भर्खरै :

भ्रष्टाचारीहरूलाई चिनौँ र कारबाही थालौँ !

भ्रष्टाचारीहरूलाई चिनौँ र कारबाही थालौँ !

देशलाई अगाडि बढाउन र बचाउन नेपाली जनताले ज्यानको बाजी राखेका थिए । त्यही कारण देश बच्यो । फेरी देश जोगाउन र बनाउन लाग्नुपर्छ । २००७ सालमा प्रजातन्त्र आयो । १०४ वर्षको जहानियाँ शासन अन्त भयो । पछि नेकाको नेतृत्वमा सरकार बन्यो । तत्कालीन समयमा कोसी सम्झौता भयो, गण्डक सम्झौता भयो र देशको जलस्रोत भारतको अधीनमा गर्यो । देश कहाँ पुग्यो भन्ने कुरा थाहा नहुने र नेतृत्वदायी भूमिका नखेली देशको अस्तित्व नबुझ्ने कस्ता नेतहरू । यिनीहरू पालो पालो प्रधानमन्त्री बन्छन् भ्रष्टाचार गछन्, फेरी पैसा खर्च गरेर चुनाव जित्र्छन् । जित्ने अनि भ्रष्टाचार गर्ने । सुङ्गुुरले पिँडालु खाने कहिल्यै नछोड्ने रे । त्यस्तै शासकवर्गले पनि भ्रष्टाचार गर्न कहिल्यै नछोड्ने । देश माथि आउनै सक्दैन । १०० के.जी. सुन तस्करीको दोषी को ? ललिता निवास जग्गा प्रकरणको ठूलाठूला माछा कहिले समाउने हो ? कतै ठूलालाई चैन सानालाई ऐन त हुने हाइन ? अपराधिहरूको अकुत सम्पति राष्ट्रियकरण गर्नुपर्छ भताभुङ्ग छ । चित्त बुझाउने कतै ठाउँ छैन ।
नेपालको हालको अवस्थालाई नियालेर हे¥यो भने राजनैतिक नेतृत्व असफल भएको छ । जनता वाक्कदिक्क छन् । काङ्ग्रेसले गरेको काम काङ्ग्रेसलाई मन परेन । त्यस्तै एमालेले गरेको काम एमालेलाई मन परेन । त्यस्तै माओवादीले गरेको काम माओवादीलाई मन परेन । ती पार्टी कार्यकर्ताहरू जनतासामु आउन लाज मान्छन् । देशमा इज्जत प्रतिस्था राख्ने भरपर्दाे नेता खोज्नु पर्ने अवस्था आयो । हामीलाई देश रहला कि नरहला भन्नुहुन्छ । जङ्गी पिलर पनि एक दुई कोष सार्छ । अकुत सम्पत्ति कमाएको परिवारलाई नै थाहा छैन । विदेशी बैङ्कमा राखेको आफैलाई थाहा छैन । यिनीहरूको मनस्थिति बिग्रेको, हुँदा देश नै बिग्रियो । उद्योगधन्दा छैन । मानिसको जीवन जिउन गा¥हो भयो, हातखुट्टा बाधीराखेको जस्तो भयो । कति विदेशी सामु नोकर बन्ने हो । कति नालायक सरकारको नाम लिने हो । हिमाल पहाड तराईको गरिब मजदुर किसान मर्ने हो कि बाच्ने थाहा छैन । विचार गरौँ सुन साइली साइली, पिडीमा जातो फिरिरि । माया गर्ने धर्तीलाई पुजा गर्ने देवतालाई चिनी राखौँ भ्रष्टचारीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *