आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, १७ भदौ । लघुकथाका सर्जक सुरेन्द्रलाल भुजूको एक मुठी माटो लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको एक समारोहमा वरिष्ठ कथाकार किशोर पहाडीले सो कृति सार्वजनिक गर्नुभयो । सार्वजनिकीपछि बोल्दै प्रमुख अतिथि पहाडीले लघुकथा मुक्तकजस्ता साना रचनामा पनि महत्वपूर्ण भन्न सकिन्छ भन्नुभयो ।
कथाकार धु्रव मधिकर्मीले सुरेन्द्रलालका रचनामा विशेषता र कमजोरी दुवै पक्ष रहेको बताउँदै दुवैबाट स्रष्टाले सिक्दै जाने हो भन्नुभयो ।
कृतिबारे बोल्दै डा. शेखरकुमार श्रेष्ठले सङ्ग्रहमा रहेका भाइरल र यो शहरको कथा जस्ता लघुकथाले हाम्रो समाजको यथार्थ चित्रलाई सशक्त ढङ्गबाट प्रस्तुत गरेको बताउनुभयो ।
अर्का समीक्षक डा. हिमलाल श्रेष्ठले स्रष्टा सुरेन्द्रलालका लघुकथाहरू सामाजिक, आर्थिक, राजनीतिक र नारी विषयमा केन्द्रित रहेको बताउनुभयो ।
कृतिका स्रष्टा सुरेन्द्रलाल भुजूले आफूले देखेको समाजलाई लघुकथामा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला, कवि रामगोपाल आशुतोष र कथाकार महेन्द्रगोपाल कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply