत र धार्मिक सहसम्बन्धका नियम र तत्वहरू त्यहीबाट आएका थिए । यी सहसम्बन्धले हाम्रा जनताबिच जातीय एकतामात्र ल्याएको छैन, बरु आध्यात्मिक एकता पनि कायम गरेको छ ।”
चाभेजले लेखे, “ल्याटिन अमेरिका र क्यारिबियाले अफ्रिकासँग विगतमा दमन र दासत्व पनि सँगै भोग्यो । आज हाम्रो पुस्ता हाम्रा मुक्तिदाता र तिनका उपलब्धिहरूका वारिस हौँ । हामी भन्न सक्छौँ र हामीले जोड दिएर दृढतापूर्वक भन्नैपर्छ हामी हाम्रा राष्ट्रहरूको स्वाधीनता र स्वतन्त्रताप्राप्तिको अति महत्वपूर्ण वर्तमान सङ्घर्षले पनि आपसमा जोडिएका छौँ ।”
उनले लेखे, “यो कुरा दोहो¥याएर म थाक्दिनँ । हामी एउटै हौँ । हामी नजिक आउनैपर्छ । औपचारिक कुराकानीभन्दा पनि नजिक आउनुपर्छ । एकताको उही आकाङ्क्षाले हामी नजिकिनुपर्छ । एकताबद्ध भएर हामीले नौलो परिस्थितिको निर्माणमा हातेमालो गर्नुपर्छ । हाम्रा जनतालाई उपनिवेशवाद र २० औँ शताब्दीको नवउदारवादी पुँजीवादको जालोबाट छुटाउन हामी नजिक हुनुपर्छ ।”
हाम्रा नेताका यी शब्दले हामीलाई ल्याटिन अमेरिका र अफ्रिकी क्रान्तिकारी इतिहासमा सयौँ वर्षदेखि जोडिँदै आएका सम्बन्धहरूको स्मरण गराउँछन् । सम्बन्धका यी तन्तुहरू अटुट छन् । यिनलाई सजिलै चुँडाउन सकिन्न । ६० वर्षभन्दा अगाडिदेखि हाम्रा दूरदर्शी अफ्रिकी अगुवाहरूले देखेको नयाँ विश्वका सिद्धान्तहरूको प्रतिरक्षा गर्ने निर्णायक घडी आएको छ । आजको समय क्वामे एनक्रुमा र गमाल अब्देल नासेरका विचारको रक्षा गर्ने ऐतिहासिक क्षण हो । आज अफ्रिकामा क्रान्तिकारी नेताहरूको नयाँ पुस्ता अघि सरेको छ । यो पुस्ता आफ्ना उपनिवेशकर्ता साम्राज्यहरूको सत्ता र प्रभावको सामना गर्न प्रतिबद्ध देखिन्छ । यो वर्ष जुलाईको अन्त्यतिर रुस–अफ्रिका शिखर सम्मेलन भयो । त्यसमा बुर्किना फासोका राष्ट्रपति इब्राहिम त्राओरेले भने, “हामीले हाम्रा देशहरूको भविष्यबारे छलफल गर्नु छ, त्यसैले आज हामी भेला भएका छौँ । हामी नौलो मुक्त संसारको लागि लड्दै छौँ । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नहुने संसारका लागि लड्दै छौँ । भोलिको त्यो संसारमा के होला ? त्यसबारे छलफल गर्न भेला भएका छौँ । हामीसँग नयाँ किसिमको सम्बन्ध निर्माण गर्ने मौका छ । मलाई विश्वास छ, त्यो सम्बन्धले हाम्रो राम्रो सेवा हुनेछ र हाम्रा जनताको लागि उत्तम भविष्य सिर्जना गर्न त्यसले सहज हुनेछ । अफ्रिकी देशका नेताहरूको समस्या के हो भने तिनले साम्राज्यवादविरुद्ध लडिरहेका जनतालाई टेवा दिन्नन् । हामीलाई सशस्त्र समूह वा अपराधी भन्छन् । यो दृष्टिकोणमा हामी सहमत छैनौँ । हामी अफ्रिकाका राष्ट्र प्रमुखहरूले साम्राज्यवादीहरूले सधैँ उठ भने उठ्ने र बस भने बस्ने कठपुतलीले जस्तो व्यवहार गर्न बन्द गर्नुपर्छ ।”
– ग्लोबल रिसर्च
अनुवाद : सम्यक
Leave a Reply