भर्खरै :

सूर्यविनायकमा किसान सङ्घको स्थापना दिवस

सूर्यविनायकमा किसान सङ्घको स्थापना दिवस

भक्तपुर, २३ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा सूनपा–५ कटुञ्जेमा शनिबार नगरस्तरीय किसान भेला सम्पन्न भयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान सङ्घका स्थापनाका आधारहरू र किसान सङ्घले गरेको गतिविधिबारे बताउनुभयो ।
उहाँले अन्याय, अत्याचार, भ्रष्टाचारको विरूद्ध सङ्घर्ष गर्दै नयाँ पुस्तालाई पनि सचेत पार्नुपर्ने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले पुँजीवादी व्यवस्थामा किसान, मजदुर, गरिब जनताको हित नहुने, समाजवादी गणतन्त्रमा मात्र हित हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजेन्द्र बखुन्छेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका रामकृष्ण बखुन्छे र निर्मल माकले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *