विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बन्ने इच्छा लु सुनमा थियो । खराब ढङ्गबाट उपचार गरिएकै कारणले आफ्नो बुबाको असामयिक निधन भएको हो भन्ने बुझेपछि लु सुनको डाक्टर बन्ने इच्छा झन् तीव्र भयो । जापानमा अध्ययन गर्ने छात्रवृत्ति पाएका लु सुन जापानको सेन्ताईको चिकित्साशास्त्र कलेजमा भर्ना भए । स्नातकको उपाधि प्राप्त गरेपछि चीन फर्केर उनका बाजस्तै गलत ढङ्गले उपचार गरिएका रोगीहरूलाई निको पार्ने अथवा लडाइँ छेडियो भने सैनिक डाक्टरको रूपमा सेवा गर्ने योजना उनले बनाए । आफ्नो देशलाई मूर्खता र अज्ञानताको पछौटे अवस्थाबाट मुक्त गर्न विज्ञानको उपयोग गर्ने उनको आशा थियो । उनी चीनलाई स्वाधीन, समृद्धिशाली र शक्तिशाली बनाउन चाहन्थे । आफ्नो जीवनलाई सङ्कीर्णता र अन्धविश्वासको विरोध गर्न र जनताको निम्ति सुखी जीवनको निर्माण गर्न लगाउने उनको सङ्कल्प थियो । उनको विचारमा वैज्ञानिक विचारको तत्काल प्रचार गर्नुपर्ने काम बियाँलो गर्नै नहुने खालको काम थियो ।
लु सुन चिकित्सा कलेजमा दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यस वर्ष कलेजले जीवाणुशास्त्र भन्ने एउटा नौलो पाठ्यक्रम थपेको थियो । सबै जीवाणुहरू स्लाइडमा देखाइन्थे अनि कक्षा टुङ्गिने बेलाभन्दा अगाडि नै यो कार्यक्रमको एक अंश समाप्त भयो भने अरू कुनै स्लाइडहरू देखाइन्थ्यो । त्यसबेला रूस–जापान युद्ध भर्खरैमात्र समाप्त भएको थियो, अनि धेरैजसो स्लाइडहरू जापानी सैन्यवादीहरूले रूसमाथि प्राप्त गरेको विजयको प्रचारको विषयमा हुन्थे । यी स्लाइडहरूमा केही चिनियाँहरूका दृश्य पनि थिए । टिप्पणीमा भनिएअनुसार एक चिनियाँले रूसी पल्टनको लागि जासुसको काम गरेको आरोपमा जापानी सेनाले समातेर टाउको काटेको र अरू चिनियाँहरू केही वास्ता नराखी उभेर हेरिरहेको देख्नुभयो । त्यो त साँच्चिकै चिनियाँहरूको बदनामी थियो । स्लाइड हेर्नेहरूमा लु सुन एक जनामात्र चिनियाँ थिए । लु सुनबाहेक अरू सबै विद्यार्थीले थप्पडी बजाउँदै हर्ष बढाइँ गरे । तिनीहरूले आफूले देखेको जेसुकै कुरामा पनि हर्ष बढाइँ गरे, तर लु सुनलाई भने त्यस दिनको घटनाले असामान्यरूपले चिमोट्यो । उनले त्यसको धेरै दिनपछि पनि मानसिक शान्ति पाउन सकेनन् । उनी निदाउन सकेनन् । उनी अचाक्ली खिन्नतालाई हटाउन ठूलो स्वरमा गाउँथे, “कहिलेकाहीँ उनी चउरमा पल्टेर दिमाग खियाउने हर्कट गर्दा मानिसहरू किन पूरापूर उदासीन देखा परेका होलान् ? तिनले कसरी आफ्नै देशबन्धुहरूको हत्या भएको दृश्य यस्तो उदासिनताका साथ हेर्न सकेका होलान् ?”
वास्तविकताबाट लु सुनले सिकेको पाठले उनका पहिलेका अवास्तविक विचारहरूलाई धुजा धुजा पारिदियो । आफ्नो देशको मुक्तिको निम्ति पश्चिमा चिकित्सा विज्ञान अध्ययन गर्ने उनको सपना र युद्ध भएको बेलामा सैनिक डाक्टर बनेर उनको बुबाजस्ता रोगीहरूलाई निको पार्ने उनको सपना र युद्ध भएको बेलामा सैनिक डाक्टर बनेर उनको बुबाजस्ता रोगीहरूलाई निको पार्ने उनको अभिलाषालाई पनि उनले धुजा धुजा पारिदिए । त्यो घटनापछि चिकित्सा विज्ञान सबभन्दा महत्वपूर्ण कुरा होइन रहेछ भन्ने कुरामा उनलाई गहिरो विश्वास भयो । अज्ञान र कमजोर देशका मानिसहरू शारीरिकरूपले जतिसुकै बलिया र स्वस्थ भए पनि तिनीहरू यस्ता तुच्छ साधनका रमितेमात्र हुनेरहेछन् भन्ने कुरा उनले बुझे । त्यसकारण, तिनको भावनालाई फेर्नु सबभन्दा महत्वपूर्ण कुरा हो र यसो गर्नको लागि साहित्य नै सर्वोत्तम साधन हो भन्ने उनलाई विश्वास भयो । उनले चिकित्सा शास्त्रको अध्ययन छोडी साहित्यिक आन्दोलन चलाउने निधो गरे ।
नौलो आयाम, २०५५ बाट
Leave a Reply