कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपालका राजनीतिक पार्टीहरू पार्टी भनेको वास्तवमा के हो ? कि होइन ? कति बुझ्छन् ? यो नै मूल प्रश्न भएर उपस्थित भएको छ । पार्टी भनेपछि जनताको हो । हामीकहाँ त्यो उल्टो भइरहेको छ । २०७९ मङ्सिर ४ गते संसद्को निर्वाचन भए पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच भागबन्डा मिलाएर नौ महिनापछि ११ भदौमा मात्र संसदीय समितिहरू गठन गरिए । केही ठूला भनिने पार्टीहरू मिलेभने जे पनि हुने भयो । यसरी शासन व्यवस्था कहाँ सुचारू रूपमा चलेको छ र ? नेपालमा राजनीतिक जटिलतालाई गम्भीरतासाथ लिने गरिँदैन, नगण्यरूपमा मात्र लिइन्छ या हेलचेक्र्याइँ प्रायः हिन्द–प्रशान्त क्षेत्रमा देखापर्छ । यस क्षेत्रमा शक्ति राष्ट्रले जे गरे पनि हुन्छ भन्ने बुझेका छन् जो सही बुझाइ होइन । अनौठा अनौठा काम गर्छन् शक्ति राष्ट्रहरू । हिन्द–प्रशान्त क्षेत्रका सैन्य अधिकारीहरूको सम्मेलन भारतमा हुनुको तात्पर्य के ? सैन्य अधिकारी भनेको सैन्य अधिकारी नै हो । सैन्य अधिकारीको मनोविज्ञान अनौठो हुँदो रहेछ । यसको मूल्याङ्कन गर्न इच्छा भए म्यान्मार गए हुन्छ । आन्तरिक सूक्ष्म कुरा बुझ्दा यो म्यान्मारका अवकाश प्राप्त कर्णेलसँग बसउठ गरी कुरा गरे हुन्छ ।
दस हुन नौ नभई हुँदैन
प्रजातन्त्र भनेको आमरूपमा बहुमतको अधिनायकत्व मान्नु हो । यसको अर्को सन्देश अल्पमतको उपेक्षा गर्नु कदापि होइन । अल्पमतको पनि यथोचित सम्मान गर्नु जरूरी छ । मत भनेको मत नै हो । मतको सम्मान हुनुपर्छ । त्यही मत कहिले अल्पमतमा पर्छ भने कहिले बहुमतमा पनि पर्छ । अल्पमतको प्रस्तावलाई पनि बहुमतको निर्णयसाथ राख्नुपर्छ । समितिका निर्णायक बैठकहरूमा सरोकारवाला मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्छ । यो भनाइ हो भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रेम सुवालको । हाम्रो संसद् जुम्सो भो । निर्वाचन भएको नौ महिनासम्म भागबन्डा नमिलेर समितिहरू नै बन्न सकेनन् । संसदीय व्यवस्थामा संसदीय समितिहरूलाई मिनिसंसद् पनि भनिन्छ । कतिपय संसद्ले गर्ने काम मिनिसंसद्ले पनि गर्छ । देश आज लथालिङ छ । देशभरका ३४ हजार विद्यालयका ७० लाख बालबालिकाको पठनपाठन सुचारू भएको छैन । विद्यालयको दृष्टिमा एउटा विद्यार्थी हो तर विद्यार्थीको लागि ऊ एउटा सिङ्गो व्यक्ति हो । धेरै सिङ्गो एकाइ ऊ आफैँ हो । यो भनाइको तात्पर्य आत्मसात गरिएन भने सबै प्रयास शून्यमा झर्छ । यस्ता शून्य कुरा आजको शिक्षाले कति आत्मसात गर्छ, त्यो आफ्नै ठाउँमा छ । दस हुन नौ नभई हुँदैन ।
मेलो बसालौँ न ?
सांसद सुवालले विद्यालय शिक्षा विधेयकमा शिक्षकलाई राजनीति गर्न नपाउने व्यवस्थाको नाममा देशको सीमा अतिक्रमण, महँगी, भ्रष्टाचार एवं अनियमितता जस्ताको समेत विरोध गर्न नपाउने प्रावधान राख्नु अभिव्यक्ति स्वतन्त्रताकै हनन भएन र ¤ भन्ने प्रश्न गर्नुभयो । नेपाल सरकार देशको युवाशक्ति विदेशहरूमा निर्यात गर्दै छ । अब गाउँमा जन्ती जाने र मलामी जाने मान्छे भेट्टाउन धौ धौ भइसक्यो । विद्युत् आफैँलाई पुगेको छैन । आफ्नै मुलुकमा आफ्नै सस्तो बिजुली किनेर बिहान, बेलुकी प्रयोग गर्न पाए क्या मज्जा आउँथ्यो । वास्तवमा आत्मनिर्भरता भनेकै आफ्नै चामल, आफ्नै पानी, आफ्नै इन्धनको प्रयोग हो भन्छु म । यति धेरै औपचारिक संस्थाहरू राज्यले गठन गरेको छ । तर, परिणाम भने केही आउँदैन । पैसाको खोलो बगेको छ । कहाँबाट आउँछ त्यति धेरै पैसा ? पैसा खर्च गर्नेहरूले पनि सोच्नुप¥यो । त्यति धेरै पैसा खर्च गर्ने औकात छ कि छैन ? नेपालसँग खनिज छ, छैन, ऊर्जा छ, छैन, भए कति छ त्यो यकिन छैन । तसर्थ, भएको जल ऊर्जा सौर्य ऊर्जा र वायु ऊर्जाको प्रयोग गरे जीवनशैली सुचारूरूपले सञ्चालन आजको चुनौती हो । साधन पर्याप्त छ । तर सुचारू प्रयोगको मेलो बस्न सकेन । मेलो बसालौँ न ।
एउटै प्रधानसेनापति होला ?
भारतमा हुन गइरहेको हिन्द–प्रशान्त क्षेत्रका सैन्य अधिकारीहरूको सम्मेलनको आयोजना भारत र अमेरिकी सेनाले संयुक्तरूपमा गर्ने, नेपालका प्रधानसेनापतिले पनि सो सम्मेलनमा भाग लिने समाचारले समितिको ध्यानाकर्षण गराएको कुरा उल्लेख गर्दै सांसद सुवालले मन्त्रीलाई समितिमा बोलाएर स्पष्ट पार्न लगाउनुपर्ने जरूरी रहेको पनि औँल्याउनुभयो । यसअघि सार्कस्तरीय सैन्य गठन गरी एक सेनापतिको चर्चा पनि चलाइएको थियो । कम्युनिस्ट पार्टीको नाममा पनि एउटा कम्पोसा बनाउने चर्चा पनि चलेको जनाउ दिँदै उहाँले अब हिन्द–प्रशान्त क्षेत्रमा एउटै प्रधानसेनापति राख्ने तयारी पनि रहेको त्यसैको लागि एमसीसी पास गरिएको त होइन भन्ने प्रश्न राख्नुभयो । एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने रे, नेपालीको मृत्यु भए पनि कतै उजुरी नलाग्ने उल्लेख गर्दै सांसद सुवालले अमेरिकी साम्राज्यवादकै कारण युक्रेन र रूसबिच छद्म युद्ध भएको कुरा पनि स्पष्ट पार्नुभयो । सांसद सुवालले नेपाल सरकारले संरा सङ्घमा रूसविरूद्ध मत दिएको फिर्ता लिनुपर्छ भन्दै चीनको बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित छ भन्नुभयो ।
Leave a Reply