इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
जर्जी दिमिट्रोभ एक अन्तर्राष्ट्रवादी साम्यवादी थिए । सन् १८८२ जून १८ को दिन उनी बुल्गेरिया (Bulgeria) को राजधानी सोफिया (Sofia) नजिकैको कोवाचेन्त्सी गाउँमा जन्मिएका थिए । उनी एक गरिब परिवारबाट आएका थिए । स्वअध्ययनबाटै उनी २० औँ शताब्दीका एक ठूला र चर्चित अन्तर्राष्ट्रवादी व्यक्तित्वको रूपमा स्थापित भए । उनका बुबा डिमिटेर मिखाइलोव एक पसले र परिश्रमी व्यक्ति थिए र निरक्षर आमा पारश्केवा दोस्सेवा मेहनती, छोराछोरीलाई माया गर्ने र जालीझेली काम मन नपराउने खालकी थिइन् । उनका चार दाजुभाइ र दुई बहिनी थिए । तीन भाइ विभिन्न सङ्घर्षमा शहीद भए र दुई बहिनीहरू पनि कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।
उनले १२ वर्षको उमेरमै गरिबीको कारण पाठशाला छोडे र एक छापाखानामा काम गरे । एक साधारण कम्पोजिटर हुँदै पछि उनी प्रेसको मिस्त्री वा प्राविधिक कामदार बने । १३ वर्षकै उमेरमा उनी मजदुरवर्गको सङ्घर्षमा लागे । छापाखानामा छापिएका साहित्य, समाचार वा अन्य सामग्रीहरू पढ्दै उनी छापाखाना सङ्घको सदस्य बने । उनले विस्तारै राजनैतिक र सैद्धान्तिक शिक्षा पनि सङ्गठनबाट पाउँदै गए । पेशा प्रेसको र सक्रियता मजदुर सङ्घको हुँदै उनी श्रमिक सङ्घको नेतृत्व तहसम्म पुगे । छिट्टै उनी क्रान्तिकारी मजदुर सङ्घ र समाजवादी आन्दोलनका सहयात्री बने । प्रेसको कामपछि उनी पार्टी विद्यालयमा अध्ययन गर्न जान्थे ।
२० वर्षको उमेरमा अर्थात् सन् १९०२ तिर उनी बुल्गेरियाली कामदार सामाजिक प्रजातान्त्रिक पार्टी (Bulgarian Workers Social Democratic Party) को सदस्य बने । बिस्तारै उनले देशको विभिन्न भागमा गई मजदुरहरूको सङ्गठन गरे र उनी त्यस पार्टीको सक्रिय कार्यकर्तामध्ये एक भए । बुल्गेरियाका माक्र्सवादी पार्टीका संस्थापक डिमिटेर ब्लागोएव र उनका सहयोगी जर्जी किर्कोभको निर्देशनमा उनी हुर्के ।
सन् १९०९ मा उनले एक पत्रकार र मजदुर आन्दोलनकी कार्यकर्ता ल्यूवा इबोशेविकसँग विवाह गरे ।
एक–एक पाइला गरेर उनी त्यस पार्टीको वामपन्थी पक्षको अग्रदूत भए । सन् १९०९ मा सलाई र तामाखानीको मजदुर हड्तालमा जाँदा गोली चल्यो, उनी रौँ प्रमाणले बचे ।
उनको अगुवाइले त्यस पार्टीलाई कम्युनिस्ट पार्टीमा फेरिदियो । सन् १९१३ देखि २३ सम्म उनले कम्युनिस्ट पार्टीको संसद्मा प्रतिनिधिको रूपमा काम गरे । उनी ३१ वर्षको उमेरमा सांसद भए र १० वर्ष अर्थात् ४१ वर्षको उमेरसम्म उनले संसद्मा मजदुरवर्ग र साम्यवादी राजनीतिको निम्ति वर्गीय र राजनैतिक सङ्घर्ष गरे ।
सन् १९२३ जून महिनामा व्यक्तिवादी र अन्धराष्ट्रवादी पुँजीवादी विचारका बुल्गेरियाली फासीवादीहरूले शासन सत्ता कब्जा गरे । जर्जी दिमिट्रोभले त्यसको विरोधमा विद्रोह गरे । तर, उनको विद्रोह असफल भयो र उनी भूमिगत हुन बाध्य भए । फासीवादीहरूले उनलाई पक्राउ गर्न नसकेपछि उनलाई मृत्युदण्डको सजायको घोषणा गरे तथा उनलाई देशको नागरिकताबाट समेत बञ्चित भएको घोषणा गरे । त्यसको अर्थ उनी देशनिकालामा परे ।
उनी आफ्नो देशबाट युरोपका विभिन्न देशमा बसी साम्यवादी राजनैतिक गतिविधि गर्दै गए । सन् १९२९ मा ४७ वर्षका उमेरमा उनी जर्मनीको बर्लिन (Berlin) गए ।
सन् १९३३ को फेब्रुअरी महिनामा हिटलर (Hitler) जर्मनीको चान्सलर बन्यो । हिटलर संसद्लाई ‘मूर्खहरूको भीड’ र ‘गफ गर्ने थलो’ भन्थ्यो । त्यसकारण, उसले जर्मनीको प्रतिनिधिसभा राइखस्टाग (Reichstag) मा आगो लगाई पूरै ध्वस्त बनायो र त्यसको दोष कम्युनिस्टहरूलाई लगाई कम्युनिस्ट पार्टीको कार्यालयमा हमला गयो । त्यो एक प्रकारको षड्यन्त्र थियो ।
तुरुन्तै हिटलरले कम्युनिस्टहरू, सामाजिक प्रजातन्त्रवादीहरू, श्रमिक सङ्घवादीहरू र प्रगतिशीलहरूको विरुद्ध दमनचक्र चलायो, प्रतिबन्ध लगायो र नाजीहरूको एकतन्त्री शासन चलायो ।
जर्जी दिमिट्रोभ पनि पक्राउ गर्नुपर्नेहरूको सूचीमा थिए र उनीमाथि ‘हिंसालाई भड्काई जर्मनीको राज्यव्यवस्था उल्टाउने कोसिस गरेको’ र ‘विद्रोहको प्रतीकको रूपमा राइखस्टागमा आगो लगाउने काम गरेको’ भन्ने दुइटा अभियोग थियो । ती दुवै मुद्दामा उनलाई मृत्युदण्डको सजाय हुन्थ्यो ।
उनी पक्राउ परे र महिनौँसम्म हातमा हत्कडी बाँधिएकै अवस्थामा आफ्नो आत्मरक्षाको तयारीमा लागे । अनेक बहस, छलफल र प्रमाणहरूपछि उनी निर्दोष सावित भए । त्यस घटनाले संसारका सबै न्यायप्रेमी र प्रजातन्त्रवादीहरूले विजयको अनुभव गरे ।
जर्जी दिमिट्रोभले अदालतमा नाजी जर्मनीका क्याविनेट मन्त्री हर्मन गोयरिङ्ग (Herman Goering) लाई अदालतमा उपस्थित भई प्रमाण प्रस्तुत गर्न हाँक दिए । अदालतको कठघरामा उभिएर जर्जी दिमिट्रोभले दिएको त्यो हाँक सा¥है रोमाञ्चकारी भएको त्यसबेला व्यापक चर्चा चल्यो ।
मुद्दा जर्मनीको लिपजिग (Leipzig) सहरस्थित अदालतमा चलेको थियो । लिपजिगका सहर नाजी सिपाहीहरूबाट भरिभराउ थियो । अदालत जाने बाटोमा नाजी सेनाले गोयरिङ्गलाई सलामी दिएर स्वागत गयो । तर, जर्जी दिमिट्रोभको अनेक व्यङ्गयात्मक प्रश्नहरूको वाणहरूको प्रहारले नाजी नेता आच्छुआच्छु प¥यो । उनले अभियोगलाई उल्टाउँदै संसद् भवनको अग्निकाण्डमा गोयरिङ्ग आफैँ जिम्मेवार भएको ठह¥याउन सफल भए । तर्क र सच्चाइबाट पराजित भएर नाजी नेता गोयरिङ्ग रिसाएर अदालतबाट बाहिर निस्क्यो ।
जर्जी दिमिट्रोभ अदालतबाट निर्दोष घोषित भए । तर, उनको नागरिकता छिनिएको हुँदा राज्यविहीन थिए । फेरि उनी नाजी गुप्तचर प्रहरी गेस्टापो (Gestapo) बाट पक्राउ परे र जेलमा लगिए । उनी त्यसबेलासम्म एक अन्तर्राष्ट्रिय नेताको रूपमा स्थापित र चर्चित भइसकेका थिए । तर, नाजी हिटलरको डरले सितिमिति कुनै देशले उनलाई शरण दिन आँट गर्दैनथ्यो । विभिन्न देशले उनको शरणको निवेदनलाई अस्वीकार गरे ।
तर, सोभियत सङ्घले स्वेच्छाले उनलाई नागरिकता प्रदान ग¥यो, उनको रिहाइको माग पनि बढ्दै गयो । यसरी उनको व्यक्तिगत जीवनका कठिनाइहरूको अन्त भयो । तर, उनको अन्तर्राष्ट्रवादी जिम्मेवारी कम कठीन थिएन । उनी सोभियत सङ्घमा बसेर विश्व कम्युनिस्ट आन्दोलनमार्फत नाजीवाद र फासीवादको विरोधमा सारा संसारलाई एक गर्ने कार्यमा लागिरहे ।
सन् १९४५ को अन्ततिर नाजी जर्मनीको सैन्यबलको पराजय भयो । जर्जी दिमिट्रोभ विजयोल्लासका साथ बुल्गेरिया फर्के । त्यहाँ प्रतिनिधिसभाको निर्वाचन भयो र उनी पुनः संसद्मा विजयी भए । साथै सन् १९४६ मा पहिलो समाजवादी प्रधानमन्त्री भए । त्यसबेला उनी ६४ वर्षको प्रौढ थिए । युवावस्थाको धेरै दुःख–कष्टले उनको शरीर निर्बलियो हुँदै गएको थियो । उनी बरोबर बिरामी भए र सन् १९४८ मा उनी बिते ।

जर्जी दिमिट्रोभको योगदान
जर्जी दिमिट्रोभको विशिष्ट क्षमता, इच्छाशक्ति र चारित्रिक बलमा कुन कुन तत्वको सहयोग थियो भन्नेबारे जानकारी प्राप्त गर्नु चाखलाग्दो हुनेछ ।
छापाखानामा काम गरेदेखि नै उनले रुस, जर्मनी, स्पेन, बेलायत र स्कटल्याण्ड तथा विश्वका प्रसिद्ध लेखकहरूका कृतिहरूको धेरै अध्ययन गरेका थिए ।
ग्यालिलियो (Galilio), होमर (Homer), सोफोक्लिज (Sophocles), दाँते (Dante) का रचनाहरू र उपलब्ध सबै माक्र्सवादी रचनाहरूको अध्ययन गरेर उनले आफ्नो मुद्दाको बहसमा ती सबै सांस्कृतिक धरोहरहरूको सशक्तरूपले प्रयोग गरे । उनले भनेका थिए, “म सधैँ जहाँ पनि सिक्छु । जेलमा बसेको बेलामा पनि मैले सिकेँ र लिपजिग कठघरामा उभिरहेको बेलामा पनि मैले सिकेँ ।”
उनले आफ्नो व्यावहारिक र बौद्धिक क्षमताको सार निकाल्दै भने, “मैले विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरेको होइन, बरु मेरो जीवनबाट प्राप्त गरेको हुँ ।” उनी कामदारवर्गका एक सांस्कृतिक योद्धा थिए । उनले तत्कालीन दृष्टिकोण र विगतका सैद्धान्तिक मूल्य–मान्यताहरूबिच बनावटी सीमा कोरेनन् ।
हृष्टो बोटेभ (Hristo Botev) लाई उनी बुल्गेरियाली क्रान्तिकारी कवि तथा राष्ट्रिय भूमिका योद्धाहरूको लामो सूचीको एक दूरदर्शी वीरहरूमध्येका वीर मान्दथे । सन् १९७६ मा टुर्केली फौजहरूसँग पहाडी क्षेत्रको भ्रात्सा (Vratsa) नगरमा भएको भिडन्तमा बोटेभ
(Botev) मारिएका थिए । जर्जी दिमिट्रोभजस्तै बोटेभ पनि आफ्नै आस्थाका कारणले बितेका थिए ।
राष्ट्रिय मुक्तिको सङ्घर्षका अग्रज हादजि डिमिटर (Hadji Dimiter) प्रति समर्पित हुँदै बोटेभले आफ्नो कविता लेखे – ‘स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्दै जो ढल्छ, त्यो कहिले मर्दैन ।’
राज्यको सम्पत्तिको ‘फोहोरी’ (Siraze) शब्द भित्रिनुभन्दा पहिले बोटेभले आफ्नो व्यङ्ग्यात्मक कवितामा लालचको प्रेरक शक्तिबारे पूर्व अनुमान गरेका थिए –
उसले हरेकलाई असल गर्छ
खालि पैसालाई ध्यानमा राखेर,
त्यो खालि मानिस हो – अरू को होला ?
जसले आफ्नो आत्मालाई पनि बेच्नेछ ।
समाजको प्रगतिशील विकासको पक्षमा नैतिक बलवारे जर्जी दिमिट्रोभले सेर्भान्ट (Cervante) द्वारा लिखित स्पेनियाली व्यङ्ग्यात्मक उपन्यास ‘डन क्वीजोट्’ (Don Quixote) लाई ‘सामन्ती व्यवस्था र निरङ्कुशतन्त्रविरुद्ध पुँजीपतिहरूका हातको सबभन्दा बलियो हतियार’ को रूपमा लिँदै ‘क्रान्तिकारी सर्वहारावर्गलाई सङ्घर्षमा उस्तैखाले हतियार दिन सक्ने सेर्भान्टेलीहरू (Cervantes) को खाँचो भएको’ उनले सार खिचे ।
अन्तिम पटक जेलबाट रिहा भएपछि उनले मानव जातिको सबभन्दा ठूलो खतरा फासीवाद र युद्धको विरोधमा संयुक्त जनमोर्चाको निर्माण गर्न सङ्घर्षलाई अथकरूपले चालु राखे ।
जनताबिचको गतिविधिको विकल्पमा क्रान्तिकारी शब्दहरूलाई सुगारटाइ गर्नेहरूको उनले सफलतापूर्वक विरोध गरे । उनले भने, “हामीले आफूलाई खालि सर्वहारावर्गको शासनको निम्ति सङ्घर्षका अपिलहरूमा सीमित राख्नुहुन्न । समुदायको महत्वपूर्ण आवश्यकताहरूबाट उब्जेको र विकासको वर्तमान स्थितिमा जनसमुदायको सङ्घर्षको क्षमतासँग मेल खाने ती नाराहरू र सङ्घर्षका स्वरूपहरूलाई पत्ता लगाउनुपर्छ र ती नाराहरूलाई अगाडि बढाउनुपर्दछ ।”

बुल्गेरियाली र जर्मन फासीवादबाट अनुभव प्राप्त गर्दै उनले फासीवादको एकरूपताको आवश्यकतालाई अस्वीकार गर्दै विविध कारणहरूले यसमा विविधता ल्याउँछ भनी विश्लेषण गरे ।
बेलायत र ओस्वाल्ड मोस्ले (Oswald Mosley) तथा त्यहाँको कालो कमिज लगाउने बेलायती फासीवादी सङ्घबारेका लेखहरूमा दिमिट्रोभको विचार थियो, “फासीवादी खतरासँगको सङ्घर्षको अर्थ मुख्यतः रामसे म्याक डोनाल्ड राष्ट्रिय सरकार (Ramsay MC Donald National Government) र त्यसको प्रतिक्रियावादी पाइलाहरूको विरुद्ध सङ्घर्ष गर्नु हो । पुँजीको अपराधसँग सङ्घर्ष गर्नु हो र बेरोजगारहरूको मागहरूको निम्ति सङ्घर्ष गर्नु हो, ज्याला कटौतीविरुद्ध र बेलायती श्रमजीवीहरूको जीवनस्तरलाई तल झार्ने बेलायती पुँजीपतिवर्गलाई सहयोग पु¥याउने सबै ऐनहरूको विरुद्ध सङ्घर्ष गर्नु हो ।”
उनले जोड दिए, “यदि हामी माक्र्सवाद–लेनिनवादका सिद्धान्तहरूमा पारङ्गत हुने हो भने यस विज्ञानले सबै परिस्थितिमा सधैँको निम्ति, सबै देशहरूकै निम्ति आदेशको रूपमा होइन कार्यलाई मार्गदर्शनको रूपमा सेवा गर्नेछ । त्यस्तो आदेश भन्ने कुरा कहीँ छैन, न त हुनेछ । दोस्रो विश्वयुद्धलाई रोक्नको निम्ति उनले गरेका अटुट प्रयासहरू र व्यापक जन–आन्दोलनहरू धेरै ढिलो भएको कारणले नचिताएको सर्वनाश र सशस्त्र फौजहरू र नागरिकहरूको बृहत हत्यालाई रोक्न ढिलो भइसकेको थियो ।
आधुनिक सबै युद्धहरू र त्यसका अत्याधुनिक हतियारहरूले निर्माण गरेको व्यापक प्रविधिको फड्कोलाई समाजको हितको निम्ति प्रयोग गर्न सकिन्थ्यो । तर, ती सबै उत्पादन र कार्यहरू नाफा थुपार्नको लागि मात्र प्रयोग गरिएको हुँदा त्यसले गरिब र धनीबिचको खाडललाई झन् फराकिलो पा¥यो ।
उच्च एकाधिकारको अहिलेको युगमा पनि उनको विवेक, दृढता र नेतृत्वबाट हामीले धेरै कुरा सिक्नु छ ।
उनले जस्तै हामीले पनि हाम्रो इतिहास, संस्कृति र संस्थाहरूको प्रगतिशील पक्षको निर्माण गर्नुपर्छ र कठीन परिश्रमले हासिल गरेका प्रजातान्त्रिक उपलब्धिहरूको रक्षा गर्नुपर्छ ।
समाजवादी भविष्यतिर बढ्नको लागि यो एक पूर्वशर्त हो ।
स्रोत : राइखस्टाग आगलागी मुद्दा
Leave a Reply