भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
भक्तपुरमा हरेक महिना कुनै न कुनै चाड मनाइन्छ । युगौँदेखि मनाइने विभिन्न चाडपर्व र जात्राको लागि भक्तपुर प्रख्यात छ । भक्तपुरलाई जात्रै जात्राको सहर पनि भनिन्छ । रीतिरिवाज, चाडपर्व र संस्कृतिमा यो सहर निकै धनी छ भन्ने कुरामा शङ्का छैन । भक्तपुर नेपालकै बढी आन्तरिक र बाह्य पर्यटकहरू भित्याउने पर्यटकीय गन्तव्य सहरहरूमध्ये एक हो ।
भक्तपुरका विभिन्न प्रख्यात पर्वहरूमध्ये सापारु (गार्ईजात्रा) पनि एक हो । यसलाई भक्तपुरको बिस्का जात्रापछिको दोस्रो ठूलो जात्राको रूपमा लिइन्छ । यो पर्व वर्षभरिमा आफ्ना प्रियजनको निधनको सम्झनामा मनाइन्छ । यो जात्रा लगातार आठ रात नौ दिनसम्म मनाइन्छ । हरेक वर्ष जनैपूर्णिमा (गुन्हीपुन्ही) बाट सुरु हुन्छ र कृष्ण जन्माष्टमीको दिनसम्म मनाइन्छ । यो जात्रालाई स्थानीयहरू सापारु भन्ने गर्छन् ।
भक्तपुरमा सापारुका दिन ‘साँचा’ र ‘ताहामचा’ लगिन्छन् साँझपख परालको भैल द्योसँगै त्यो दिनको जात्रा समाप्त हुन्छ । ताहामचाले मरेका मानिसहरूको प्रतीक बुझाउँछ । ताहामचालाई अग्लो चार वटा बाँसलाई कपडाले बेरिएको हुन्छ । परालको सिङ र शिरमा छाता राखिएको हुन्छ । ताहामचालाई चार व्यक्तिले बोक्ने गर्छन् । त्यसको पछिपछि मृतक परिवारका आफन्तहरू प्रदक्षिणा मार्गमा पदयात्रा गर्दै घुम्ने चलन छ । धेरैले ताहामचासँगै घिन्ताङघिसी लाने गर्छन् । तर, त्यो अनिवार्य होइन परिवारको इच्छामा भरपर्ने विषय हो ।
त्यस दिन ताहामचाअगाडि नेवारी परम्परागत सङ्गीत, भजन, सांस्कृतिक नृत्य, माक प्याखँ (बाँदर नृत्य), घिन्ताङघिसी प्रदर्शन गरिन्छ । धिमे, धाँ बाजा, लाला खिँकोे तालमा हजारौँ युवाहरू नाच्छन् । नगरभरि घुम्दै भक्तपुरका मुख्य तीन चोकमा विशेष प्रदर्शन गरिन्छ, दरबार स्क्वायर, टौमढी स्क्वायर र दत्तात्रय स्क्वायरमा ।
सापारु छिको अन्य दिन भक्तपुरका विभिन्न स्थानमा स्थानीयवासी राति अबेरसम्म विभिन्न नाचहरू हेर्न व्यस्त हुन्छन् । यो समय समसामयिक विषयमा हास्यव्यङ्ग्य गर्ने समय हो । भक्तपुरबाहेक गार्ईजात्रा पाटन, काठमाडौँ र कीर्तिपुरमा पनि मनाइन्छ । तर, भक्तपुरको गाईजात्रा विशेष प्रकारको हुन्छ । त्यसैले भक्तपुरले त्यो बेला आन्तरिक र बाह्य पर्यटकहरूको विशेष ध्यान खिचेको हुन्छ ।
गार्ईजात्राको सुरुवात
प्रताप मल्ल गार्ईजात्रालाई उपत्यकामा पहिलो पटक परिचय गराउने व्यक्ति थिए । भनिन्छ, यो जात्रा उनकी रानीको दुःख कम गर्नको लागि गरिएको थियो । उनका छोरा चक्रवर्तेन्द्रको निधनपछि उनी डिप्रेसनमा गएका थिए । उनलाई शान्त पार्न राजाले आफ्ना छोरामात्र होइन अरू जनता पनि मर्छन् भन्ने देखाउनलाई मानिस मरेका सबै परिवारलाई गार्ई ल्याउन र त्यस क्रममा मनोरञ्जन गर्न आदेश दिए । राजाको आदेशअनुसार त्यसबेला मानिसहरूले वर्षभरि मरेका परिवारले विभिन्न प्रकारका गार्ई बनाई घुमाउन ल्याएको रानीले देखे र उनको मन शान्त भयो । त्यही बेलादेखि गार्ईजात्राको परम्परा सुरु भएको मानिन्छ ।
नेपालको गार्ईजात्रा र चीनको हङ्गी घोस्ट पर्वको तुलनात्मक अध्ययन
संसारभरि मरेको पर्वको कुरा गर्दा चीनको भोकाएको भूत पर्वलाई हाम्रो गार्ईजात्रासँग तुलना गरेर हेर्न सकिन्छ । पितृपूजालाई सम्मान गर्ने विभिन्न तरिकाहरू छन् । त्यसमध्ये चीनमा हङ्गी घोस्ट फेस्टिभल पनि एक हो । सबै भूतलाई खाना र पेय पदार्थ दिइन्छ । गार्ईजात्रालाई भने मृतकलाई सम्झने र विभिन्न क्रियाकलापमार्फत दुःख पीडा कम गर्नेको रूपमा लिइन्छ ।
हङ्गी घोस्ट फेस्टिभलले चिनियाँ समाजमा आध्यात्मिक विश्वास, सांस्कृतिक परम्परा र पुर्खाको पूजाको जटिल मिश्रणमा अन्तर्दृष्टि प्रदान गर्दछ । यसले पुर्खाहरूसँगको सम्बन्ध कायम राख्ने र पछिको जीवनमा उनीहरूको भलाइ सुनिश्चित गर्ने घटनालाई प्रतिबिम्बित गर्दछ । यो पर्व एक अद्वितीय अवसर हो जहाँ जीवित र मृतकहरू प्रतीकात्मकरूपमा एकसाथ भेला हुन्छन् । जसले विभिन्न पुस्ताबिच एकताको भावनालाई बढावा दिन्छ ।
भक्तपुरमा हुने गार्ईजात्रा पर्व र चीनको हङ्गी घोस्ट फेस्टिभलको छुट्टाछुट्टै सांस्कृतिक र धार्मिक सन्दर्भहरू भए तापनि त्यहाँ केही रोचक विषयगत र प्रतीकात्मक समानताहरू छन् जुन अन्वेषण गर्न लायक छ ।
दुबै चाडमा दिवङ्गतको सम्झना गरिएको हुन्छ । गार्ईजात्रामा परिवारहरूले ताहामचासँगै पदयात्रा गरेर आफ्ना मृतक प्रियजनहरूलाई सम्झने गर्छन् जबकि हङ्गी घोस्ट फेस्टिभलमा परिवारहरूले उनीहरूलाई सन्तुष्ट पार्न र सम्झनको लागि खाना र अन्य वस्तुहरू वितरण गर्छन् ।
गार्ईजात्रामा परिवारले मृतकको प्रतिनिधित्व गर्न प्रतीकात्मक गार्ई बनाउँछन् र आफन्तहरू पदयात्रामा निस्कन्छन् । त्यस्तै, हङ्गी घोस्ट फेस्टिभलमा भोकाएका भूतहरूलाई शान्त पार्न र परलोकमा उनीहरूको कल्याण गर्न खाना, पैसा र अन्य वस्तुहरू चढाइन्छ ।
दुवै चाडपर्वमा सुख र दुःख मिश्रित देखिन्छ । गार्ईजात्राले प्रियजन गुमाएको शोकलाई कम गर्न पोशाकमा सजिएर हास्यव्यङ्ग्य गर्दछ भने हङ्गी घोस्ट फेस्टिभलमा मनोरञ्जनका साथ गम्भीर विषयमा नाटक प्रदर्शन र अन्य मनोरञ्जनात्मक गतिविधि हुन्छ ।
दुवै चाडपर्व समुदायसँग गाँसिएको हुँदा त्यसमा व्यापक सहभागिता हुन्छ । गार्ईजात्रामा परिवारहरू पदयात्रामा सामेल हुन्छन् र सम्पूर्ण समुदाय मृतकको सम्झना गर्न एकसाथ जान्छन् भने हङ्गी घोस्ट फेस्टिभलमा साम्प्रदायिक गतिविधिहरू पनि समावेश हुन्छन् । मृतक परिवारहरूले लालटेन बालेर पुर्खाहरूलाई सम्मान गर्छन् । गाईजात्रामा एक दिन विशेषगरी मनाइए जस्तै हङ्गी घोस्ट फेस्टिबल करिब एक महिनासम्म मनाइए पनि एक दिन भने विशेष पर्वको रूपमा मनाइन्छ ।
दुवै उत्सवले सांस्कृतिक गतिविधिमार्फत सामाजिक टिप्पणीको लागि मञ्च प्रदान गर्दछ । गार्ईजात्रामा हास्यव्यङ्ग्यको प्रयोगले मानिसलाई आफ्नो विचार व्यक्त गर्न र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न अनुमति दिन्छ । त्यसैगरी, हङ्गी घोस्ट फेस्टिभलले जीवित र मृतकबिचको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।
मनमोहक सांस्कृतिक र विषयगत समानता हुँदाहुँदै भक्तपुरको गार्ईजात्रा पर्वले चीनको हङ्गी घोस्ट फेस्टिभलले जस्तै विश्वस्तरीय मञ्चमा पुग्न सकिरहेको छैन । भक्तपुरको भौगोलिक र सांस्कृतिकसहितको आफ्नो पहिचानलाई अझ अगाडि बढाउन आवश्यक छ ।
काठमाडौँ उपत्यकामा अवस्थित सानो सहर भक्तपुरले ठूला महानगरले जत्तिकै अन्तर्राष्ट्रिय प्रचार पाउन सकेको छैन । सीमित मात्रामा भए पनि विश्वव्यापी प्रवद्र्धनात्मक प्रयासहरू भइरहेका छन् । गार्ईजात्राको जीवन्त प्रदर्शनीहरूले ठूलो मात्रामा प्रचार प्रसारमा भूमिका खेल्न सक्छ । भक्तपुरको गार्ईजात्राले सांस्कृतिक र कलात्मक अभिव्यक्ति तथा सामुदायिक गतिविधिले विश्वव्यापीरूपमा भक्तपुरको प्रचारप्रसारलाई मद्दत पु¥याउने विश्वास गर्न सकिन्छ ।
यो जात्राले परम्परागत नृत्य, संगीत र गीतहरू मात्र होइन देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था पनि प्रदर्शन गरी जनचेतना जगाउने काम गर्दछ । निस्सन्देह गार्ईजात्रालाइ संसारको सबैभन्दा मनोरञ्जनात्मक पर्वमध्ये एक हो भन्न सकिन्छ । स्पेनमा पनि त्यस्तो जात्रा मान्ने चलन छ । जस्तैः– टमाटर महोत्सव । त्यो महोत्सव हेर्न र सहभागी हुन लाखौँ विदेशी पर्यटक स्पेन पुग्छन् । त्यस्तै चीनको हङ्गी घोस्ट फेस्टिभलमा पनि हेर्न र सहभागी हुन हजारौँ पर्यटकहरू चीनमा जाने गर्छन् ।
चीनमा मनाइने त्यो पर्व हामीले भक्तपुरमा मनाउने गार्ईजात्रासँग मिल्दोजुल्दो छ । तैपनि, अन्य देशले जात्राको माध्यमबाट जति पर्यटकलाई आकर्षित गर्न सक्यो, त्यति हामीले सकेका छैनौँ । भक्तपुर नगरपालिकाबाट सङ्कलन गरेको तथ्याङ्कले पनि भक्तपुरमा गार्ईजात्रामा पर्यटकहरूको आवागमन प्रस्ट बुझ्न सकिन्छ । कोभिड अघिसम्म गार्ईजात्राको बेला निकै धेरै पर्यटक आउने गर्थे । दुई वर्ष कोभिडले निकै धेरै असर गर्यो । विनायोजना गार्ईजात्राको समयमा भक्तपुर आइपुग्ने पर्यटकहरूले पनि गार्ईजात्रालाई अविस्मरणीयरूपमा लिनेछन् ।
त्यसैले, गार्ईजात्रालाई अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा हामीले ध्यान दिन जरुरी छ । गार्ईजात्राको प्रवद्र्धनले हाम्रो संस्कृतिको संरक्षण मात्र होइन, आफ्नो संस्कृतिलाई उपयोग गरी देशको अर्थतन्त्रको विकास गर्न सक्छौँ । चीनको हङ्गी घोस्ट फेस्टिभलमा झैँ हामील विदेशी पाहुनाहरूलाई हाम्रो संस्कृतिमा सहभागी गराउन र हाम्रो संस्कृतिप्रति आकर्षित गर्न सक्छौँ । यस वर्ष मनाइने गार्ईजात्रालाई अनुशासित, व्यवस्थित र मर्यादित बनाई आन्तरिक र बाह्य पर्यटकहरू मनग्य भित्याउनेतर्फ सबैले ध्यान दिने हो कि ?
Leave a Reply