माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
पेइचिङ, ११ सेप्टेम्बर (टेलेसुर) । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बोलिभारियाली गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो सेप्टेम्बर ८–१४ मा चीनको भ्रमणमा हुनुहुन्छ । सिन्ह्वा समाचार संस्थासितको अन्तर्वार्तामा भेनेजुयाली नेताले आफ्नो देश र एसियाली राष्ट्रबिचको रणनीतिक सम्बन्धका विभिन्न पक्षहरूबारे प्रकाश पार्नुभयो ।
“चीन र भेनेजुयला, मैत्री सम्बन्धको आनन्द लिइरहेका र साझा गन्तव्य साझा गर्दै दुवै देश शान्ति, विकास र सहयोगको लागि प्रतिबद्ध छन् । चीन र भेनेजुयलाबिच एक उदाहरणीय सम्बन्ध छ,” उहाँले भन्नुभयो ।
“चीन र भेनेजुयलाका सरकार र जनताबिचको सम्बन्ध आपसी विश्वास, साँचो भाइचारा र साझा विकासका लागि सहयोगको सम्बन्ध हो भन्ने मेरो विश्वास छ ।”
द्विपक्षीय सम्बन्धलाई फलदायी भएको बताउँदै राष्ट्रपति मादुरोले भेनेजुयलाले विभिन्न सभ्यताले बनेको विश्वको विविधतालाई सम्मान गर्ने मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने चीनको दृष्टिकोणलाई दृढतापूर्वक समर्थन गर्ने बताउनुभयो ।
“राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेको मार्गले अर्थतन्त्र, व्यापार, संस्कृति – सबै पक्षमा मानिसहरूलाई एकताबद्ध गर्दै छ र औपनिवेशिकता र साम्राज्यवादको पुरानो संसारलाई पछाडि छोड्ने जग बसालिरहेको छ,” नेता मादुरोले औंँल्याउनुभयो र कोभिड–१९ महामारीको समयमा चीनका कार्यहरू स्मरण गर्नुभयो ।
“हामीले चीनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौंँ । महामारीको समयमा, अमेरिकी साम्राज्यवादले भेनेजुयलाविरुद्धको नाकाबन्दीलाई ध्यानमा राखेर चीन नआएको भए औषधि, सेनेटरी वस्तुहरू न त खोप नै आइपुग्ने थियो,” उहाँले सम्झनुभयो ।
अमेरिका र अन्य पश्चिमी शक्तिहरूले लगाएको ९५० भन्दा बढी अवैध प्रतिबन्धहरूअन्तर्गत भेनेजुयलाको सङ्घर्षलाई ध्यानमा राख्दै दक्षिण अमेरिकी देशको लागि चीनको साथ र समर्थन आवश्यक छ ।
मादुरोले भेनेजुयलालाई ती ‘अवैध र आपराधिक’ प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्ने चीनको साहसको लागि गहिरो प्रशंसा व्यक्त गर्नुभयो । भेनेजुयलाले अमेरिकी साम्राज्यवादको दमनको प्रतिरोध गरेको छ र त्यस्ता आक्रमणहरूबाट पुनः प्राप्ति गर्न सक्षम रहेको देखाएको छ, उहाँले भन्नुभयो ।
“हामी उत्पादनशील विविधीकरणमा आधारित नयाँ आर्थिक मोडेलको निर्माणमा अगाडि बढिरहेका छौँ, अन्तर्राष्ट्रिय समुदायले बहुध्रुवीय संसारमा प्रवेश गर्न मद्दत गर्ने ऐतिहासिक अवसरको सामना गरिरहेको कुरामा जोड दिँदै छौँ, जहाँ कुनै एक देश वा समूह हाबी हुनेछैन । ” भेनेजुयाली नेताले भन्नुभयो ।
“यति धेरै शताब्दीको सङ्घर्षपछि २१ औँ शताब्दीमा मात्रै हामीले साम्राज्यवाद वा उपनिवेशवादबाट मुक्त विश्वको सम्भावना देखेका छौंँ ।”
दर्जनौँ उदीयमान राष्ट्रहरूले मानवतालाई पुनर्मिलन गर्न र सुख, समानता, स्वतन्त्रता र लोकतन्त्रको अधिकार पुनः प्राप्त गर्न मद्दत गरिरहेका छन्, उहाँले ती प्रयासहरूमा चीनको अग्रपङ्क्ति भएको भन्दै प्रशंसा गर्नुभयो ।
चिनियाँ जनतालाई दिएको सन्देशमा मादुरोले सम्पूर्ण मानवताका लागि मातृभूमि निर्माण गर्न आह्वान गर्नुभएको छ, “जहाँ हामी भेट्न सक्छौँ, एकअर्कालाई चिन्न सक्छौँ र विकास, शान्ति र सहयोगको बाटो लिन सक्छौँ।”
Leave a Reply