भर्खरै :

भनपा अरू नपाभन्दा धेरै फरक छ

भनपा अरू नपाभन्दा धेरै फरक छ

पार्टीको घोषणापत्रलाई व्यवहारमा लागु गर्ने नगरपालिका हो भक्तपुर । यसलाई मार्गदर्शन गर्ने व्यक्ति हुन् नारायणमान बिजुक्छेँ (रोहित) । प्रधानमन्त्री बन्न अफर गर्दा अस्वीकार गर्ने नेपालमा दुई जना व्यक्ति देखिए† गणेशमान सिंह र नारायणमान बिजुक्छेँ । भक्तपुर नगरपालिकामा लामो समयदेखि यी नै बिजुक्छेँको राजनीतिक पार्टी नेपाल मजदुर किसान पार्टीले स्थानीय तह समाल्दै आएको छ । नेमकिपा अरू दलहरूभन्दा पृथक देखिन्छ । त्यस्तै, भक्तपुर नगरपालिका पनि अरू नगरपालिकाभन्दा धेरै कुरामा फरक छ ।
(१) भक्तपुर नगरसँग जोडिएको सूर्यविनायक नगरपालिकामा हप्तामा ३ दिन फोहोर उठाइन्छ र प्रतिपरिवार महिनाको रु. ३५० को दरले प्रत्येक घर धनीले १ वर्षमा १३ महिनाको कुल रु. ४५५० बुझाउनुपर्छ जबकि भक्तपुर नगरपालिकामा प्रत्येक दिन ३ पटक सरसफाइ हुन्छ र महिनाको रु. ५० को दरले वर्षमा ६०० बुझाए पुग्छ ।
(२) काठमाडौँ उपत्यकाका भक्तपुरबाहेक सबै नगरपालिकाले फोहोर नुवाकोटको सिसडोलमा पठाउँछन् । त्यहाँ गडबड हुनासाथ फोहोर उठ्न छोड्छ । तर, भक्तपुर नगरपालिकाले आफँै फोहोर प्रशोधन गर्दछ, कहिल्यै सिसडोल पठाउँदैन, मल बनाएर सुपथ मूल्यमा बिक्री गर्दछ ।
(३) नगरभित्र सरसफाइ, ढुङ्गा बिछ्याइएका बाटा सम्पदा संरक्षणबाट पर्यटकलाई आकर्षित गरी बर्सेनि रु. ३० करोडको हाराहारी आम्दानी गर्दछ ।
(४) नगरपालिकाले ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षणमा योगदान गर्दछ ।
(५) शिक्षामा नगरपालिका वा नेमकिपाले विशेष चासो राखेको छ । नगरका कति सामुदायिक विद्यालयहरू निजीभन्दा अब्बल छन् । सामुदायिक विद्यालयमा भर्नाको चाप बढ्दै छ । सामुदायिक विद्यालयको सार उठाउन भनपाले निरन्तर प्रयास गर्दैछ । कुनै पनि बन्द, हडतालले विद्यालय सञ्चालनमा बाधा पुग्दैन ।
(६) नगरपालिकाले ख्वप इन्जिनियरिङलगायतका कलेज सञ्चालन आफैँले गरेको छ, जहाँ सस्तो शुल्कमा देशभरका विद्यार्थीले गुणस्तरीय शिक्षा पाएका छन् ।
(७) उच्च शिक्षाको लागि गरिब तथा जेहेनदार विद्यार्थीलाई नगरपालिकाले निब्र्याजी ऋण उपलब्ध गराउँछ, अध्ययन सकेर कमाएर तिर्न सकिन्छ ।
(८) घर, टोल, विद्यालयहरूमा नर्सहरू पठाएर स्वास्थ्य परीक्षण गर्ने, सुझाव र सल्लाह दिने व्यवस्था मिलाइएको छ ।
(९) विशेषज्ञ चिकित्सकले परीक्षण गर्न अन्यत्र रु. ८०० लिन्छन् भने भक्तपुर नपामा रु. ८० मा परीक्षण हुन्छ ।
(१०) भक्तपुर नगरपालिकाभित्र कुनै पनि सार्वजनिक निर्माण कार्य ठेक्का प्रथाबाट गरिँदैन । स्थानीय व्यक्तिहरू रहेको उपभोक्ता समितिले निर्माण कार्य गराउँछ । सांसद, मेयर र जनप्रतिनिधिहरू जनसेवक हुन् । उनीहरूले पद, प्रतिष्ठा देखाउने, धन आर्जन गर्नेजस्ता पुँजीवादी विकृति देखाउन पाउँदैनन् । तोकिदिएको रकमले गुजारा गर्ने र तोकिदिएको काम गर्नुपर्ने दायित्व हुन्छ ।
(११) भक्तपुरमा ठूला ठूला पोखरीहरू पर्याप्त छन्, जहाँ माछापालन हुन्छ, पोखरीले आसपासको जमिन रसिलो बनाउँछ, साथै बाइक साइक्लिङ हुन्छ ।
(१२) भक्तपुरको जनज्योति पुस्तकालयमा पर्याप्त पुस्तक र पत्रपत्रिकाहरू छन् । त्यहाँ इन्टरनेटको व्यवस्था छ । बेलुकी ६ बजेसम्म खुला रहन्छ । यसको प्रबन्ध नगरपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *