राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – १
- जेष्ठ १४, २०८३
भक्तपुर, २ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार नगरस्तरीय शिक्षक भेला तथा पुनःगठन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शिक्षण पेसामा लागेकाहरू विषयवस्तुमा दख्खल हुनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकार हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “माक्र्स संसारका कामदारवर्गको महान् गुरु हुनुहुन्थ्यो । उहाँले विश्वविद्यालयमा शिक्षण गर्न पाउनुभएको भए एकसेएक नयाँ पुस्ता क्रान्तिकारी हुने थियो । जर्मनीको प्रतिक्रियावादी सरकारले उहाँलाई पत्रिकासमेत प्रकाशन गर्न दिएन र देश निकाला ग¥यो ।”
क्रान्तिकारी नेताहरूले पैसाको लागि काम गर्नुभएको थिएन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ पेसागत हक हितमा केन्द्रित हुने ट्रेड युनियनवादी हुनु हुँदैन† आमूल परिवर्तनको पक्षधर क्रान्तिकारी हुनु जरुरी छ”, सचिव सुवालले भन्नुभयो ।
परराष्ट्र मन्त्रालय आर्थिक कूटनीतिमा असफल भएको उल्लेख गर्दै उहाँले परराष्ट्र मन्त्रालयको काम पासपोर्ट छाप्नेमा सीमित भएको बताउनुभयो ।
अध्ययन गर्ने विद्यार्थी र काम गर्न युवालाई विदेशमा पठाइएको हुँदा नेपालका पाँच सत्न्दा बढी कलेज बन्द हुने अवस्थामा पुगेको यथार्थबारे सचिव सुवालले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरी चिकित्सा शिक्षा पढाउने तयारी ग¥यो । तर, सरकारहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित गरेनन् ।”
नेक्राशिसङ्घले शिक्षक–शिक्षिकाहरूलाई सम्बन्धित ऐन–नियमबारे जानकारी गराउन कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सरकारी सेवामा लागेकाहरूको शैक्षिक प्रमाणपत्र नक्कली भएको समाचार पुरानो हो । भर्खरै एक सांसदसमेत नक्कली
शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ प¥यो । सुन तस्करीबारे दोषी पत्ता लगाउन जरैसम्म पुग्ने विषयबारे विवाद हुँदा संसद् अवरोध भइरहेको छ । यसअघि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको ललिता निवासको सरकारी जग्गा १४३ रोपनी व्यक्तिको नाममा दर्ता गरिएको, जलहरी प्रकरण, प्रम दाहालले आफूलाई भारतले प्रम बनाएको बताउँदा पनि ससद् अवरोध भएको थियो† तर बिचैमा तुहाइयो ।”
देशको सन्तुलित विकास गर्नु अहिलेको आवश्यकता हो भन्दै उहाँले देशभरिका जनतालाई अध्ययन, अवसर र उपचारको लागि काठमाडौँमा आउनुपर्ने र बसाइँसराइसमेत गराउने सरकारी नीति गलत भएको धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दरबन्दी वितरण विद्यार्थी सङ्ख्याको आधारमा दिनुपर्ने उल्लेख गर्दै शिक्षकहरूलाई दोस्रो दर्जाको नागरिक ठानेसम्म शिक्षा क्षेत्रको समस्या समाधान नहुने बताउनुभयो ।
राज्यले कम्तीमा २४ प्रतिशत बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले शिक्षकहरूलाई विभेद गर्न नहुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गणेशराम थुसाले सङ्घीय शिक्षा ऐनको विरोधमा लागेको जस्तो देखाएर शिक्षक महासङ्घले द्वैध चरित्र देखाएको बताउनुभयो ।
देवी माविका प्रअ राजाराम छुकां, नेमकिपा चाँगुनारायण वडा नं. ९ एकाइ समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सन्तराम दुलालको सभापतित्वमा भएको उक्त भेलामा घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।
भेलाले नारायणप्रसाद दुलालको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
Leave a Reply