नारायणीबाट हुने कटान र डुबान रोक्ने प्रयास पनि रोक्ने भारत कस्तो छिमेकी !
- श्रावण १९, २०८३
भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित ख्वप अस्पतालले भक्तपुर जिल्लाका चारओटै नगरपालिकाका जनताको साथै काठमाडौँ उपत्यकामा शिक्षा र रोजगारीको लागि आएका जनताको पनि सेवा भइरहेको सकारात्मक पक्ष हो ।
काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले पनि आ–आफ्नो अस्पताललाई ख्वप अस्पतालजस्तै सेवामूलक र विश्वासिलो बनाउन जरुरी छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाअन्तर्गत सञ्चालित अस्पतालहरू भरपर्दाे नहुँदा यस क्षेत्रका बिरामीहरू ख्वप अस्पतालमा पुग्न बाध्य छन् । यसबारे जनताले सम्बन्धित नपाका जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराइसकेका छन् । तर, उनीहरूको कानमा बतास लागेन किन ?
ख्वप अस्पतालमा नाक, कान र घाँटीका चिकित्सकहरू पनि उपलब्ध छन्, तर यससम्बन्धी उपकरण र आदिमोलोजिस्ट उपकरणसमेत बन्दोबस्त भएमा नागरिकहरूलाई धेरै मद्दत पुग्नेछ, ख्वप अस्पतालका जिम्मेवार पदाधिकारी र जनप्रतिनिधिहरूको यसतर्फ ध्यानाकर्षण गराउँदछु ।
एस. सुवाल, सुडाल
Leave a Reply