नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
भक्तपुर, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको आतिथ्यतामा नेपाल कर्मचारी समाज भनपा–९ समितिको आयोजनामा समसामयिक राजनीतिबारे कर्मचारी भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा सांसद सुवालले कर्मचारीहरू नागरिकको सेवा गर्ने भावनाले समाजप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरूको नियमित मासिक तलब हुने भएकोले मद्यपान, धूमपान, बिमा, शेयर बजारलगायत कुलतमा फसाउने सम्भावना रहने र यसले गर्दा क्यान्सर रोगदेखि शेयर माफियाहरूको चङ्गुलमा परी घरखेत गुम्ने अवस्था आउनसक्नेतर्फ सचेत गर्नुभयो ।
उहाँले कर्मचारीहरूले बोलीव्यवहार र लवाइखवाइ असल हुने गरी सांस्कृतिक स्तर उठाउनुपर्ने र जनतालाई सम्झाउन सक्ने अथवा बैगुनीलाई गुणले तिर्न सक्ने व्यक्तित्व बन्नुपर्ने उहाँले भन्नुभयो । व्यवहार राम्रो भए घर–अफिसमा तनाव कम हुने र झगडा नहुने साथसाथै समाजमा उदाहरणीय र नमुना व्यक्ति बन्ने उहाँले बताउनुभयो ।
उहाँले भारतबाट आउने खाद्य पदार्थमा मिसावट हुनले मृगौला र क्यान्सर रोगबाट ग्रसित भई मृत्युवरण गर्नुपर्ने हुनाले सतर्क रहन जोड दिनुभयो । उहाँले आर्थिकरूपमा नाफा बढाउन र रणनीतिकरूपमा देश कब्जा गर्न भारतले फास्ट ट्रयाक बनाएको बताउनुभयो । सबैजना काठमाडौँ उपत्यकामा ओर्लिँदा प्रदूषणलगायत खानेपानी र खाद्यान्न अभाव, सरसफाइमा समस्या भई विभिन्न रोगहरू निम्तिन सक्ने औँल्याउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूतले नेपालको विद्युत् सस्तोमा भारत लाने र महँगोमा खरिद गर्नुपर्ने भनाइ राखेर नेपालको हितमा बोलेको सांसद सुवाले चर्चा गर्नुभयो । यसको विपरीत भारतले नेपालको सिमाना मिचेको, भूकम्पको समयमा नाकाबन्दी गरेको, कोरोनाको समयमा नेपालको स्वीकृति नलिई नेपालको भूमि मिचेर मानसरोबर जाने बाटो बनाएको उहाँले बताउनुभयो । त्यतिबेला बोल्न नसक्नेहरूले नै अहिले चिनियाँ राजदूतको भनाइको विरोध गरिरहेकोमा उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एमसीसीमार्फत् नेपालमा अमेरिकी सेना आए चारपाटा मुडेर मुग्लान कटाउनु भन्नेहरू अहिले अमेरिकी सेना आउँदा चुइँक्क बोलेनन् ।” उहाँले संयुक्त राष्ट्रसङ्घमा रुसविरुद्ध अमेरिकाको पक्षमा युक्रेनलाई मत दिनु असंलग्नताको सिद्धान्तविरुद्ध हुनाले नेपाल अर्को युक्रेन बन्नसक्ने सम्भावना औँल्याउनुभयो । दलाई लामाको पछाडि अमेरिकी साम्राज्यवाद भएको विचार राख्दै उहाँले चीनविरुद्ध उपद्रोव गराउन अमेरिकी पैसाले भारतमा आश्रय लिइरहेको बताउनुभयो । ललिता निवास काण्डलाई नेपाल प्रहरीले सङ्गठित अपराध भनिरहँदा सरकारी वकिलको कार्यालयले प्रधानमन्त्रीको निर्देशनमा तथा महान्यायाधिवक्ताको आदेशमा किर्तेको मुद्दा चलाई समग्र मुद्दालाई नै कमजोर पारी अपराधी छुटाउने प्रपञ्च रचिएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पार्टीको नीतिअनुसार पेसागत सङ्गठनले कर्मचारीहरूबिच पार्टीको सिद्धान्त, विचार र उद्देश्य पु¥याउनुपर्नेमा जोड दिनुभयो । कर्मचारी समाज टे«ड युनियनवादी नभई समाजवादी क्रान्तिको लागि सङ्घर्ष गर्ने सङ्गठन रहेको उहाँले बताउनुभयो । उहाँले नाफाको निम्ति युद्ध थोपरेर हतियार व्यापार गर्नु नै अमेरिकाको प्रजातन्त्रको चरित्र भएको प्रस्ट पार्नुभयो । उहाँले भागबन्डा गर्न नपाउने भएकोले ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिएको एकजना भक्तपुरका सभासद् थापाले बोलेकोबाट अथ्र्याउन सकिने बताउनुभयो । उहाँले शिक्षा–स्वास्थ्यको लागि भनपाले कलेज र अस्पताल स्थापना गरेको बताउनुभयो ।
नेपाल कर्मचारी समाज भनपा–९ वडा समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा राम छुस्याकी, विकास प्रजापति र हरिकृष्ण दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply