हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
– लु सुनको जन्म सन् १८८१ सेप्टेम्बर २५ को दिन चीनको चच्याङ प्रान्तको शाओशिङमा भएको थियो । त्यतिबेला चीन अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थामा थियो । आफ्नो देश र विदेशी बचाउने उपाय खोज्दै सन् १८९८ मा लु सुन नानकिङको एक विद्यालयमा भर्ना भए ।
– आफ्नो शिक्षालाई जारी राख्न सन् १९०२ मा उनी जापान गए । यही दौरानमा उनी छिङ वंशको शासन सत्ता पल्टाउने क्रान्तिकारी कारबाहीमा निकै जोश र जाँगरका साथ भाग लिँदै थिए र उनको क्रान्तिकारी जनवादी विचारमा ठोस रूप लिइसकेको थियो । ‘आत्म छवि’ शीर्षकको आफ्नो कविता उनले साम्राज्यवाद र साम्राज्यवादको साङ्लोबाट मातृभूमिलाई मुक्त गर्न आफ्नो जीवन बलिदान गर्ने सङ्कल्प गरिसकेका थिए ।
– लु सुनले जापानमा चिकित्सा विज्ञानको शिक्षा प्राप्त गरिरहेका थिए । एकपटक उनले एक ‘चलचित्र’ हेरे, जसमा साम्राज्यवादीहरू कसरी चिनियाँ जनतामाथि अत्याचार गर्दछन् र कसरी निर्ममतापूर्वक उनीहरूको हत्या गरिरहेछ भन्ने कुरा देखाइएको थियो । यो देखेर लु सुन निकै क्रोधित भए र जनतालाई जागृत गर्नु अत्यन्त जरूरी रहेको महसुस गरे । यो घटनापछि उनले कला साहित्यलाई हतियारको रूपमा प्रयोग गरी सङ्घर्ष गर्ने ठहर गरे ।
– सन् १९११ मा डा. सन यात–सेनको नेतृत्वमा प्रजातन्त्रवादी आन्दोलन उठ्यो । त्यस समयमा लु सुन शाओशिङ सहरको एक मेडिकल (चिकित्सा) विद्यालयमा पढाउँदै थिए । उनले क्रान्तिको निम्ति विद्यार्थीहरूलाई सङ्गठित गरी एक प्रचार समूह तयार गरे । तर, केही समयपछि उनी निराश भए किनभने पुँजीपतिवर्गले सम्राटलाई मात्र भगायो र बाँकी सबै कुरा जस्ताको तस्तै रह्यो ।
– १९१९ मा ‘चार मई’ आन्दोलन उठ्यो । सर्वहारावर्गको नेतृत्वमा भएको सो जनवादी क्रान्तिमा लु सुन बडो सक्रियतापूर्वक सहभागी भए । उनले साम्राज्यवादी एवं सामन्ती संस्कृतिका विरूद्ध चर्काे सङ्घर्ष गरे ।
– १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी चीनको राजनीतिक मञ्चमा देखियो । लु सुनले क्रान्तिको लागि आवाज बुलन्द गर्ने घोषणा गरे । उनी सर्वहारावर्गको नेतृत्वमा थालिएका क्रान्तिकारी सङ्घर्षमा जुटे र अन्तसम्म लडिरहे ।
– १९२५ मा देशभरका मजदुर एवं किसानहरूको आन्दोलनको प्रभावमा पेइचिङ महिला नर्मल विश्वविद्यालयका छात्राहरू हडतालमा उत्रे र प्रतिक्रियावादी रेक्टरलाई निकाला गर्न उनीहरू माग गर्न थाले । लु सुन क्रान्तिकारी विपक्षमा खडा भए र उत्तरी युद्ध सरदारहरूको सरकार र सांस्कृतिक क्षेत्रमा उसका पिछलग्गूहरूसँग दृढतापूर्वक सङ्घर्ष गरिरहे ।
– १९२७ अप्रिलमा प्रतिक्रियावादी कोमिङताङले क्रान्तिसँग गद्दारी ग¥यो र चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू र क्रान्तिकारी जन–समुदायहरूको नरसंहार सुरू ग¥यो । त्यस समयमा क्वाङचाओको सनयातसेन विश्वविद्यालयका निकै क्रान्तिकारी विद्यार्थीहरू पनि गिरफ्तारमा परे । गिरफ्तारमा परेका विद्यार्थीहरूको रिहाइको निम्ति लु सुनले भरपुर प्रयास गरे ।
– “यदि कोही वामपन्थी लेखक सिर्फ अस्पष्ट शब्दमा बोलिरहन्छ, मजदुर र किसानहरूसँग घनिष्ठ सम्बन्ध राख्न क्रान्तिकारी कार्यमा सरिक हुन असफल हुन्छ भने ऊ सजिलै दक्षिणपन्थी लेखकको रूपमा परिणत हुन्छ,” लु सुन भन्थे । उनी वाङमिङको वामपन्थी अवसरवादी कार्यदिशाको चर्को खण्डन गर्थे ।
– १९३५ मा चिनियाँ मजदुर किसानको लाल सेना विजयका साथ उत्तरी सेन्सी पुगेको खबर पाउँदा लु सुन निकै खुसी भए र तुरून्तै अध्यक्ष माओ र कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको नाममा एक आवा पठाउँदै उनले भने, “मानव–जाति र चीनको भविष्य तपाईँहरूमा निर्भर छ ।”
– १९२६ मा केही प्रतिक्रियावादी साहित्यकारहरूले ‘राष्ट्रिय प्रतिरक्षाको साहित्य’ को पुँजीवादी नारा लगाए । यसको विरूद्ध लु सुनले ‘राष्ट्रिय क्रान्तिकारी युद्धको लागि लोकप्रिय साहित्य’ को सर्वहारा वर्गीय नारा बुलन्द गरे र ती प्रतिक्रियावादीहरूलाई नङ्गयाए ।
– लु सुनले इङ्गित गरेका थिए कि “क्रान्तिको लागि काम गर्ने क्रान्तिकारी नै हुनु आवश्यक छ ।” यो एकदम जरूरी छ कि “निकै सङ्ख्यामा नयाँ योद्धा तयार होस् ।” उनी नौजवानहरूलाई क्रान्तिका भविष्य सम्झन्थे । उनीहरूलाई यो कुराको लागि प्रोत्साहन दिन्थे कि आफ्नो देशको विषयमा ध्यान राखोस् र मजदुर एवं किसानहरूसँग मिलेर सङ्घर्षमा डटिरहोस् ।
– लु सुनले चिनियाँ जनताको मुक्ति कार्यको लागि आफ्नो सारा जीवन अर्पण गरे । उनले आफ्नो देहान्तको केही महिना पहिला ‘त्रोत्स्कीवादीहरूलाई जवाफ’ शीर्षकमा एक रचना लेखेका थिए । आफ्नो यस रचनामा उनले त्रोत्सकीको गद्दारीको पर्दाफास गर्दै माओको क्रान्तिकारी कार्यदिशाको समर्थन गरेका थिए । लु सुनको क्रान्तिकारी भावनाले हामीलाई सधैँ प्रोत्साहन दिइरहनेछ ।
नौलो आयाम, २०५५ बाट
Leave a Reply