गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण
- जेष्ठ १३, २०८३
भारि वर्षाका कारण बर्सेनि झैँ यसपालि पनि गएको शुक्रबार साउन २६ गते रातभर परेको ठूलो वर्षाले हनुमन्ते खोलाको पानी खोलाको सतहभन्दा बाहिर आएको छ । यसले गर्दा लिबाली क्षेत्रतिर खेतबारीको बालीनालीमा क्षति पु¥याएको छ भने खोला छेउका घर, पसल आदि भित्र पानी पसी ठूलो नोक्सान पु¥याएको कुरा त्यहाँका बासिन्दाहरू बताउँछन् ।
त्यसैगरी शौचालयहरूको निकास पनि खोलैमा मिसाएको हुँदा, हिउँदमा खोला सुक्दा सा¥है गन्हाउने, त्यसमाथि पनि ‘बलेको आगोमा घ्यु थपेझैँ प्रदूषित वातावरणलाई अझ प्रदूषित बनाउन, अशिक्षितमात्र होइन शिक्षित व्यक्तिहरूले समेत सबैको आँखा छली खोलामा फोहोर फाल्दै आएको देखिन्छ ।
यी समस्याहरूको समाधानका निमित्त खोला छेउछाउ गार्ड परिचालन गर्नुपर्ने, व्यवस्थित ढङ्गबाट खोला मर्मत गर्नुपर्ने, अनि माटो पुरिएर साँघुरो भएको खोलामा बेला बेलामा निकाली सफा गर्नुपर्ने र दिनहुँ फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाको गाडी आउँदा पनि गाडीमा फोहोर नराखी जथाभावी फाल्ने व्यक्तिहरूलाई पनि सम्बन्धित निकायद्वारा सीसीटीभी क्यामेरा राखेर हुन्छ कि वा स्थानीय बासिन्दाहरूसित समन्वय गरेर, त्यस्ता व्यक्तिहरूलाई कारबाही गरेको खण्डमा यस समस्याको समाधान हुनेछ भन्ने उहाँहरूको भनाइ छ ।
Leave a Reply