भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
मध्यपुर, १६ भदौ । बोडेको नील बाराही नाच शुक्रबार रातिदेखि प्रारम्भ भयो । प्रत्येक वर्ष गुलाँ गा द्वितीयादेखि पञ्चमीसम्म यो नाच प्रदर्शन गरिन्छ । यो नाच भदौ १८ गते, सोमबारसम्म हुनेछ । यस नाचमा भैरव १ जना, बाराही ४ जना, कुमारी ४ जना, द्वारपाल २ जना, सिहिनी ४ जना, गणेश ४ जना गरी जम्मा १९ जना देवी देवताहरू हुन्छन् । यस नाचका देवताहरूले बोल्नुहुँदैन, नाच नसकिएसम्म खानेकुरा खानुहुँदैन, पानी परेमा पनि ओट लाउनुहुँदैन ।
यस नाचमा प्वङ्गा फुक्ने १३ जना; बाजा बजाउने ९ जना; ता, भुस्याय् र छुस्याय् बाजा बजाउनेहरू ५ जना तथा गुरुहरू ४ जना र सहयोगी ९ जनासमेत ९६ जना व्यक्तिहरूको अनुशासित र मर्यादित भएर यो नाच नचाउने गरिन्छ । यो नाच बोडेको लाछि टोल, लाकुछेँ, लाय्कु, विष्णुघाट, भाँगु टोल र खाँसीटोलमा नचाउने गरिन्छ । यसपछि नाच देवताघरमा पुगी नाच टुङ्ग्याइन्छ । यो नाच राजा सुवर्ण मल्लको पालादेखि चलेको बताइन्छ ।
Leave a Reply