भर्खरै :

ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरले आ. व. २०७९/८० मा २८ हजार ३८ जना बिरामीको आँखा जाँच

ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरले आ. व. २०७९/८० मा २८ हजार ३८ जना बिरामीको आँखा जाँच

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप तीलगङ्गा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरको व्यवस्थापन समितिको बैठक सोमबार भक्तपुर नपाको सभाकक्षमा बस्यो ।
उक्त बैठकमा ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरका संयोजक धिरज अधिकारीले ख्वप तीलगङ्गा आँखा अस्पताल भक्तपुरको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
उक्त प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा २८ हजार ३८ जना आँखाका बिरामीहरूले आँखा जाँच गराएका थिए । जसमा ११ हजार ३२२ जना नियमित सेवाग्राही थिए भने १६ हजार ७१६ स्वास्थ्य बीमामा आवद्ध बिरामी थिए ।
आ.व. २०७९/८० मा ३३८ जनाको आँखाको शल्यक्रिया भएको थियो । सोही आर्थिक वर्षमा अस्पतालको आयोजनामा भएको सामुदायिक आँखा उपचार शिविरमा ३ हजार ५५० र विद्यालयहरूमा गरिएको आँखा शिविरमा ३ हजार ७९९ गरी जम्मा ७ हजार ३४९ जनाले आँखा जाँच गराएका थिए । ख्वप तिलगङ्गा आँखा अस्पतालको आयोजनामा भएको विद्यालयका शिक्षिकाहरूको पुनःतार्जगी तालिममा ३१ जना शिक्षिकाहरू तालिममा सहभागी भएका थिए । हाल उक्त अस्पतालमा आंशिक र पूर्णकालीन गरी २० जना चिकित्सक र कर्मचारीहरू कार्यरत छन् । आँखा अस्पतालले बिहान ७ः३० बजेदेखि ५ बजेसम्म सेवा प्रदान गर्दै आएको छ भने हप्ताको दुई दिन शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *