नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
भेनेजुयला सरकारले गरिबी र असमानतासँग जुध्न नयाँ सामाजिक कार्यक्रम घोषणा गरेको छ । सो कार्यक्रमलाई चीनको अन्तर्राष्ट्रिय गरिबी न्यूनीकरण केन्द्रको सहयोग रहनेछ ।
सोमबार आफ्नो साप्ताहिक टीभी कार्यक्रममा राष्ट्रपति निकोलस माडुरोले भने, ‘सामाजिक असमानता र खुसियाली अभियान’ सुरु गर्न तयारी अवस्थामा छ । यसको मुख्य उद्देश्य “असमानता र गरिबीविरोधी सङ्घर्षलाई तीव्र पार्नु र एउटा अझ समतापूर्ण देशको निर्माण गर्नु हो ।”
विस्तृत कुरा नखुलाए पनि राष्ट्रपति माडुरोले उक्त सामाजिक कार्यक्रममा चीनको गरिबीविरोधी केन्द्रको सहकार्यमा अघि बढ्ने कुरामा जोड दिए । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन सरकार सन् १९८० यता एसियाका ८५ करोड जनतालाई गरिबीबाट मुक्त गर्न सफल भएको छ ।
माडुरोले भने, “सन् १९८१ मा झन्डै ९० प्रतिशत चिनियाँ जनता कठोर गरिबीको रेखामुनि थिए भन्ने विश्व बैङ्कको आँकडा छ । तर, सन् २०१९ मा त्यो आँकडा १ प्रतिशत पनि रहेन । सन् २०२० को अन्त्यसम्ममा चीन सरकारले आफ्नो देशबाट गरिबी उन्मूलन भएको घोषणा ग¥यो ।”
गरिबी न्यूनीकरणमा चिनियाँ सफलताको कथालाई विश्वले नै सम्मान गरेको छ । दिगो आर्थिक वृद्धि र तीव्र औद्योगीकरणसँगै चीनले गरिबी हटाएर देखायो । पेइचिङले दक्षिणी गोलाद्र्धका देशहरूको सामाजिक र आर्थिक प्रगतिको निम्ति उनीहरूसँग हातेमालो पनि गर्दै आएको छ ।
राष्ट्रपति माडुरोको पछिल्लो चीन भ्रमणपछि नै भेनेजुयलामा यो नयाँ सामाजिक कार्यक्रमको घोषणा भएको हो । चीन भ्रमणमा माडुरोले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए । भेटघाटमा ‘बा¥है महिना रणनीतिक साझेदारी’ स्थापित गर्ने तय भएको थियो र ३१ बुँदे सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । सबैभन्दा महत्वपूर्ण कुरा चीनले भेनेजुयलाका विशेष आर्थिक क्षेत्रहरूलाई सघाउने भएको छ । यसका साथै गरिबी न्यूनीकरण गर्ने, राष्ट्रिय विद्युत् ग्रीडको निर्माण गर्ने तथा सार्वजनिक स्वास्थ्य सेवालाई सबल बनाउने भेनेजुयलाका प्रयासहरूमा चीनले सहयोग गर्नेछ ।
चिनियाँ अनुभवलाई क्यारिबियाली यथार्थ, यहाँको संस्कृति र जनताका आधारभूत आवश्यकता अनुकूल अनुशरण गरिने राष्ट्रपति माडुरोले स्पष्ट पारे ।
हाल भेनेजुयलासँग गरिबी र असमानता दरसम्बन्धी आधिकारिक तथ्याङ्क छैन । सन् २०१४ मा विश्वभरि तेलको मूल्य एकाएक बढेपछि भेनेजुयलामा आर्थिक मन्दी छायो । मुद्रास्फीतिले कामदार जनताको क्रयशक्ति घटाइदियो । त्यसपछि नै भेनेजुयला सरकारले तथ्याङ्क प्रकाशित गर्न बन्द गरेको थियो । सन्दर्भवश भनौँ, त्यतिबेला वासिङ्टन र उसका सहयोगी देशहरूले भेनेजुयलालाई एकतर्फी सताउने काम गरेका थिए । उनीहरूले भेनेजुयलाको घाउमा चुक दलेर सत्ता परिवर्तन गर्ने रणनीति लिएका थिए ।
भेनेजुयलामाथिको पश्चिमा आर्थिक प्रतिबन्ध विशेषतः अर्थतन्त्रका महत्वपूर्ण पक्ष तेल उद्योगविरुद्ध लक्षित थियो । भेनेजुयलाको लागि तेल उद्योग विदेशी मुद्रा कमाउने प्रमुख स्रोत हो । सन् २०१७ मा अमेरिकी अर्थमन्त्रालयले भेनेजुयलाको सरकारी तेल कम्पनीविरुद्ध आर्थिक प्रतिबन्ध लगायो । सन् २०१९ मा उसले भेनेजुयलाविरुद्ध नाकाबन्दी नै लगायो । वासिङ्टनले तेलसँग सम्बन्धित रसायन र आयातजन्य सामग्रीमा रोक लगायो । यसले गर्दा भेनेजुयलाको विद्युत् उत्पादन तथा कृषि उत्पादनमा ठूलो धक्का लाग्यो ।
अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले गरेको नाकाबन्दीसँग जुध्न भेनेजुयला सरकारले एक चौतर्फी आर्थिक उदारीकरण कार्यक्रम ल्यायो । देशैभरि डलरीकरण अघि बढाइयो । साथै अर्थतन्त्रमा विविधीकरण गर्ने र गैरतेलजन्य राजस्व बढाउने कार्यलाई पनि चालु राखियो । परिणामस्वरूप ७ वर्षसम्म सङ्कुचनमा गएको भेनेजुयलाको अर्थतन्त्रले सन् २०२१ मा पुनः कोल्टो फे¥यो । मुद्रास्फीति घटेर दशककै सबैभन्दा न्यून बिन्दुमा पुग्यो भने सानो आकारका निजी उद्यम फस्टाए ।
तथापि केही विश्लेषकले नयाँ आर्थिक सुधारका कारण निजी क्षेत्रको लाभ बढ्नाले, श्रमलाई नियमन नगरिनाले तथा सार्वजनिक क्षेत्रमा ज्याला जस्ताको तस्तै राख्नाले असमानतामा उल्लेख्य बढोत्तरी भएको औँल्याएका छन् । अहिले भेनेजुयलाको न्यूनतम् ज्याला १३० बोलिभारेस (झन्डै ५ डलर) छ ।
राष्ट्रपति माडुरोले निजी क्षेत्रका कामदारहरूको कम ज्याला र न्यून सामाजिक सेवासुविधाबारे हुने गुनासोलाई सिधै सम्बोधन गरेनन् । औद्योगिक क्षेत्रका कामदारहरू आन्दोलित हुँदा निजी क्षेत्रका कामदारहरूले पनि सङ्घर्षमा होस्टेमा हैसे गर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को मध्यस्थतामा ज्यालावृद्धिको विषयलाई लिएर सरकार ट्रेड युनियनहरूसँग निरन्तर संवादमा छ ।
हालै मात्र तथाकथित ‘एक बाइ १० प्रणाली’ ले गर्दा सरकारी विद्यालय, अस्पताल र सार्वजनिक सेवाको खस्किँदो स्थितिमा परिवर्तन ल्याउन र जीवनस्तर उकास्न भेनेजुयला सरकारले विशेष नीति बनाएको छ । यस नीतिअन्तर्गत जनताले कर्मचारीतन्त्रले गर्दा पाउने अनावश्यक झमेला तोड्दै सिधै डिजिटल एपमार्फत आफ्ना गुनासाहरू राख्न सक्छन् र तिनको सिधा सम्बोधन हुन्छ ।
पछिल्लो रिपोर्टअनुसार एप प्रणालीमार्फत झन्डै १५ लाख मामिलाहरू प्राप्त भएका छन् । धेरै समस्या पानी, बिजुली, सडक, इन्टरनेट र खाना पकाउने ग्यासको आपूर्तिसँग सम्बन्धित छन् ।
ह्युगो चाभेजको सरकार (सन् १९९९—२०१२) को बेला भेनेजुयलाको घरेलु गरिबी दर ४२ प्रतिशत (१९९९) बाट घटेर २७.३ (सन् २०१३) पुगेको थियो । यसबिच संरचनागत गरिबी २९.३ (१९९९) बाट घटेर १९.६ प्रतिशत (२०१३) पुगेको थियो । यही उपलब्धिसँगसँगै धेरै सामाजिक कार्यक्रमहरू ल्याइएको थियो । तीमध्ये केही कार्यक्रममा क्युवाको सहकार्य थियो ।
(एमआर अनलाइनबाट)
अनुवाद : सम्यक
Leave a Reply