नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वासिङ्टन, सेप्टेम्बर ३० (सिन्ह्वा) । अमेरिकी राजनीतिमा चलिरहेको दोहो¥याइ तेह¥याइएको पट्यारलाग्दो नरमाइलो लामो नाटकको अहिलेको पटकथालाई बेवास्ता गर्न सकिँदैन । यसमा वासिङ्गटनका अभिजात वर्गहरू छन् जसले आफ्नो राजनीतिक फाइदाको लागि बजेट वार्तालाई बेवास्ता गरेर सरकारी कोष बन्दको कोरियोग्राफी (नृत्यनिर्देशन) गर्दै छन् ।
गत दशकमा सम्भावित पाँचौँ पटक सरकारी कोष बन्द हुने समयसीमा भन्दा केही घण्टाअघि शनिबार ढिलो टाँसिएको भए पनि, यो पट्यारलाग्दो र अशान्तिपूर्ण बन्दको कथा अझै टुङ्गिएको छैन ।
यो परिचित पटकथा नोभेम्बरको मध्यमा फेरि एक पटक पुनः चालु गर्न निर्धारण गरिएको छ, जब अर्को समयसीमा अशुभ रूपमा नजिक आउँदै छ, अमेरिकी राष्ट्र अब पुनः अर्को परीक्षामा परेको छ ।
संसारले हेर्दै छ, वासिङ्गटनमा एक परिचित संरचना खेलिरहेको छ, निर्वाचित अधिकारीहरूले जिम्मेवारीपूर्वक र कुशलतापूर्वक शासन गर्नुभन्दा राजनीतिक द्वन्द्व र बयानबाजीको जिम्नास्टिक प्रदर्शनमा बढी रुचि राखिरहेका छन् । सायद ती अमेरिकी राजनीतिज्ञहरू विश्वस्त छन् कि सरकार कोषले होइन बयानबाजीको आधारमै चल्छ । जिम्मेवार शासनको आधारशिला र काङ्ग्रेस (अमेरिकी संसद) को आधारभूत जिम्मेवारी भनेको बजेट पारित गर्नु हो भनी बुझ्न पक्षपातपूर्ण भव्यताको लोभलाई अस्वीकार गर्न नसक्नेहरूका लागि कठिन कार्य हो ।
सङ्घीय बजेटजस्ता अत्यावश्यक विषयमा सहमतिमा आउन नसक्नु यस मुद्दाको चुरो कुरा हो । यो समस्या दोहोरिनुको पछाडि मुख्य अपराधीहरूमध्ये एक अति–पक्षवाद हो, जसले अमेरिकी राजनीतिमा जरा गाडेको छ । यो कडा र पक्षपातपूर्ण विभाजनले मतभेद हुन नदिने उपायहरू र अल्पकालीन समाधानका उपायहरू नखोजी बजेटलगायतका बृहत् कानुनहरू पारित गर्नलाई चुनौतीपूर्ण बनाएको छ ।
प्यु रिसर्च सेन्टरको अध्ययनअनुसार, पाँच दशकमा चारपटक मात्रै अमेरिकी काङ्ग्रेसले समयमै सबै आवश्यक बजेट विनियोजन लागू गरेको छ । काङ्ग्रेसको अनुमोदन दर निराशाजनक रूपमा कम छ । अमेरिकीहरू विश्व लामो समयदेखि अमेरिकी प्रणालीको दयनीय प्रक्रियागत असफलताको साक्षी रहँदै आएका छन्, बजेट विवाद र पक्षपातपूर्ण झगडाले मुख्य प्राथमिकतामा परिरहेको छ जबकि जनताको हितमा आवश्यक कानुनको निर्माण बेवास्तामा परिरहेको छ ।
ती अमेरिकी राजनीतिज्ञहरू जनतालाई आफ्नो समयमा काम पूरा गर्न नसक्ने अवस्था सुधार्नुभन्दा त्यसको पीडा भोगिरहेका जनतालाई राजनीतिक रंगमञ्चको सिमानाभन्दा बाहिर धकेल्नमा सजिलो मानिरहेका छन् । आखिर, सरकारी कोष बन्दले क्यापिटल हिलका ती कुलीन वर्ग अमेरिकी सांसदहरूको तलब र भत्ता भने प्रभावित हुने गर्दैनन् ।
वासिङ्गटनका ‘पवित्र हलहरू’ मा डेमोक्र्याट र रिपब्लिकनहरूले एक–अर्कालाई औँला सोझ्याउने व्यापार गर्नेबाहेक अरू केही गरिरहेका छैनन् । दुवै पार्टी आफ्नो मूल र आधारभूत जिम्मेवारीहरूको सन्दर्भमा गम्भीर स्मरण शक्तिको ¥हासबाट पीडित देखिन्छन् ।
Leave a Reply