भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्वाचित

पेइजिङ, २४ अक्टोबर । दुई सय चार केन्द्रीय सदस्य र एक सय बहत्तर वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेर चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन सम्पन्न भएको छ ।
नवनिर्वाचित केन्द्रीय समितिमा पूर्व महासचिव सी जिन पिङ, वाङ हुननिन, ल्यु सियापाओ, छु छिलियाङ, सुन चुनलान, ली खस्याङ, वाङ याङ, चाङ चुसियान, चाओ लिची, हु चुनह्वान, ली चाङ्शु र हान चेनलगायत निर्वाचित भएका छन् ।
निर्वाचितमध्ये सी र ली खस्याङ अघिल्लो समितिको पोलिटव्युरोको स्थायी समितिमा पनि थिए भने अरु सबै पोलिटव्युरो सदस्यमात्र थिए ।
निर्वाचित समितिले पोलिटव्युरो, पोलिटव्युरो स्थायी समिति र महासचिव बुधबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिको पूर्ण बैठकबाट निर्वाचित गर्नेछ ।
बुधबारको बैठकले अघिल्ला महासचिव सी जिन पिङलाई नै नयाँ महासचिव निर्वाचित गर्ने लगभग निश्चित छ ।
चीनमा एक जना महासचिवले दुई कार्यकाल गरी दश वर्ष पदमा बस्ने परम्परा छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन पाँच पाँच वर्षमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *